जिवनशैली पत्रिका

फिर्केखोलाको केही भाग पुनः हटाउन नागरिक समाजको माग, भोट बैंकको रूपमा कसैलाई संरक्षण नगर्न नागरिक अगुवा पौडेलको आग्रह (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १० साउन, पोखराको प्रायः मध्यभाग भएर बगेको फिर्केखोला अतिक्रमणमुक्त बनाउने अभियान बीचमै रोकिएको भन्दै नागरिक समाजले बाँकी रहेका अवैध संरचना तत्काल हटाउन पोखरा महानगरपालिकासँग माग गरेको छ। वातावरण संरक्षणका लागि महाअभियान कास्कीले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै फिर्केखोला खोलाघरमा रहेका सबै अवैध संरचना हटाएर पैदलमार्ग र साइकल लेनसहितको हरित करिडोर निर्माण गर्नुपर्नेमा जोड दिएको हो। https://www.youtube.com/watch?v=cPp_HqeIfSg&t=3s अभियानका संयोजक तथा नागरिक अगुवा रामबहादुर पौडेलले फिर्केखोला अतिक्रमण हटाउने क्रममा महानगरपालिकाले सुरुवातमा देखाएको सक्रियता सकारात्मक भए पनि अन्तिम चरणमा आएर प्रभावशाली… पुरा पढौ

रारा पोखरा स्पोट्र्स अवार्डबाट ७ लाख ७१ हजार रुपैयाँ बचत,

पोखरा, १० साउन, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत गर्न सफल भएको छ । मञ्चले आईतबार उक्त अवार्डको आयव्यय सार्वजनिक तथा समिक्षात्मक छलफल कार्यक्रम आयोजना गरी उक्त रकम बचत गरेको जनाएको हो । अवार्ड कार्यक्रमका लागि कुल ३४ लाख ७५ हजार ९ सय ३८ रुपैयाँ आम्दानी भएको थियो भने २७ लाख ४ हजार ५ सय २० रुपैयाँ खर्च भएपछि उक्त रकम बचत भएको हो… पुरा पढौ

पोखरामा काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा अशोका कलेज सञ्चालन (भिडियो सहित), बीआईटीमा ‘सिक्दै कमाउँदै’ मोडल लागू हुने

पोखरा, १० साउन, पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशमै पहिलोपल्ट केयूको इन्जिनियरिङ संकायअन्तर्गत बीआईटी कार्यक्रम पोखरा भित्र्याउँदै कलेजले विद्यार्थीका लागि अध्ययनसँगै रोजगारीलाई जोड्ने ‘सिक्दै कमाउँदै’ मोडल सार्वजनिक गरेको छ । https://www.youtube.com/watch?v=wyTtnKjxGZ8 आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कलेज सञ्चालक तथा केयूका प्रतिनिधिले कार्यक्रमबारे विस्तृत जानकारी गराएका हुन् । पहिलो शैक्षिक सत्रका लागि केयूले निर्धारण गरेको ३० जनाको सीमित कोटाका लागि… पुरा पढौ

गण्डकी प्रदेश सभाबाट पारित भएको गाँजा विधेयक प्रदेश प्रमुख भट्टद्धारा फिर्ता

पोखरा, १० साउन, गण्डकी प्रदेश सभाबाट पारित भएको गाँजा विधेयक प्रदेश प्रमुख डिल्लीराज भट्टले फिर्ता गरेका छन् । गत असार २५ गते प्रदेश सभाबाट ‘औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको थियो । विधेयक प्रमाणीकरणका लागि गत ३० असारमा प्रदेश प्रमुखसमक्ष पठाइएकोमा प्रदेश प्रमुख भट्टले नेपालको संविधान र संघीय कानूनसँग बाँझिएको भन्दै संविधानको धारा २०१ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि सन्देशसहित शुक्रबार प्रदेश सभामै फिर्ता पठाइदिएको कार्यालयका… पुरा पढौ

पोखरालाई वेलनेस पर्यटनको केन्द्र बनाउन बहस सुरु भएको छ ः बोर्ड सदस्य पोखरेल (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ९ साउन, नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरालाई नेपालकै वेलनेस (आरोग्य) पर्यटनको केन्द्रका रूपमा विकास गर्न बहस सुरु भएको बताउनु भएको छ । आज (शनिबार) पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पोखरा प्राकृतिक सौन्दर्य, आतिथ्य (हस्पिटालिटी), वेलनेस तथा आरोग्य पर्यटनको उच्च सम्भावनालाई विश्वसामु स्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्दै वेलनेस पर्यटनको केन्द्रका रूपमा विकास गर्न बहस सुरु भएको बताउनु भएको हो । https://www.youtube.com/watch?v=7ntfmAlgReA&t=407s पोखरा नेपालको पर्यटन राजधानी भएकाले यहाँ पर्यंटनको धेरै… पुरा पढौ

सिद्धार्थ बैंक र बर पीपल रिसोर्टबीच ग्राहकलाई छुट दिने सम्झौता

पोखरा, सिद्धार्थ बैंक लिमिटेड र पोखराको लेकसाइडस्थित बर पीपल रिसोर्ट प्रालिबीच ग्राहकलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकको डिजिटल बैंकिङ प्रवद्र्धन गर्ने, सेवा बिस्तार गर्दै बैंकमा आवद्ध ग्राहकहरुको सुविधाका लागि हालै साझेदारी गरिएको बैंकले जनाएको छ । सम्झौता पत्रमा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ र बर पीपल रिसोर्टका सञ्चालक एवं निर्देशक अमरजंग गुरुङले हस्ताक्षर गरेका हुन् ।सम्झौता अनुसार बर पीपल रिसोर्टमा ग्राहकहरूले सिद्धार्थ बैंकको डिजिटल माध्यम प्रयोग गरी भुक्तानी गर्दा विभिन्न छुट पाउने… पुरा पढौ

प्रकृति संरक्षणका लागि लायन्सको ऐक्यबद्धता वृक्षारोपण कार्यक्रम सम्पन्न

पोखरा, साउन ९, लायन्स डिस्ट्रिक्ट ३२५ एमको आयोजनामा राष्ट्रिय विभूति थाहा सहिद पार्कमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम कार्की तथा विशिष्ट अतिथि डिस्ट्रिक्ट गभर्नर एःव्ँ लायन रत्न पराजुलीले संयुक्त रूपमा बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा डिस्ट्रिक्टका पदाधिकारी, विभिन्न लायन्स नेतृत्व, ४२ भन्दा बढी लायन्स क्लबका प्रतिनिधि, पार्क व्यवस्थापन समिति तथा २०० भन्दा बढी प्रकृतिप्रेमी लायन्स लिडरहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अभियान… पुरा पढौ

मानव बेचबिखन विरुद्धमा जुट्ने सामूहिक प्रतिवद्धता

गण्डकी,९ साउन, मानव बेचबिखन तथा ओसारपोसार जस्तो जगन्य अपराधका विरुद्धमा सिंङ्गो समाज एक जुट भएर लाग्ने यहाँ आयोजित कार्यक्रमका सहभागिले सामुहिक प्रतिवद्धता जनाएका छन् । सामुदायिक प्रहरी सेवा समन्वय समिति कास्कीको आयोजना एवम् रातोपैह्रा सामुदायिक वन उपभोक्ता समूह पोखरा १७ को व्यवस्थापनमा आज सम्पन्न मानव बेचबिखन विरुद्धमा सचेतना कार्यक्रमका वक्ताहरुले उक्त कुरामा प्रतिवद्धता जनाएका हुन । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिं गुजनताकारुङले कार्यक्रमको उद्घाटन गर्दै प्रहरी जनताको भरोसाको संस्था भएको बताउनुभयो । सीमिति श्रोत साधन र जनशक्तिका बाबजुद पनि नेपाल… पुरा पढौ

लेखनाथ डोजोका ७० कराँते खेलाडीलाई बेल्ट वितरण

लेखनाथ, क्योकुशिन कान कराँते लेखनाथ डोजोका ७० खेलाडीलाई बेल्ट वितरण कार्यक्रम भण्डारढिक रङ्गशालामा सम्पन्न भएको छ । बेल्ट वितरण कार्यक्रम अन्तर्गत एलो बेल्ट प्राप्त गर्ने २८ जना,ओरेन्ज बेल्ट प्राप्त गर्ने १२ जना, ग्रीन बेल्ट प्राप्त गर्ने १२ जना, ब्राउन बेल्ट प्राप्त गर्ने १० र ब्लु बेल्ट ८ जना गरी ७० खेलाडीलाई बेल्ट वितरण गरिएको हो । खेलाडीहरुलाई बेल्ट वितरण गर्दै सफल उद्योगी कर्माचार्य ग्रुपका सञ्चालक लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका विक्रम कर्माचार्यले असल चरित्र निर्माणमा खेलले महत्वपूर्ण… पुरा पढौ

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीको अवधारणा सार्वजनिक, पुष्पलालको योगदान स्मरण

पोखरा, मार्क्सवादी अध्ययन स्रोत केन्द्र, पोखराको आयोजनामा सम्पन्न “पुष्पलाल र आजको नेपाली कम्युनिस्ट आन्दोलन” विषयक अन्तरक्रिया गोष्ठीमा चर्चित वामपन्थी नेता गोपाल किरातीले नेपालको राजनीतिक प्रणालीमा बहुदलीय निर्वाचन प्रणालीभित्र बहुवर्गीय निर्वाचन प्रणाली विकास गर्नुपर्ने अवधारणा प्रस्तुत गर्नुभएको छ। कार्यक्रममा बोल्दै उहाँले नेपालमा समाजवादी क्रान्ति दुई चरणमा सम्पन्न हुने धारणा राख्दै पहिलो चरणमा बहुवर्गीय निर्वाचन प्रणाली उपयुक्त विकल्प हुन सक्ने बताउनुभयो। उहाँका अनुसार मजदुर, किसान र पुँजीपति वर्गको जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने गरी संघीय संसद्को प्रतिनिधि सभा गठन गर्न… पुरा पढौ