जिवनशैली पत्रिका

माछापुच्छ्रे पोखरा ओपन टेनिस उपाधिका लागि प्रदिप र संरक्षक भिड्ने ,अभिलाषा र सुनिरा महिलातर्फ फाइनलमा

पोखरा, पौष १४ पोखरामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्समा नेपाल नं १ प्रदिप खड्का र पूर्व नेपाल नंं १ संरक्षक भुषण बज्रचार्यले उपाधि भिडन्तमा स्थान पक्का गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न सेमीफाइनलमा आ–आफ्नो खेल जित्दै उनीहरुले उपाधि भिडन्तका लागि स्थान पक्का गरेका हुन् । शनिबार भएको संघर्षपूर्ण सेमीफाइनल भिडन्तमा १९ औं सस्करणका समेत उपाधि विजेता प्रदिपले भारतिय खेलाडी अभिनन्सु ठाकुरलाई २–१ को सेटमा पछि पारे । पहिलो… पुरा पढौ

लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार

लेखनाथ, १२ पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । महोत्सवमा यसपटक दर्शकहरुको संख्या वढ्दो देखीएको, शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गरेको कारण किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको महोत्सवका प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिएका छन् । लेखनाथ उद्योग वाणिज्य संघ… पुरा पढौ

प्रथम पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता शुरु

पोखरा, १४ पुस पोखरामा प्रथम खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता शुरु भएको छ । अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली आवसिय विद्यालयको सहआयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशबाट २ सय ५ जना खेलाडिले सहभागिता जनाएका छन् । प्रतियोगितामा कास्की, लम्जु·, तनहु, स्याङ्जा, वाग्लुङ, पर्वत, म्याग्दी १८ दोजाङहरुको सहभागितामा २६ वटा विधामा प्रतियोगिता भएका कार्यक्रम संयोजक तथा नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य विशाल बुढामगरले जानकारी दिए । शनिबार मात्र ११ विधा सम्पन्न भएको उनले जानकारी दिए । प्रतियोगितामा… पुरा पढौ

सडक महोत्सवमा रौनक बढ्दो

पुष १४,पोखरा पोखरामा जारी सडक महोत्सवमा रौनक बढ्दै गएको छ । महोत्सवको तेश्रो दिन देखि महोत्सवमा आन्तरिक पर्यटकहरुको उत्साहजनक रुपमा सहभागिता रहेको आयोजक रेवान पोखराले जनाएको छ । सडक महोत्सवमा विहानै देखि आन्तरिक पर्यटकहरुको चहल पहल भएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए । यस बर्ष आफुहरुले केही फरक ढंगले महोत्सव मनाउने गरी तयारी गरे अनुसारको ५ दिने महोत्सवमा करिब ४ लाख बढी पर्यटक भित्राउने लक्ष्य राखेको उनले सुनाए । २५ औं पोखरा सडक महोत्सवमा खेलकुदका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका… पुरा पढौ

लेखनाथ महोत्सवको गेट अगाडी बसको ठक्करले एक युवतीकोे मृत्यु

दीननाथ बराल पोखरा १४, पुष पोखराको लेखनाथ स्थित (तालचोक) मा जारी लेखनाथ महोत्सवको मुल गेट अगाडी बसले ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । उक्त महोत्सवको मुल गेट अगाडी रहनु फुटपाथमै रहनु भएको ३० बर्षीया इज्रावती कुमारीको बसको ठक्करले मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । आज बिहान करिब ८ः४५ बजे पोखरा देखि भैरहवाको लागि छुटेको लु १ ख ८३५६ नम्बरको बसले फुटपाथमै रहनु भएको कुमारीलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताउनु भयो… पुरा पढौ

फष्ट कम फष्ट सर्भिसका आधारमा शनिबारदेखि पोखरामा प्याराग्लाइडिङ संचालन हुने

दीननाथ बराल पोखरा १३, पुष फष्ट कम फष्ट सर्भिसका आधारमा शनिबार देखि पोखरामा प्याराग्लाइडिङ संचालन हुने भएको छ । व्यवसायीको आन्तरिक काराले गर्दा विगत दुई साता देखि ठप्प भएको पोखराको सहासिक खेल प्याराग्लाइडिङ शनिबार बिहान देखि फष्ट कम फष्ट सर्भिसका आधारमा संचालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले निर्देशन जारी गरेको छ । यही पुष १२ गते सरोकारवालाहरु बिच भएको सहमतीको आधारमा नेपाल सरकारको नीति नियम तथा प्राधिकरणको नीति, नियम अनुरुप उडान सुरक्षाको पत्याभुति हुनेगरि उडान सुरक्षालाई उच्च प्राथमिकता दिई… पुरा पढौ

सडक महोत्सवमा पर्यटकको चहलपहल बढ्दै, शनिबार डुंगा दौड प्रतियोगिता हुने

दीननाथ बराल पोखरा १३, पुष अफ्सिजनमा कुनै समय पोखराका पर्यटन व्यवसायीहरु हुलका हुलभई भारतको गोवा लगायतका स्थानमा क्रिसमश र अग्रेंजी नयाँ बर्ष मनाउने पुग्ने गर्दथे । अफ्सिजनमा पोखराको पर्यटन प्रबर्द्धन गर्न गणेशबहादुर भट्टराईले नेतृत्वमा विगत २५ बर्ष अघि सुरू भएको पोखरा सडक महोत्सव अहिले नेपालकै ब्राण्ड बनेको छ । मेला महोत्सवको सायद सुदुरपश्चिम महोत्सव पछिको धेरै दर्शक वा पर्यटक भित्रिने महोत्सवको रुपमा स्थापित हुदै आएको पोखरा सडक महोत्सव पोखराको मुख्य पर्यटकीय स्थल फेवाताल किनारा क्षेत्रको लेकसाइडमा उक्त महोत्सव हाल संचालन… पुरा पढौ

जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु, खेलाडीहरुको लागि अनुशासन महत्वपूर्ण हुन्छः मन्त्री सिंखडा

पोखरा १३, पुष पोखरा रंगशालामा शुक्रबार देखि १४ औं संस्करणको कास्की जिल्ला स्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गत बर्षको विजेता पोखरा महानगरपालिका सहित कास्कीका अन्य ४ गाँउपालिकाका करिब ४ सय भन्दा बढी खेलाडीहरु सहभागि भएको आयोजक कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँले बताउनु भयो । भोलि (शनिबार) सम्म संचालन हुने उक्त प्रतियोगिताको गण्डकी प्रदेशकी सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले उद्घाटन गर्दै खेलाडीहरुको जीवनमा खेलसंगै अनुशासन अपरिहार्य भएको बताउनु भयो ।… पुरा पढौ

क्रिकेटर लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर

काठमाडौं १३, पुष क्रिकेट राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ । लामिछानेलाई सजाय भने यही पुस २५ गते मात्र सुनाइने भएको छ । एउटै कोठामा बसेको बेला सन्दीपले आफूलाई बलात्कार गरेको गौशला २६ को दाबी रहेको भन्दै अदालतले भनेको छ, ‘गौशला २६… पुरा पढौ

बालकुमारी झडपमा परी दुई जनाको ज्यान गयो

काठमाण्डौं १३, पुष कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षा दिन नपाएपछि आन्दोलित भएका युवाहरुको झडपका क्रममा दुई जना युवाले ज्यान गुमाउनु परेको छ । युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा सुजन राउत र वीरेन्द्र शाहको ज्यान गएको प्रहरीले जनाएको छ । पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले जनाए । यसअघि किस्ट अस्पतालमा उपचारकै क्रममा २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । उक्त घटनाको बिषयमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ… पुरा पढौ