गण्डकी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविर पोखरामा सम्पन्न, युवा बर्गलाई सामाजिक सेवामा समर्पित हुन प्रमुख आचार्यको सुझाव

-


     पोखरा क्लिक     
     माघ १८ गते २०८१ मा प्रकाशित


पोखरा १८, माघ,

गण्डकी प्रदेश स्तरीय चौँथो जुनियर तथा युवा रेडक्रस शिविर पोखरामा सम्पन्न भएको छ । नेपाल युवा रेडक्रस सर्कल रतन पाण्डे माध्यमिक विद्यालय आर्वामा यही माघ १६ गतेदेखि सुरु भएको कार्यक्रम शुक्रबारसम्म चलेको हो ।

गोष्ठी गण्डकी प्रदेशका ११ जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोष्ठीको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सेवामा युवाहरूको सहभागिता र संलग्नता बढाउन रेडक्रस जस्ता विश्वव्यापी सञ्जाल भएका अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । जुनियर तथा युवा विद्यार्थीहरूलाई यस प्रकारका सेवामूलक कार्यमा निस्वार्थ र प्रतिविद्धताका साथ लाग्न उहाँले आग्रह समेत गर्नु भयो । युवा बर्गलाई सामाजिक सेवामा समर्पित हुन प्रमुख आचार्यको सुझाव थियो ।

कार्यक्रममा प्रदेश भरी रहेका जुनियर तथा युवा रेडक्रस सर्कलबाट १ सय ४७ प्रतिनिधिमूलक सहभागिता रहेको थियो । उक्त गोष्ठी प्रशिक्षकको रुपमा नेरेसो गण्डकी प्रदेशका सभापति सुर्य प्रसाद ढकाल, महासचिव रामदत्त पौडेल, सुमित्रा न्युपाने, तिर्थ राज तिवारी, रमेश राज भण्डारी, प्रिन्सी काफ्ले, सुशिला कार्की, सिजन आचार्य र मोहन सिंह खड्का लगायतले सहजीकरण गर्नु भएको थियो । उक्त गोष्ठीले १९ बुँदे आर्वा घोषणा पत्र जारी गर्दै जुनियर तथा युवा रेडक्रसका स्वयंमसेवकहरु सबलीकरण तथा शशक्तिकरणमा जोड दिंदै आगामी एक वर्षका लागी नीति तथा कार्यक्रमहरु समेत पारित गरेको नेपाल युवा रेडक्रस रतनपाण्डे माविका संरक्षक डिल्लीराम बरालले बताए।

उक्त गोष्ठी समापन समारोहमा सहभगीहरुको तर्फबाट आदिकवी भानुभक्त क्याम्पसका युवा रेडक्रस सर्कलका सचिव मौसमी थापा, शिक्षक नायकको तर्फबाट गोर्खा जिल्लाबाट शिक्षक नायक रामचन्द्र अधिकारी, सहयोगीदाता, संघ संस्थाहरुको तर्फबाट पोखरा हंङ्गकंङ्ग बजार व्यवस्थापन समितिका सचिव दिनेश आचार्य, गण्डकी प्रदेश जुनियर युवा रडक्रस सम्युजक तिर्थ राज तिवारी, नेरेसो कास्की शाखा सभापति डण्डराज शर्मा, नेरेसो गण्डकी प्रदेश सभापति सुर्य प्रसाद ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरदचन्द्र बराल, विद्यालयका प्र.अ. डिल्लीराम बराल, शिक्षक नायक राधा देवी बराल, कार्यक्रम संयोजक एवं शिक्षक नायक धर्मेश जयसवाल लगायतले आफ्नो मन्तव्य राख्दै यस्ता कार्यक्रमले जुनियर तथा युवाहरुको क्षमता अभिवृद्धि, सकरात्मक समुह निर्माण, प्रभावकारी संचार सीप,नेतृत्व तथा व्यक्तिव विकासमा टेवा पुग्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता सर्कलका अध्यक्ष कृपा पराजुलीमा सम्पन्न भएको कार्यक्रमको संचालन नेरेसो कास्की, जुनियर तथा युवा रेड्कस समितिका संयोजक रमेश राज भण्डारीले गरेका थिए ।