जिवनशैली पत्रिका

अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकीको पहिलो भेलाले जितु गुरुङको नेतृत्वमा नयाँ समिति चयन

दीननाथ बराल,पोखरा १७, साउन, अन्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेशको पहिलो भेलाले अमरजंग गुरुङ (जितु) को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । आज (शनिबार) पोखराको वरपिपल रिसोर्टमा सम्पन्न भेलाले पोखराका युवा पर्यटन व्यवसाय गुरुङको नेतृत्वमा १९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी महासंघ गण्डकीको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ती श्रेष्ठ(उदास) र सुनील न्यौपाने, महासचिवमा चिरञ्जिवी गौतम, सचिवमा प्रसुन्ना भण्डारी र राजकुमार सुनार , कोषाध्यक्षमा पोषराज पौडेल र सह–कोषाध्यक्षमा रुद्र रेग्मी चयन हुनु भएको हो… पुरा पढौ

पोखरामा आमा समूह तथा छात्ररछात्रा दौड सम्पन्न

पोखरा, नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखराका आमा समूहहरूको दौड सम्पन्न भएको छ । रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलोपटक आमा समुहको दौड आयोजना गरेको हो । त्यस संगै नियमित मासिक दौड अन्तर्गत हुँदै आएको छात्ररछात्रा दौड समेत सम्पन्न भएको छ । चुलोचौको र खेतबारीमा सीमित रहँदै आएका महिलाहरूलाई अ‍ेलकुदमा सचेतना बढाउन विशेष ‘आमा समूह दौड’ आयोजना गरेको मञ्चका पूर्व अध्यक्ष एवं रेश डाइरेक्टर तेज बहादुर गुरूङले बताए । ३ किलोमिटर दूरीको उक्त दौडमा पाँच सयभन्दा… पुरा पढौ

अग्रज पत्रकार बद्रीविनोद प्रतीकलाई मातृशोक

पोखरा, साउन १७, पोखराका अग्रज पत्रकार बद्रीविनोद प्रतीकलाई मातृशोक परेको छ । उहाँकी आमा विष्णुमाया खनालको ९१ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको उहँको पारिवारीक श्रोतले जनाएको छ । हृदयघातका कारण पोखरा स्थित आफ्नै निवासमै उहाँको निधन भएको स्थानियले बताउनु भयो । केही दिन अघि स्वास्थ्यमा सामान्य समस्या देखा परे पछि उहाँलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको थियो । उहाँलाई पछिल्लो समय मुटु सम्बन्धि समस्या रहेको बताइन्छ । स्व.विष्णुमाया खनालका ५ छोराहरू अग्रज पत्रकार बद्रीविनोद प्रतीक, रामजी खनाल,… पुरा पढौ

राष्ट्रिय कोदो दिवसका अवसरमा कास्कीको लाहाचोकमा कोदो रोपाइँ महोत्सव

पोखरा, १७ साउन, नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश÷कास्की जिल्ला÷माछापुुच्छ«े गाउँपालिकाको आयोजनामा राष्ट्रिय कोदो दिवसका अवसर पारी आज कास्कीको माछापुुच्छ«े गाउँपालिका वडा नं ४ लाहाचोकमा प्रथम कोदो रोपाइँ महोत्सव सम्पन्न भएको छ । जनगायक जीवन शर्माको विशेष प्रस्तुतिसँगै पञ्चेवाजा, स्थानीय भजनसँगै विभिन्न कार्यक्रम गरिएको महोत्सवको कोदो रोपाइँ प्रतियोगितामा १६ वटा आमा समूहले सहभागिता जनाएका थिए । सहभागी सबै समूहलाई आयोजका तर्फबाट प्रति समूह तीन हजार ५०० रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो । कार्यक्रमको प्रवद्र्धकमा गण्डकी प्रदेशका कृषि तथा… पुरा पढौ

पोखरामा सुरु भयो आरयू फेष्ट ,फोहोरलाई मोहरमा बदल्दै हरित उद्यमशीलताको नयाँ अवसर

पोखरा, १६ साउन, पर्यटनको राजधानी पोखरामा फोहोरको सदुपयोग मार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले आरयू फेष्ट भव्य रुपमा सुरु भएको छ। भोलिसम्म चल्ने उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत उत्पादन भएका सामग्रीहरूको प्रदर्शनी र प्रत्यक्ष उत्पादन प्रक्रिया अवलोकन गर्न सकिने बताउनु भयो । पोखरा–६ बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा शनिबारसम्म चल्ने यस फेष्टमा दर्जनभन्दा बढी कम्पनीहरूले आफ्ना नवीनतम उत्पादन प्रदर्शनीमा राखेका छन्। फोहोरको रुपमा छाडिएका प्लास्टिक सामग्री, बोतल, कागज, र प्रयोगशून्य कपडाबाट बनेका झोला, व्याग,… पुरा पढौ

पलेशा गोवर्धनलाई १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक

पोखरा, १६ साउन, पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य पदकधारी पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा समेत कास्य पदक जित्न सफल हुनु भएको छ । मलेसियाको कुचिङमा जुलाई २४ देखि अगस्ट १ सम्म सम्पन्न प्रतियोगितामा पलेशाले के–४४ विधाअन्तर्गत महिला ५७ किलोमुनि तौल समूहमा उज्बेकिस्तानकी जुरेवा कमोलालाई पराजित गर्दै पदक जित्न सफल भएकी प्रशिक्षक कविराज नेगी लामाले बताउनु भयो । नेपालबाट अन्य खेलाडीमा पुरुष ५८ किलोमुनि तौल समूहमा भरतसिंह महता, ६३ किलोमुनि तौल समूहमा अमिर भ्लोन, महिला ४७ किलोमुनि तौल समूहमा कामना… पुरा पढौ

पोखरा १२ मा प्यागोडा शैलीको कलात्मक प्रवेशद्वार र बगैचा निर्माण

पोखरा, १६ साउन, पोखरा महानगरपालिका वडा नं १२ कार्यालय परिसरमा परम्परागत प्यागोडा शैलीमा निर्मित प्रवेशद्वार र बगैचाको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। पोखराका मेयर धनराज आचार्यले उक्त प्रबेशद्धारको उद्घाटन गर्दै उक्त संरचना नेपालकै मौलिक वास्तुकला शैलीको उत्कृष्ट उदाहरणका रूपमा रहेको दाबी गर्नु भयो । कलात्मक प्रवेशद्वारमा काठका सुन्दर मुर्तिकला, झ्याल–ढोका र गजुर सहितको आकर्षक संरचना तयार गरिएको छ। बगैचाभित्र फुलवारी, मन्दिर र फल्चा निर्माण गरी पर्यटक र स्थानीयवासीलाई परम्परागत वातावरणको अनुभूति दिलाउने व्यवस्था गरिएको छ। उद्घाटन समारोहमा नगरप्रमुख… पुरा पढौ

पोखरामा लेक–टु–लेक साइकल ट्र्याकको गुरुयोजना तयार

दीननाथ बराल,पोखरा, १६ साउन, पर्यटकीय नगरी पोखरामा रहेका सबै ताललाई आपसमा जोड्ने गरी निर्माण हुने ‘लेक–टु–लेक साइकल ट्र्याक’ को गुरुयोजना तयार भएको छ। एसियाली विकास बैंक (एडिबी) को करिब १ अर्ब रुपैयाँ आर्थिक सहयोगमा बन्ने उक्त पूर्वाधारले पोखराको पर्यटन क्षेत्रमा नयाँ आकर्षण थप्ने अपेक्षा गरिएको छ। शुक्रवार एडिबी मिसन र सरोकारवालासँग भएको छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले करिब १ सय १७ कि।मी लम्बाइको यो ट्र्याकले पर्यटकका लागि महत्वपूर्ण आकर्षण बन्ने बताउनुभयो। प्रारम्भिक अनुमान अनुसार ८५ कि।मी रहने ट्र्याक हाल… पुरा पढौ

पोखरामा मास विद्युतीय बस सेवा सुरु, हरित यात्राको नयाँ युग

दीननाथ बराल,पोखरा, १६ साउन, पोखराको सार्वजनिक यातायात अब नयाँ अध्यायमा प्रवेश गरेको छ। धुँवा र प्रदूषणबाट मुक्त हरित यात्राको अभियानलाई अघि बढाउँदै पोखरा यातायात प्रालिले बिहीबारदेखि ३२ सिट क्षमताका (मास) अत्याधुनिक टाटा अल्ट्रा ईभी विद्युतीय बस मार्फत सेवा सुरु गरेको हो । पोखरा महानगर यातायात व्यवस्थापन समितिका उपाध्यक्ष तथा वडा नं। १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नं। १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले यातायात व्यवसायीहरूको उपस्थितिमा बस सेवाको औपचारिक शुभारम्भ गर्नुभयो। शुभारम्भ कार्यक्रममा वडाध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “विद्युतीय बस… पुरा पढौ

पोखरामा विवादित कोटीहोमः गैरकानूनी रूख कटान प्रकरणमा सात जना माथि मुद्दा

पोखरा, १५ साउन, पोखरामा विवादित कोटीहोमः गैरकानूनी रूख कटान प्रकरणमा सात जना माथि मुद्दा दायर भएको छ । कास्की जिल्ला अदालतमा बिहीबार मानव सेवा फाउण्डेशन नेपालका प्रबन्धक सहित सात जनाविरुद्ध गैरकानूनी रूख कटानको अभियोगपत्र दायर भएको हो। पोखरामा आयोजित ‘श्रीगण्डकी शत कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ २०८२’ का क्रममा ऐतिहासिक चौतारीका वर, पिपल र समि जस्ता वृक्षहरू काटिएको बिषयमा विवाद भएको थियो । विवादित धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति (विजय भण्डारी) को नेतृत्वमा गत वैशाख १७ देखि ६१ दिनसम्म सञ्चालन… पुरा पढौ