जिवनशैली पत्रिका

रतनपाण्डे मा.वि.मा प्रदेश स्तरीय जुनियर युवा रेडक्रस गोष्ठी सुरु

पोखरा, १७ माघ, पोखराको रतन पाण्डे माविमा प्रदेश स्तरिय जुनियर युवा रेडक्रस गोष्ठी सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको आयोजना, कास्की जिल्ला रेडक्रस सोसाइटीको व्यवस्थापन तथा नेपाल जुनियर युवा रेडक्रस सर्कल रतनपाण्डे माध्यमिक विद्यालय, पोखरा–१३ आर्बाको आतिथ्यतामा ३ दिवसीय चौथो गण्डकी प्रदेश स्तरीय गोष्ठी आज (बिहिबार) देखि विद्यालयमा सुरु भएको हो । उक्त गोष्ठीको समुद्घाटन गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले गरेका थिए । उक्त गोष्ठीको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री पाठकले रेडक्रस जस्तो मानवीय तथा… पुरा पढौ

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलः गार्डेन र झम्सीखेल सेमिफाइनलमा प्रवेश

पोखरा, १७ माघ, ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ गार्डेन एफसी र झम्सीखेल सेमिफाइनलमा प्रवेश गरेको छ । बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा फ्रिडम फाइटर काठमाडौंलाई पेनाल्टी सुटआउटमा ७–६ गोल अन्तरले पराजित गर्दै गार्डेन सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त खेलबाट गार्डेनका सन्तोष कार्की म्यान अफ द म्याच घोषित भए । यस्तै दोस्रो क्वाटरफाइनल खेलमा बगर… पुरा पढौ

ठूलाडिही–पोखरा सम्पर्क मञ्चको साधारण सभामा तनाव न्यूनीकरण प्रशिक्षण

ठूलाडिही–पोखरा सम्पर्क मञ्चले तनाव न्यूनीकरण प्रशिक्षण सञ्चालन गरेको छ । संस्थाले दोस्रो वार्षिक साधारण सभाको अवसर पारेर तनाव न्यूनीकरणमा साहित्य, संगीत, सन्तुलित भोजन एवं योगको महत्वबारे प्रशिक्षण सञ्चालन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मञ्चका ज्येष्ठ सदस्य नरबहादुर रेग्मीले वर्तमानमा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए । कार्यक्रममा साहित्य एवं संगीतका माध्यमबाट तनाव व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा संस्थाका अध्यक्ष दुर्गाबहादुर शाह “बाबा” ले सहजीकरण गरेका थिए ।उनले पछिल्लो समय हरेक व्यक्ति विविध तनावमा रुमलिएको अवस्थामा साहित्य र संगीत… पुरा पढौ

हिसान गण्डकी फुटसलमा ८ विद्यालय छनौट

पोखरा, १६ माघ, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेलमा ८ टिम छनौट भएका छन् । छनौट हुनेमा टप्स इङलिस बोडिङ स्कुल, मदरल्याण्ड सेकेन्डरी स्कुल, त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल, डाइमन्ड सेकेन्डरी स्कुल, गुरुकुल विद्यासदन, जुनियर सिटिजन एकेडेमी, पोखरा युनाइटेड एकेडेमी र कास्की मोडनाइज एकेडेमी छनौट भएका छन् । बाँकी दुई टोलीको छनौट हारेका ८ टिम निधारण हुनेछ । बिहीबार हार्ने टोलीबाट चार खेल सम्पन्न भएका छन् । अब… पुरा पढौ

प्रदेश प्रमुख भट्टद्वारा सोनाम ल्होसारको शुभकामना

पोखरा, १७ माघ, तामाङ समुदायको महान् पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना सन्देश जारी गर्नुभएको छ । आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याएको भट्टले उल्लेख गर्नुभएको छ । शुभकामना सन्देश मार्फत् प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट… पुरा पढौ

टाइगर कप भलिबलः हेल्प नेपाललाई हराउँदै गण्डकी एलिमिनेटरमा प्रवेश

पोखरा १७, माघ, टिपटप हेल्प नेपाल स्पोटर््स क्लबलाई हराउँदै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपाललाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो । पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल ग¥यो । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पा¥यो । यो… पुरा पढौ

आर्मी र पुलिस टाइगर कप भलिबलको पहिलो क्वालिफायरमाभारतको सुनिल भलिबल क्लबले एलिमिनेटर खेल्ने

पोखरा, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने भएका छन् । ‘जित्ने समूह’ को अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको आर्मीले दोस्रो र तेस्रो सेटमा पुनरागमन गरेको थियो । दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षको पारेको थियो । तेस्रो सेटमा ५–१०… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपको टाइसिट सार्वजनिक

उद्घाटनमा आयोजक र नेपाल पुलिस पोखरा, १७ माघ आयोजक सहारा क्लब पोखराले यही माघ २२ देखि संचालन गर्ने २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार टाइसिट सार्वजनिक गरेको हो । १२ टिमले भाग लिने सो प्रतियोगितामा भारत, यूके, उजेकिस्तानका टिमसहित नेपालका ए डिभिजन क्लबले समेत भाग लिँदै छन् । प्रतियोगिताको उद्घाटन खेल आयोजक र विभागीय नेपाल पुलिस क्लबबीच हुनेछ । फागुन ३ मा हुने फाइनलअघि माघ ३० मा पहिलो सेमिफाइनल र १ फागुनमा… पुरा पढौ

गायन र नृत्यमा उत्कृष्टलाई करोड पुरस्कार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन फागुन १६ र १७ गते हुने (भिडियो सहित)

माघ १७, पोखरा , गायन र नृत्यमा उत्कृष्ट प्रस्तुती राख्ने एक÷एक विजेता प्रतियोगिलाई जनही १÷१ करोड नगर पुरस्कार प्रदान गरिने भएको छ । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन फागुन १६ र १७ गते हुने भएको आज(विहिबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=JMMViQsTbb0 इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वस्तरीय अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरिसकेको छ । सिजन घोषणासँगै… पुरा पढौ

पोखरा १७ को ड्यामसाइडमा अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता माघ २० गते देखि

दीननाथ बराल,पोखरा १७, माघ, पोखराको ड्याम साइड क्लवको आयोजनामा यही माघ २० गते देखि चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा हुने उक्त प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा हुने भएको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो । माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा सहभागि हुने बिद्यालयहरुले यही माघ १८ गते साँझ ५ः०० बजे भित्र सम्पर्क गर्न सकिने भएको उहाँले जनाउनु भयो । दर्ता… पुरा पढौ