जिवनशैली पत्रिका

मादी गाउँपालिकामा शिक्षकका लागि सूचना प्रविधि तालिम

पोखरा, जेठ ९, कास्कीको मादी गाउँपालिकाले शिक्षकहरूका लागि सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम प्रदान गरेको छ । ५ दिनसम्म सञ्चालन भएको तालिममा मादी गाउँपालिकाभित्रका आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ जना शिक्षकहरूको सहभागिता रहेको थियो । जेठ ५ देखि ९ गतेसम्म सञ्चालित तालिमको समापनका अवसरमा मादी गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले आजका शिक्षक प्रविधिमैत्री हुनैपर्नेमा जोड दिए । आजका विद्यार्थी जन्मिँदैमा प्रविधिसँगै जन्मेकाले तिनलाई पढाउने शिक्षकहरू अझ तिखारिनुपर्ने गुरुङको भनाइ थियो । मादीका शिक्षकहरूको क्षमता विकासका लागि गाउँपालिकाले सधैँ प्रयास गर्ने प्रतिबद्धता जनाउँदै… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा, गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित

पोखरा, ९ जेठ, नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा शनिबार पोखरामा भएको छ । साधारण सभा तथा गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहको गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी व्यवस्था मन्त्री भीम कार्कीले मोफसलमा रहेर पत्रकारिता गर्नेहरूको योगदानको कदर गर्दै उनीहरूको वृत्तिविकासका लागि सरकार सधैँ तत्पर रहेको बताए । उनले भने, ‘मोफसलमा रहेर पत्रकारिता गर्नेहरूको योगदानलाई मूल्यांकन गर्ने राष्ट्रिय माध्यमहरू कम छन्, त्यसैले गण्डकी प्रदेश सरकार पत्रकारमैत्री वातावरण निर्माणका लागि पूर्ण रूपमा प्रतिबद्ध छ ।’ उनले… पुरा पढौ

पोखरामा जेठ १२ देखि पाँचौं अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुँने

दीननाथ बराल,पोखरा, ९ जेठ, खेलकुदको शहरका रूपमा परिचित पोखरामा विद्यालय तहको फुटबल खेलको विकास गर्ने उद्धेश्यले पाँचौं संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ यही जेठ १२ गतेदेखि आयोजना हुने भएको छ । पोखराको ड्यामसाइड क्लबको आयोजनामा यही जेठ १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा हुने भएको क्लवले जनाएको छ । क्लवले शनिबार पोखरामा आयोजना गरेको टाईसिट प्रकाशन तथा पत्रकार सम्मेलनमा जानकारी दिँदै क्लबका… पुरा पढौ

अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले पोखरा ९ मा रहेको अस्थायी टहरा डोजर लगायरै भत्कायो, अन्य ठाँउमा भत्काउन सुरु

दीननाथ बरालपोखरा, अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले सार्वजनिक जग्गामा निर्माण गरेको अस्थायी टहरा भत्काएको छ । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न दिएको सूचनाको आधारमा महानगरको सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानलाई सफल पार्न आफुहरुले डोजर लगायर पोखरा ९ मा रहेका अस्थायी टहरा तथा सभाहल सहित केही संरचना भत्काएको महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमले बताउनु भयो । महासंघले प्रयोग गर्दै आएको उक्त जग्गा करिब ४ रोपनी क्षेत्रमा फैलिएको छ । महासंघले २०६७ सालमा करिब डेढ करोडको लागतमा निर्माण गरेको… पुरा पढौ

पर्वतमा जडीबुटी प्रशोधन उद्योग प्रकरणःश्रम स्वीकृतिविनै विदेशी कामदारदेखि वन दोहनसम्मको आरोप, अख्तियारमा उजुरी

पर्वत, पर्वत जिल्लासहित विभिन्न क्षेत्रमा सञ्चालित चिनियाँ लगानीका जडीबुटी प्रशोधन उद्योगहरू पुनः विवादमा तानिएका छन् । वन क्षेत्रको मापदण्ड उल्लंघन, श्रम स्वीकृतिविनै विदेशी नागरिकलाई काममा लगाइएको, स्थानीय प्राकृतिक स्रोतको अवैध दोहन गरिएको तथा प्रशासनिक संरक्षणमा उद्योग सञ्चालन भइरहेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । नेपाल सरकारले वन पैदावारमा आधारित उद्योग सञ्चालनका लागि वन क्षेत्र तथा खोलानालाबाट कम्तीमा ५०० मिटर दूरी कायम गर्नुपर्ने व्यवस्था गर्दै २०७१ असोज ६ गते राजपत्रमा सूचना प्रकाशित गरेको थियो । तर पर्वतमा सञ्चालित… पुरा पढौ

बाँदर आतङ्कको समाधान खोज्दै विज्ञहरू नर्सरीमा, सिप्लीकान खेतीलाई पोखराको नयाँ सम्भावनाका रूपमा विकास गर्ने तयारी

पोखरा, सिप्लीकान केवल एउटा वनस्पति मात्र नभई स्वास्थ्य, वातावरण, संस्कृति र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको बहुउपयोगी प्राकृतिक सम्पत्ति भएको बताइएको छ। पछिल्लो समय कृषिमा देखिएको बाँदर आतङ्क, उत्पादन लागत वृद्धि तथा परम्परागत खेतीप्रति घट्दो आकर्षणका बीच सिप्लीकान खेतीलाई वैकल्पिक तथा दीर्घकालीन समाधानका रूपमा अघि सार्न थालिएको छ । पर्यटकीय राजधानी पोखरालाई सिप्लीकान खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा–३२ तल्लोगगनगौडास्थित ऊँ कृषि फर्ममा सञ्चालित सिप्लीकान नर्सरी अहिले कृषक, अनुसन्धानकर्ता तथा कृषि विज्ञहरूको आकर्षणको केन्द्र बनेको छ । यसै क्रममा पोखरा… पुरा पढौ

सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान

पोखरा, ८ जेठ, नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १६ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । पछिल्लो समय अभियान कास्कीका गाउँपालिकामा केन्द्रीत बनेको छ । संघले कास्कीको मादी गाउँपालिका वडा नं ३ याङ्जाकोट स्थित सीताराम मावि र वडा नं ४ तारकाङस्थित ध्रुव माविमा अभियान संचालन गरेको छ । सीताराम माविमा आयोजित कार्यक्रम… पुरा पढौ

लेखनाथको समग्र विकासका लागि लगानी बोर्ड र निजी क्षेत्रबीच सहकार्य बढाउँदै, पर्यटन, उद्योग र पूर्वाधार विकासमा जोड

लेखनाथ, लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार सम्पन्न विशेष बैठकमा लेखनाथ क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन लगानी, पूर्वाधार विस्तार तथा सरकारी र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । संघकी अध्यक्ष जानुका पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकार लगानी बोर्डका पदाधिकारी, उद्योगी व्यवसायी, पूर्व पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग, व्यापार, पर्यटन, पूर्वाधार तथा लगानी प्रवद्र्धनका विविध विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा नेपाल सरकार लगानी बोर्ड काठमाडौंकी सह–सचिव… पुरा पढौ

पोखराको सार्वजनिक जग्गा खाली गराउने अभियान सुरु , केही ठाँउमा आफै हटाउदै

पोखरा, पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षणका लागि जारी गरेको अभियान अन्तर्गत पोखरा ९ मा रहेको अस्थायी टहरा र संरचना भत्काएको छ। अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले महानगरको सूचनाअनुसार डोजर प्रयोग गरेर आफ्नो प्रयोगमा रहेको अस्थायी टहरा, सभाहल र केही संरचना भत्काएको महासंघका अध्यक्ष रुद्र गौतमले पोखराक्लिकलाई जानकारी दिनुभयो। महासंघले करिब ४ रोपनी क्षेत्रमा फैलिएको जग्गामा २०६७ सालमा करिब डेढ करोडको लागतमा बनाएको कार्यालय पक्की भवन पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारीमा रहेको गौतमले बताउनुभयो। उहाँले भन्नुभयो, “पोखरा महानगरपालिका वडा… पुरा पढौ

महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

पोखरा, महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । महालेखा परीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्याम प्रसाद भण्डारीले बिहीबार आर्थिक वर्ष २०८१र८२ को आठौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेस गर्नुभएको हो । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आर्थिक अनुशासन नै सुशासनको जग रहेको बताउनुभयो । उहाँले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेकोमा जोड दिँदै बेरुजु बढ्नु सुशासनका लागि चुनौती रहेको उल्लेख गर्नुभयो । ‘आर्थिक अनुशासन कायम गर्न राज्यका तीनै तह… पुरा पढौ