पलेशा गोवर्धनलाई १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक

-


     पोखरा क्लिक     
     श्रावण १६ गते २०८२ मा प्रकाशित


पोखरा, १६ साउन,

पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य पदकधारी पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा समेत कास्य पदक जित्न सफल हुनु भएको छ । मलेसियाको कुचिङमा जुलाई २४ देखि अगस्ट १ सम्म सम्पन्न प्रतियोगितामा पलेशाले के–४४ विधाअन्तर्गत महिला ५७ किलोमुनि तौल समूहमा उज्बेकिस्तानकी जुरेवा कमोलालाई पराजित गर्दै पदक जित्न सफल भएकी प्रशिक्षक कविराज नेगी लामाले बताउनु भयो ।

नेपालबाट अन्य खेलाडीमा पुरुष ५८ किलोमुनि तौल समूहमा भरतसिंह महता, ६३ किलोमुनि तौल समूहमा अमिर भ्लोन, महिला ४७ किलोमुनि तौल समूहमा कामना प्रसाईँ र रेणु तामाङले प्रतिस्पर्धा गर्नु भएको थियो । टोलीको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठले गर्नुभएको बताइन्छ ।