जिवनशैली पत्रिका

गण्डकीमा मगर र गुरुङ भाषा सम्बन्धी विधेयक मस्यौदा माथि सरोकार वालासँग छलफल

पोखरा, गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन विधेयकको मस्यौदा माथि सरोकारवालासँग छलफल गरेको छ । भाषा आयोगको सिफारिस अनुसार प्रदेशभर मगर भाषा र गुरुङ भाषा बोल्ने संख्या बढी भएकाले यी भाषालाई सरकारी कामकाजमा समावेश गर्ने तयारी गरिएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लाका भाषा अभियन्ता, संघ–संस्था प्रतिनिधि, प्रदेश सभा सदस्य, सामाजिक अभियन्ता तथा सरकारी अधिकारीहरुको उपस्थितिमा पोखरामा सम्पन्न कार्यक्रममा सहभागीहरूले विधेयकलाई प्रभावकारी बनाउन विभिन्न सुझाव राखेका छन् । नेपाल मगर संघका उपमहासचिव खम बहादुर पुन… पुरा पढौ

टाइगर कप भलिबलमा आज दोस्रो क्वालिफायरका खेल हुने

पोखरा १९, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा आज दोस्रो क्वालिफायरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको आठौं दिन आज पुरुष र महिलातर्फ दोस्रो क्वालिफायरका खेल हुने तालिका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको क्वालिफायर हुनेछ । शनिबार बिहान ११ बजेबाट सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबबिच हुनेछ । टाइगर ग्रुप पहिलो क्वालिफायरमा सशस्त्र प्रहरी बल एपिएफसँग… पुरा पढौ

मदरल्याण्ड माविमा वार्षिक सांस्कृतिक कार्यक्रम सुरु

पोखरा, माघ १८, पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविमा शुक्रबारदेखि तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रम सुरु भएको छ । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले तीनदिन अवधिका लागि कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार शुक्रबार पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोश्रो दिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाउनेछन भने अन्तिम दिन ९ देखि १२ कक्षासम्मका विद्यार्थीले कार्यक्रम पस्कनेछन् । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि… पुरा पढौ

अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलः क्वाटर फाइनलको समिकरण पुरा

१८ माघ, पोखरा, लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा शुक्रवार ७ खेल सम्पन्न भएका छन् । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा प्रिक्वाटरका ७ खेल भएका हुन् । सात खेलबाट ट्रेकर्स कफी, एन के ९बी०, लिभिक एफसी ९बी०, ए–७ ब्रोदर्श, एनएमवाइसी ९बी०, रामघाट ९सेतो० र एनएमवाइसी ९ए० ले क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । यस पहिले बिहिबार भएको खेल जित्दै स्लामिक कल्याणकारी क्वाटरफाइनलमा पुगिसकेको छ । एल्सी ब्रोदर्शलाई शून्यका विरुद्ध १ गोल… पुरा पढौ

हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्या सदन च्याम्पियन

पोखरा, १८ माघ, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट गुरुकुल विद्यासदन च्याम्पियन भएको छ । गुरुकुल विद्यासदनले हिसान गण्डकीको दोस्रो सस्करणका च्याम्पियन त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल लेखनाथलाई १–० गोल अन्तरले हरायो । विद्यासदनलाई च्याम्पियन बनाउन सुमित मल्लले गोल गरे । त्रिवेणीले मदरल्याण्ड सेकेण्डरी स्कुललाई १–० र गुरुकुलले कास्की मोडनाइज स्कुललाई टाइब्रेकरमा ८–७ गोल अन्तरले हराउदै फाइनल प्रबेश गरेका थिए । तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताका लागि… पुरा पढौ

होटल कार्यकारी क्लब पोखराद्धारा होटल व्यवसायी बसन्त गौतम सम्मानीत

पोखरा, १८ माघ, होटल कार्यकारी क्लब पोखराले पोखराका होटल व्यवसायी बसन्त गौतम सम्मान गरेको छ । क्लबको ११ औं वार्षिक साधारण सभामा गौतमलाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपुर्ण भुमीका खेलेको भन्दै गौतमलाई सम्मान गरेको हो । गौतमलाई होटल संघका संस्थापक अध्यक्ष हरीध्वज तुलाचन, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी लगाएतले सम्मानपत्र, दोसल्लाले सम्ममान गरे ।… पुरा पढौ

रजत महोत्सव अवसरमा होली माउण्टमा निःशुल्क दन्त शिविर

पोखरा, १८ माघ, पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले रजत महोत्सवको पूर्व सन्ध्यामा निशुल्क दन्त शिविर तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा अभिभावक र विद्यार्थी लक्षित गरी निशुल्क दन्त शिविर आयोजना गरेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी दिए । उक्त अवसरमा २०८१ को खेलकुद पुरस्कार वितरण तथा विविध सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । माता मनकामना डेन्टल केयर पोखरा न्यूरोडको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा अभिभाव र विद्यार्थी… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविर पोखरामा सम्पन्न, युवा बर्गलाई सामाजिक सेवामा समर्पित हुन प्रमुख आचार्यको सुझाव

पोखरा १८, माघ, गण्डकी प्रदेश स्तरीय चौँथो जुनियर तथा युवा रेडक्रस शिविर पोखरामा सम्पन्न भएको छ । नेपाल युवा रेडक्रस सर्कल रतन पाण्डे माध्यमिक विद्यालय आर्वामा यही माघ १६ गतेदेखि सुरु भएको कार्यक्रम शुक्रबारसम्म चलेको हो । गोष्ठी गण्डकी प्रदेशका ११ जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोष्ठीको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सेवामा युवाहरूको सहभागिता र संलग्नता बढाउन रेडक्रस जस्ता विश्वव्यापी सञ्जाल भएका अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । जुनियर तथा युवा विद्यार्थीहरूलाई यस प्रकारका… पुरा पढौ

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलमा जोरपाटी र गार्डेन एफसी, ब्रदरहुड र झम्सी सेमिफाइनलमा भिड्ने

पोखरा, १८ माघ, ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ सेमिफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा गार्डेन एफसी, झम्सीखेल, जोरपाटी काठमाडौं र ब्रदरहुड काठमाडौं अन्तिम चारमा प्रवेश गर्दै सेमिफाइनल समिकरण पुरा भएको हो । गार्डेन एफसी र झम्सीखेल बिहीबार नै सेमिफाइनलमा प्रवेश गरेका थिए भने, जोरपाटी र ब्रदरहुड आज भएको क्वाटरफाइनलखेलबाट विजयी बन्दै अन्तिम चारमा… पुरा पढौ

नेपाल रेडक्रस सोसाइटी पोखरा-१९ उपशाखाको रक्तदान माघ १९ गते

नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाले शनिवार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । वार्षिक नियमित कार्यक्रम अन्तर्गत संस्थाले १९ उपशाखाको कार्यक्रम माघ १९ गते नै आयोजना गरेको हो । रक्तदानले मुटु, हृदयघात, स्ट्रोक जस्ता विमारबाट सुरक्षित राख्ने मात्र नभएर शरीरमा नयाँ रक्तकोषिका बन्दा रक्तदातामा नयाँ उर्जा मिल्ने, एक युनिट रगतले लगभग तीन जना व्यक्तिको ज्यान बच्न सक्ने भएकाले हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको उपशाखा सभापति रमेश विश्वकर्माले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न विभिन्न भूमिका तोक्नुका साथै कार्यसमिति… पुरा पढौ