सडक महोत्सवमा रौनक बढ्दो

-


     पोखरा क्लिक     
     पौष १४ गते २०८० मा प्रकाशित


पुष १४,पोखरा

पोखरामा जारी सडक महोत्सवमा रौनक बढ्दै गएको छ । महोत्सवको तेश्रो दिन देखि महोत्सवमा आन्तरिक पर्यटकहरुको उत्साहजनक रुपमा सहभागिता रहेको आयोजक रेवान पोखराले जनाएको छ ।

सडक महोत्सवमा विहानै देखि आन्तरिक पर्यटकहरुको चहल पहल भएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए । यस बर्ष आफुहरुले केही फरक ढंगले महोत्सव मनाउने गरी तयारी गरे अनुसारको ५ दिने महोत्सवमा करिब ४ लाख बढी पर्यटक भित्राउने लक्ष्य राखेको उनले सुनाए ।

२५ औं पोखरा सडक महोत्सवमा खेलकुदका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । शनिबार बिहान फेवातालमा भएको खुल्ला डुङ्गा दौड प्रतियोगितामा स्विमङपुल घाट ‘ए’ ले प्रथम, गौरीघाट द्धितिय तथा बाराहीघाट तृतीय भए । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, द्धितियले नगद १० हजार तथा तृतीयले नगद ५ हजार सहित प्रमाणपत्र पुरस्करा प्राप्त गरे ।

विजयी टोलीलाई रेवान पोखराका पूर्वाध्यक्ष गणेशबहादुर भट्टराई, पोमनपा वडा नम्बर ६ का पूर्व वडा सदस्य हरि पहारी, कार्यक्रम संयोजक बिरेन्द्र लामा लगायतले पुरस्कार वितरण गरेका थिए । त्यसअघि भएको संस्थागततर्फको प्रतियोगितामा टान गण्डकी प्रथम, रेवान पोखरा द्वितिय तथा नेपाल टुरिजम भ्यान एशोसिएसनले तृतीय स्थान हाँसिल गरेका थिए ।

सडक महोत्सवमै भएको वेटर रेसमा बेन्जन रेष्टुरेण्टका रेशमबहादुर अर्याल प्रथम, चिल्ली बारका सुनिल गुरुङ्ग द्धितिय तथा बेन्जनकै सौरभ ठकुरी तृतीय भए । उनीहरुले क्रमश नगद १० हजार, ७ हजार र ५ हजार सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । वेट्रेसफर्त बेन्जनकी मोनिका नेपाली प्रथम, बेन्जनकै माया घले द्धितिय तथा बेलिफका रश्मी तिवारी तृतीय भइन् । उनीहरुले नगद ७ हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । विजेतालाई प्रायोजक कोकाकोला कम्पनीका प्रतिनिधी, रेवान पोखराका पूर्वाध्क्ष बलराम पहारी लगायले पुरस्कृत गरे ।

मःम खाने प्रतियोगितामा पुरुषतर्फ प्रकास गुरुङ्ग प्रथम, गोबिन गाहा द्धितिय तथा खगेन्द्र अर्याल तृतीय भए । महिलातर्पm मिसु पुन प्रथम, सीता नेपाली द्धितिय तथा विष्णु थापा मगर तृतीय भए । उनीहरुलाई रेवान पोखराका पूर्वाध्यक्ष भिमसेन भुजेल, महोत्सव संयोजक विश्वराज पौडेल लगायतले विशेष पुरस्कार प्रदान गरे ।