दीननाथ बराल
पोखरा १४, पुष
पोखराको लेखनाथ स्थित (तालचोक) मा जारी लेखनाथ महोत्सवको मुल गेट अगाडी बसले ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । उक्त महोत्सवको मुल गेट अगाडी रहनु फुटपाथमै रहनु भएको ३० बर्षीया इज्रावती कुमारीको बसको ठक्करले मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
आज बिहान करिब ८ः४५ बजे पोखरा देखि भैरहवाको लागि छुटेको लु १ ख ८३५६ नम्बरको बसले फुटपाथमै रहनु भएको कुमारीलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताउनु भयो । उक्त बसले ठक्कर दिनसाथ कुमारीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) पोखरामा उपचारकै क्रममा मृत्यु भएको प्रमुख शर्माले एटुजेडलाई बताउनु भयो ।
बस चालक नवलपरासी स्थित देवचुली नगरपालिका २ का ४० बर्षीय हस्तबहादुर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रमुख शर्माले उल्लेख गर्नु भयोे । उक्त बसलाई इलाका प्रहरी कार्यालय डाँडाकोनाक प्रहरी चौकीमा राखिएको छ । पोखरा देखि तालचोक तफै जादै गरेको उक्त बस मुल सडक देखि करिब ८ देखि १० मिटर फुटपाथ तर्फ ट्रनिङ भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीले उल्लेख गरेको छ ।
केही दिन अघि महोत्सवको मुल गेट अगाडी फुटपाथमा व्यापार नगर्न भन्दै नगर प्रहरीले फुटपाथमा व्यपार गर्नेहरुलाई हटाउन खोज्दा दोहोरो झडप भएको थियो । उक्त झडकमा परी केही व्यपारी तथा नगर प्रहरी समेत घाइते हुनु भएको थियो । लेखनाथ महोत्सवको फुटपाथमा व्यपार गर्दै आउनु भएको कुमारीको बस दुर्घटनामा परी मुत्यु भएको खबरले आफुहरु निकै दुःख लागेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद श्रेष्ठले बताउनु भयो । उक्त घटनामा दोषी उपर कारवाही गर्न स्थानियले माग गर्नु भएको छ ।