जिवनशैली पत्रिका

फोनिज गण्डकीको आयोजनामा समावेशी पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम

पोखरा, १२ जेठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा पोखरामा समावेशी पत्रकारिता तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम भएको छ । प्रेस रेजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा भएको तालिम मंगलबार र बुधबार हुनेछ । तालिमको गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले उद्घाटन गरिन् । उक्त कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले पत्रकारितामा निरन्तरको तालिम र क्षमता अभिवृद्धि अपरिहार्य रहेको बताइन् । भण्डारीले समाजको पिँधमा रहेका आवाजहरूलाई मूलधारमा ल्याउनुपर्ने धारणा राखिन् । गुरुङ, मगर, थकाली, तामाङ र दलित लगायतका विभिन्न जातजाति र… पुरा पढौ

जोन डियर ट्याक्टरको पोखरामा शाखा स्तरोन्नति, स्पेयर पाट्र्समा १० प्रतिशत र लेबर चार्जमा १०० प्रतिशत छुटको घोषणा

दीननाथ बराल,पोखरा, ११ जेठ , पर्यटकीय नगरी पोखरामा जोन डियर ट्याक्टरको पोखरा एसएसएस शाखा स्तरोन्नति गरेको छ । विवेक अटोमोबाइल्स प्रा. लि. अन्तर्गत सञ्चालित उक्त शाखालाई आधुनिक सेवा सुविधासहित स्तरोन्नति गरेको कम्पनीले पोखरा क्लिकलाई जनाएको छ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड तथा उपाध्यक्ष विवेक दुगडको मार्गदर्शनमा सञ्चालन भइरहेको कम्पनीले ग्राहकलाई अझ छिटो, प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले शाखा अपग्रेड गरिएको विवेक अटो मोबाइल्स पोखरा शाखाका प्रबन्धक सुनिल कुमार ठाकुरले बताउनु भयो । कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक… पुरा पढौ

पोखराको फिर्केखोलामा डोजरः फिर्केखोलाको खोलाघर भित्र बनेका संरचना हटाउन अभियान सुरु (भिडियो सहित)

दीननाथ बराल पोखरा, १० जेठ, पोखरा महानगरपालिकाले फिर्केखोला को खोलाघर अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउने अभियान आज (आइतबार) देखि सुरु गरेको छ । महानगरले यसअघि दिएको ३५ दिने अल्टिमेटम सकिएसँगै खोलाको प्राकृतिक बहाव अवरुद्ध गर्ने स्थायी तथा अस्थायी संरचनामा डोजर चलाइएको हो । https://www.youtube.com/watch?v=CZXmxinf_K0 बजारको मध्यभाग हुँदै बग्ने फिर्केखोला २०८० साल असारमा गरिएको प्राविधिक नापजाँच प्रतिवेदनले फिर्केखोलाको खोलाघरभित्र १६० भन्दा बढी संरचना निर्माण भएको पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनु भयो । वर्षायाममा डुबानको जोखिम बढ्दै गएको तथा… पुरा पढौ

राङखानीमा युनाईटेड क्लबको निःशुल्क स्वास्थ्य शिविर, ५ सय ५० लाभान्वित

पोखरा, युनाईटेड क्लब पोखराको आयोजनामा बागलुङको जैमिनि नगरपालिका–१० राङखानीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ५० भन्दा बढी स्थानीय लाभान्वित भएका छन् । राङखानी स्वास्थ्य चौकी, देउरालीमा आयोजित शिविरमा इसिजी, भिडियो एक्सरे, सुगर परीक्षणसहित विभिन्न विशेषज्ञ सेवा प्रदान गरिएको थियो । शिविरमा २ सय ४९ जनाको इसिजी, २ सय १५ जनाको भिडियो एक्सरे तथा १ सय २३ जनाको सुगर परीक्षण गरिएको आयोजकले जनाएको छ । शिविर जैमिनि नगरपालिका वडा नम्बर १० को समन्वय तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा… पुरा पढौ

नेपाली कला, संस्कृति र खानाका परिकार स्पेनको दोनस्तीमा

दीननाथ बराल, पोखरा, स्पेनको दोनस्तीस्थित नेपाली समाज दोनस्तीले नेपाली कला, संस्कृति र मौलिक खानाका परिकार मार्फत नेपालको पहिचान प्रवर्द्धन गरेको छ । यहाँको सान सेबास्तिआन नगरपालिकासँगको समन्वयमा आयोजना भएको “फुड फेस्टिभल” मा नेपाली समाज दोनस्तीले नेपाली स्वाद, भेषभूषा र सांस्कृतिक प्रस्तुति झल्किने विशेष कार्यक्रम आयोजना गरेको हो । यही मे २३ तारिख (शनिबार) आयोजना भएको कार्यक्रममा नेपाली मौलिक परिकारहरू पस्किने कार्यक्रम भएको थियो । कार्यक्रममा मःम, पकौडा, समोसा, सेलरोटी लगायत नेपाली स्वाद झल्किने विभिन्न खानाका परिकार प्रर्दशनी भएको थियो भने… पुरा पढौ

मर्नीङवाक जानेहरु पनि जुटे फोहोर सफाई अभियानमा

पोखरा, पोखराको लभ्ली डाँडामा करिब दश बोरा फोहोर संकलन गरेका भएको छ । पोखरा वडा नं ५ र १८ को सिमानामा पर्ने उक्त डाँडाको फोहोर मर्नीङवाकमा जानेहरुले संकलन गरेका हुन् । लभ्ली डाँडामा बिहान ४ बजे देखिनै मर्नीङ्वाक जानेहरुको लर्को भेटिन्छ । लभ्ली डाँडा चढ्दै गर्दा डाँडाभरी चाउचाउ,चिप्स,कुरकुरे,पानी,बियर र रक्सीका खाली बोत्तलहरु यत्रतत्र छरिएका भेटिन्छन् । पोखराको नजिकै रहेको लभली डाँडामा बिदाको दिन र बेलुकापख रमाइलो गर्नजानेहरुले बढि फोहोर गर्नेगरेको स्थानीय प्रकाश अर्यालले बताए । प्रयोगमा आइसकेका बोत्तल, प्लाष्टिक र… पुरा पढौ

कप्तान शाहको संयोजकत्वमा पोखरामा प्रथम फ्रेन्डसीप कप भलिवल प्रतियोगिता हुने (भिडियो सहित)

दीननाथ बराल,पोखरा १०, जेठ, गण्डकी प्रदेशका कप्तान संजु बिक्रम शाहको संयोजकत्वमा खेलकुदको शहर पोखरामा यही जेठ १३ गतेदेखि “प्रथम फ्रेन्डसीप कप भलिवल–२०८३” आयोजना हुने भएको छ । फ्रेन्डसीप युवा एकता, गण्डकी प्रदेशको आयोजनामा तथा पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदीपुरको विशेष सहयोगमा यही जेठ १७ गतेसम्म पोखरा–३ नदीपुरस्थित पोखरा प्रशिक्षण केन्द्रको खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको आज (आइतबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । https://www.youtube.com/watch?v=DQLvvNyI5fw युवाशक्तिलाई खेलकुदमार्फत एकताबद्ध गर्दै सामाजिक सद्भाव, अनुशासन र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने… पुरा पढौ

लमजुङको पुरानकोटमा त्रिदिवशीय घरवास व्यवस्थापन तालिम

पोखरा, १० जेठ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना एवम् गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश समितिको सह–आयोजनामा लमजुङको बेसीशहर नगरपालिका–४ पुरानकोटमा त्रिदिवशीय घरवास(होमस्टे) व्यवस्थापन तालिम सम्पन्न भएको छ । पुरानकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिको स्थानीय समन्वयमा आयोजित तालिममा ४० जनाको सहभागी रहेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुुभयो । तालिममार्फत होमस्टे सञ्चालन, पाहुना सत्कार, सरसफाइ, व्यवस्थापन, स्थानीय संस्कृतिको संरक्षण तथा पर्यटन सेवाको गुणस्तर अभिवृद्धिबारे व्यावहारिक ज्ञान प्रदान गरिएको उहाँले बताउनुुभयो । तालिममा भिटोफ… पुरा पढौ

तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता जेष्ठको तेश्रो साता

जेष्ठ १०,पोखरा, फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा यहि १८ जेठ गते पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिलातर्फ खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालबारे प्रचारप्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा आन्तरिक पर्यटक भित्र्याउँदै यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । अध्यक्ष गिरीका अनुसार पुरुषतर्फ बाराहीघाटदेखि पारि लेक हाउससम्म झण्डै… पुरा पढौ

सरकारी जग्गामा निर्माण भएको डेढ करोडको भवन अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण ग¥यो

दीननाथ बराल,पोखरा ९, जेठ, सार्वजनिक तथा सरकारी जग्गा संरक्षण अभियानलाई साथ दिँदै अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले पोखरा–९ पृथ्वीचोकस्थित सरकारी जग्गामा निर्माण भएकोे पक्की भवन पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न जारी गरेको ३५ दिने सूचनापछि महासंघले आफूले प्रयोग गर्दै आएको करिब ४ रोपनी क्षेत्रफल सहितको भवन खाली गर्दै आज (शनिबार) एक समारोहका बिच भवनको साँचो हस्तान्तरण गरेको हो । २०६७… पुरा पढौ