जिवनशैली पत्रिका

कुमुदिनीमा मनाईयो हजुरबाआमा दिवस

पोखरा, पोखरा ४ मा रहेको गण्डकीकै प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा आइतबार हजुरबुबा हजुरआमा दिवस विद्यार्थीका अभिभावक, हजुरबुबा हजुरआमासंगै मनाईएको छ । मन्टेश्वरी तथा कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई उनीहरुका हजुरबुबा र हजुरआमासंगै विद्यालयको सभाहलमा अलग अलग कार्यक्रम गरेर दिवस मनाईएको हो । सो अवसरमा विद्यार्थीले नृत्य, नाटक प्रस्तुत गरेका थिए । हजुरबुबा हजुरआमालाई विभिन्न खेलमा सहभागि गराईएको थियो । विद्यालयक संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीलाई सानै उमेरदेखि विभिन्न प्रकारका ज्ञानवर्धक अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदा उनीहरुले थप ज्ञान हाँसिल… पुरा पढौ

फुलबारी क्लबको अध्यक्षमा बास्तोला सर्वसम्मत

पोखरा, फुलबारी क्लबको ३४औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशन पोखरा–११, फुलबारीमा सम्पन्न भएको छ। अधिवेशनले जनार्दन बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो। समितिको उपाध्यक्षमा युवराज बास्तोला, सचिवमा सबीना बास्तोला आचार्य, सह–सचिवमा अनन्त राज आचार्य, र कोषाध्यक्षमा रामशरण भट्टराई चयन भएका छन्। सदस्यहरूमा सन्तोष भण्डारी, शिवराज पौडेल, अञ्जु ताम्राकार पौडेल, सुभास बास्तोला, रमेश बास्तोला र सङ्गीता पौडेल आचार्य रहेका छन् । कार्यक्रममा निवर्तमान सचिव युवराज बास्तोलाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सावित्रीकुमारी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।… पुरा पढौ

पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पराजुलीलाई बिदाई

पोखरा, पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक वसन्तप्रसाद पराजुलीलाई बिदाई गरिएको छ । सेवा निवृत्त भएका इतिहास तथा संस्कृति विभागका सहप्राध्यापक पराजुलीलाई आइतबार विभागले एक समारोहका बीच बिदाई गरेको हो । विभाग सभाहलमा भएको कार्यक्रममा पराजुलीलाई ३० वर्ष सेवा अवधि पूरा गरेकोमा दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा।डा। हरिप्रसाद पाठक, इतिहासका पूर्व विभागीय प्रमुख प्रा।डा। ज्ञानबहादुर कार्की, सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेल, इतिहास विभाग प्रमुख नारायणप्रसाद ढकाल लगायतले पुष्पगुच्छा, दोसल्ला र मायाको चिनो प्रदान गरेका थिए… पुरा पढौ

पर्यटन सिजनसँगै पोखराको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरीने

दीननाथ बराल,पोखरा साउन १० पोखरा महानगरपालिकाले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’ घोषणा गरेसँगै पर्यटन प्रवद्र्धनका गतिविधि तीव्र रुपमा अघि बढाइएको छ । पर्यटन सिजनको सुरुवातसँगै यस बर्ष पोखरालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले प्रचार–प्रसार अभियान सञ्चालन गरिने भएको छ । पोखरा भ्रमण वर्ष २०२५ कार्यान्वयन समितिका संयोजक गोपीबहादुर भट्टराईका अनुसार पोखरा र यस क्षेत्रको पर्यटन विकासका लागि अन्तर्राष्ट्रियस्तरमै पुगेर प्रचार गर्ने, पर्यटकलाई निमन्त्रणा गर्ने र विविध कार्यक्रममार्फत पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने योजना अघि सारिएको छ । उनका अनुसार २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित… पुरा पढौ

पोखराबाट ७५ लाख ९६ हजार रुपैयाँ नगद सहित ३ जना पक्राउ

दीननाथ बराल, पोखरा ११, साउन, विदेशी मुद्राको अवैध कारोबारमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले करिब ७५ लाख ९६ हजार रुपैयाँ नगद सहित तीन जनालाई पक्राउ गरेको छ । शनिबार साँझ ५ बजे प्राप्त सूचनाको आधारमा छापा मार्दा उक्त रकम सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । पोखरा लेकसाइडका दुई वटा मनि एक्सचेन्ज र कास्की तथा रुपन्देहीमा रेष्टुरेण्ट व्यावसाय सचालन गर्दै अवैध रुपमा विदेशी मुद्रा सटही सम्बन्धि कारोवार गरेको… पुरा पढौ

फेवातालमा माछाको भुरा छाडेर मनायो मजेष्टिक लेक फ्रण्टले दोस्रो वार्षिकोत्सव

पोखरा, साउन ११, पोखराको लेकसाईडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुईट्स प्रालिले फेवातालमा माछाको भुरा छोडेर वार्षिकोत्सव मनाएको छ । दुई वर्ष अघिदेखि सञ्चालनमा आएको पोखरा–६ लेकसाईडको खहरेस्थित फेवाताल किनारमा रहेको मजेष्टिक लेक फ्रण्ट होटलले आफ्नो दोस्रो वार्षिकोत्सव फेवातालमा १० हजार माछाको भुरा छाडेर मनाएको होटलका सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए । यसअघि अघिल्लो वर्ष पहिलो वार्षिकोत्सवमा पनि होटलले फेवाताल सरसफाई गरेर प्रथम वार्षिकोत्सव मनाएको थियो । यसैबीच, होटलले अघिल्लो वर्षजस्तै यस वर्षपनि कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । होटलले… पुरा पढौ

रोटरीयनहरूद्वारा एकै दिनमा ५० हजार बिरुवा रोपेको दाबी

पोखरा, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपाल–भूटान अन्तर्गतका १५० भन्दा बढी रोटरी क्लबहरूले साउन १० गते ‘रोटरी प्लान्टेशन डे २०२५’ को अवसरमा एकै दिन ५० हजार भन्दा बढी बिरुवा रोपेको दाबी गरेका छन् । वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र एकताको अद्वितीय उदाहरण प्रस्तुत गर्दै देशभरि यो वृक्षारोपण अभियान सञ्चालन गरिएको जस अन्र्तगत शनिबार मात्र उक्त सङख्यामा विभिन्न जातका बिरुवा रोपिएको क्लवले दाबी गरेको छ ।डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाको नेतृत्वमा सञ्चालित अभियान अन्तर्गत सहरी पार्कदेखि दुर्गम पहाडी क्षेत्र, विद्यालय, सार्वजनिक स्थल, स्वास्थ्य चौकी… पुरा पढौ

नेपालका लागि एआई विलासिता होइन, समानता र रूपान्तरणको साधन होः मन्त्री गुरुङ

पोखरा, चीनको सांघाईमा आयोजित ‘विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन २०२५’ लाई सम्बोधन गर्दै नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बुद्धिमत्ता ९एआई० लाई विकासशील राष्ट्रहरूका लागि समानता, रूपान्तरण र न्यायको माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ। मन्त्री गुरुङले सम्मेलनमा एआईको समावेशी प्रयोगको पक्षमा वकालत गर्दै भन्नुभयो, “एआईका उपलब्धिहरू सबैका लागि खुला हुनुपर्छ। विकासशील राष्ट्रहरूले पनि कम्प्युटिङ शक्ति, ओपन मोडलहरू र डेटा सेटहरूमा सहज पहुँच पाउनुपर्छ। त्यसका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य छ।”उहाँले संयुक्त राष्ट्रसंघको नेतृत्वमा प्रस्तावित पारदर्शिता, समावेशिता,… पुरा पढौ

पुम्दी–भुम्दी पर्वतीय दौडमा पोखरा २२ को वडा युवा परिषदको सहकार्य, स्वयंसेवक व्यवस्थापनमा अग्रसर

पोखरा, १०, साउन पोखरा महानगरपालिका–२२ मा यही असोज ४ गते आयोजना हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा वडा नं। २२ को वडा युवा परिषद्ले औपचारिक सहकार्य गर्ने भएको छ। प्रतियोगितालाई भव्य, सभ्य र सफल बनाउन परिषद्ले स्वयंसेवक व्यवस्थापन, प्रचार–प्रसार, तथा युवा क्लबहरूको परिचालनमा महत्वपूर्ण भूमिका खेल्ने भएको हो। परिषद्का अध्यक्ष दिनेश बराल र प्रतियोगिता संयोजक दीननाथ बराल बीच हालै सम्पन्न सहमतिपछि परिषद् प्रतियोगिता व्यवस्थापनमा सक्रिय सहभागिता सहित जोडिने भएको हो। सम्झौतापछि अध्यक्ष बरालले यो प्रतियोगिता गाउँकै उत्सवका रूपमा लिएको बताउँदै,… पुरा पढौ

गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन प्रति प्रदेश सरकार शोकमा

पोखरा, साउन १०, गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा शनिबार बिहान भएको निधनले प्रदेश सरकार स्तव्ध भएको छ । पूर्व प्रदेश प्रमुख गुरुङको निधनले गण्डकी प्रदेश शोकमा डुबेको छ। गण्डकी प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री पदमा जि।सी। श्रेष्ठले एक शोक वक्तव्य जारी गर्दै गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।कार्यवाहक मुख्यमन्त्री श्रेष्ठले स्वर्गीय गुरुङ गण्डकी प्रदेशको अभिभावकका रूपमा रहँदा पुर्‍याएको योगदान सधैं स्मरणीय र सम्मानयोग्य हुने बताउनुभएको छ। यसैबीच, गण्डकी प्रदेश… पुरा पढौ