रजत महोत्सव अवसरमा होली माउण्टमा निःशुल्क दन्त शिविर

-


     पोखरा क्लिक     
     माघ १८ गते २०८१ मा प्रकाशित


पोखरा, १८ माघ,

पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले रजत महोत्सवको पूर्व सन्ध्यामा निशुल्क दन्त शिविर तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा अभिभावक र विद्यार्थी लक्षित गरी निशुल्क दन्त शिविर आयोजना गरेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी दिए ।

उक्त अवसरमा २०८१ को खेलकुद पुरस्कार वितरण तथा विविध सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । माता मनकामना डेन्टल केयर पोखरा न्यूरोडको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा अभिभाव र विद्यार्थी गरी १ हजार १ सय जनाले सेवा लिएका प्रिन्सिपल न्यौपानेले जानकारी दिए ।

उक्त शिविरमा माता मनकामना डेन्टल केयरका मेनेजि· डिरेक्टर डि.एच युवराज पौडेल ‘अर्जुन’, डा.आफ्री वुन, डिएच लाल बहादुर थापा र असिस्टेन्ट प्रेमु गुरुङ दात परिक्षण गरेका थिए । मेनेजि· डिरेक्टर डि.एच युवराज पौडेल ‘अर्जुन’, डा.आफ्री वुनले दात मुख स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले स्वागत तथा विद्यालयकी संस्थापक भाईस प्रिन्सिपल अनिता तिमिल्सिना न्यौपाने र संयोजक जनक जमरकट्टेलले कार्यक्रम सञ्चालन गरेका थिए । विद्यालयले शनिबार शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमको आयोजना गरी रजत महोत्सव मनाउन लागेको छ ।

विद्यालयले रजत महोत्सवको अवसरमा वृक्षारोपण, चित्रकला, वृद्धाश्रम अनाथालयमा सहयोग, स्वास्थ्य शिविर, सम्मान, पुरस्कार वितरण तथा विविध सास्कृति कार्यक्रम गरिसकेको छ । २०५६ सालमा स्थापना भएको विद्यालयमा हाल ५ सय विद्यार्थी र ४२ जना शिक्षक कर्मचारी रहेको विद्यालयले जनाएको छ ।



This will close in 20 seconds