अग्रज पत्रकार बद्रीविनोद प्रतीकलाई मातृशोक

-


     पोखरा क्लिक     
     श्रावण १७ गते २०८२ मा प्रकाशित


पोखरा, साउन १७,

पोखराका अग्रज पत्रकार बद्रीविनोद प्रतीकलाई मातृशोक परेको छ । उहाँकी आमा विष्णुमाया खनालको ९१ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको उहँको पारिवारीक श्रोतले जनाएको छ । हृदयघातका कारण पोखरा स्थित आफ्नै निवासमै उहाँको निधन भएको स्थानियले बताउनु भयो ।

केही दिन अघि स्वास्थ्यमा सामान्य समस्या देखा परे पछि उहाँलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको थियो । उहाँलाई पछिल्लो समय मुटु सम्बन्धि समस्या रहेको बताइन्छ । स्व.विष्णुमाया खनालका ५ छोराहरू अग्रज पत्रकार बद्रीविनोद प्रतीक, रामजी खनाल, सुरेन्द्र खनाल, केदार खनाल र प्रेमविनोद खनाल र २ छोरीहरु रहनु भएको छ । स्वर्गीय खनालको शुक्रबारै रामघाटमा दाह संस्कार गरिएको छ ।