दीननाथ बराल, पोखरा ५, जेठ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक भारततर्फ सिधा मेडिकल रेस्क्यू चार्टर उडान भएको छ । श्री एयरलायन्सको डोमेस्टिक विमानले आज दिउँसो ३ः०९ बजे भारतको भोपालस्थित राजा भोज अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले बताउनु भयो । मुक्तिनाथ तीर्थयात्राका क्रममा गम्भीर बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष मेडिकल चार्टरमार्फत भारत पठाइएको उहाँले जनाउनु भयो । “पोखराबाट भारतसम्म डोमेस्टिक विमानमार्फत गरिएको अन्तर्राष्ट्रिय हवाई उडान पहिलोपटक हो,” प्रवक्ता सुवेदीले भन्नुभयो…
पुरा पढौ