
दीननाथ बराल,
पोखरा १७, माघ,
पोखराको ड्याम साइड क्लवको आयोजनामा यही माघ २० गते देखि चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा हुने उक्त प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा हुने भएको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो ।
माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा सहभागि हुने बिद्यालयहरुले यही माघ १८ गते साँझ ५ः०० बजे भित्र सम्पर्क गर्न सकिने भएको उहाँले जनाउनु भयो । दर्ता निःशुल्क रहेको उक्त प्रतियोगितामा करिब १९ बिद्यालयहरुको सहभागिता हुने आफुहरुले अपेक्षा गरेको अध्यक्ष बरालले जनाउनु भयो । प्रतियोगितामा पोखरा १७ स्थित वडामा रहेका सामुदायिक तथा निजी बिद्यालयहरुले मात्र सहभागि हुन पाउने छन् । ७ दिनसम्म चल्ने प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने भएका छन् ।
हरेक खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई ट्रफी प्रदान गरिने भएको छ भने प्रतियोगितामा सर्वोउत्कृष्ट सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट स्टाइकर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई समेत ट्रफी प्रंदान गरिने भएको प्रतियोगिताका संयोजक विनोद परियारले बताउनु भयो । गत बर्षको विजेता शान्ति निकुन्ज बोर्डिङ स्कुल रहेको क्लवका महासचिव राकेश श्रेष्ठले बताउनु भयो । बालोदय बोर्डिङ स्कुल भने उपविजेता भएको थियो ।
क्लवले खेलकुद सहित सामाजिक विभिन्न कार्यक्रम गर्दै आएको निवर्तमान अध्यक्ष प्रताप गुरुङले बताउनु भयो । खेलकुदको शहर पोखरामा विगत २०५९ सालदेखि खेलकुद, पर्यटन र सामाजिक कार्यमा सक्रिय हुदै आएको क्लवले विश्वकै चर्चीत खेल फुटवल खेलको तल्लोस्तर (ग्रासरुट) बाट विकास गर्ने उद्धेश्यले विगत ३ बर्ष देखि उक्त प्रतियोगितालाई निरन्तरता दिदै आएको पूर्व अध्यक्ष पदम ढकालले बताउनु भयो । उक्त क्लबबाट राजेन्द्र तामाङ, रवि थापा, प्रताप शैजु, बसन्त गौचन, विशन गौचन सहितका खेलाडी सहित ए डिभिजनमा खेल्ने करिब २५ जना खेलाडीहरु उत्पादन गर्न सफल भएको क्लवको दाबी छ ।




