जिवनशैली पत्रिका

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न

पोखरा , इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो डिष्ट्रिक्ट कन्भेन्सन सम्पन्न भएको छ । पोखरा इभेन्ट सेन्टरमा भएको भव्य कन्भेन्सनबाट आगामी लायन वर्षका २०२६र२७ लागि डिष्ट्रिक्ट गभर्नरमा प्रजापती बास्तोला, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा कुश प्रसाद मल्ली र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा कृष्ण प्रसाद शर्मा निर्वाचित भएका छन् । कन्भेन्सनमा उपस्थित प्रमुख अतिथि इन्टरनेसनल डाइरेक्टर पंकज मेहता र विशेष अतिथिका रुपमा उपस्थित पाष्ट इन्टरनेसनल डाइरेक्टर सञ्जय खेतानले नेपालमा लायन्स क्लबले गरेको कार्यको प्रशंसा गर्दै मेम्बरसिप ग्रोथमा अझ ध्यान दिन आग्रह गरे… पुरा पढौ

गुरुङ लामा बौद्ध धर्म समाज क्षेत्रीय समिति पोखराको अध्यक्षमा लामा गुप्ती गुरुङ

पोखरा, २३ चैत, गुरुङ (तमू) लामा बौद्ध धर्म समाज क्षेत्रीय समिति पोखराको अध्यक्षमा लामा गुप्ती गुरुङ सर्वसम्मत चयन भएका छन् । पोखरा–१८ स्थित पाल ङाघ्युर साङङ छ्योलिङ गुम्बामा आइतबार भएको गुरुङ ९तमू० लामा बौद्ध धर्म समाज क्षेत्रीय समिति पोखराको प्रथम अधिवेशनबाट लामा गुप्ती गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा लामा प्रेमकाजी गुरुङ, उपाध्यक्षमा लामा अशोक गुरुङ, महासचिवमा लामा सन्तोष गुरुङ, सचिवमा लामा मिलन गुरुङ, कोषाध्यक्षमा लामा शेरब गुरुङ र सहकोषाध्यक्षमा लामा अमृत गुरुङ… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड २०८२ः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

पोखरा, दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । यसरी मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेका छन् । वर्षभरीको प्रदर्शनका आधारमा चयन गरिएका यी पाँच खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने नेपाल… पुरा पढौ

भव्य तयारीसहित ‘पोखरा स्पोर्टस अवार्ड’ ः समावेशी र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने ‘पोखरा स्पोर्टस अवार्ड’लाई भव्य, सभ्य र थप प्रभावकारी बनाउने उद्देश्यसहित कास्की जिल्ला तथा गण्डकी प्रदेशका विभिन्न खेल संघसंग छलफल गरेको छ । आगामी बैशाख १८ गते पोखरामा हुने दशौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई खेलाडीमैत्री, पारदर्शी र समावेशी बनाउने लक्ष्यसहित सुझाव संकलन गर्न मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेलको अध्यक्षतामा छलफल तथा अन्तरक्रिया आयोजना गरिएको होे । पौडेलले खेल क्षेत्रको वास्तविक अवस्था बुझ्दै अवार्डलाई अझ व्यवस्थित बनाइने स्पष्ट पारे । छलफलमा सहभागी संघका प्रतिनिधिहरूले… पुरा पढौ

वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन

पोखरा, २३ चैत, पोखरा वडा नं। १५ का सदस्य आशिष भण्डारीले आफ्नो जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेका छन् । वडा सदस्य भण्डारीको एकल अगुवाईमा आयोजित कार्यक्रममा १५१ युनिट रक्त संकलन गर्न सफल बनेका छन् । रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रमको व्यवस्थापन भण्डारी स्वयं आजीवन सदस्य रहेको संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीले गरेको थियो । पोखराका वडा अध्यक्षहरू र मातापिताले संयुक्त रुपमा रक्तदाताहरूलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । , पोखरा १२ का अध्यक्ष सन्तोष… पुरा पढौ

पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने

चैत २३, पोखरा, यही चैत २७ र २८ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं। २३, बाँम्दी क्षेत्रमा साहसिक मोटरबाइक खेल “एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६” आयोजना हुने भएको छ । यस प्रतियोगिता एड्भेन्चर स्पोर्टस् हब नेपालको आयोजना तथा पञ्चासे आदर्श क्लब र नील गगन विकास समाजको सह–आयोजनामा सञ्चालन हुँदैछ । प्रतियोगिता विशेषगरी डर्ट बाइक ९अफ–रोड मोटरसाइकल० प्रयोग गरी चुनौतीपूर्ण प्राकृतिक भू–भागमा गरिने खेल हो । प्रतियोगितामा राष्ट्रिय स्तरका र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी अफ–रोड राइडरहरूको सहभागिता रहने र… पुरा पढौ

आलु महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, २३ चैत, राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यस पटक हुने महोत्सव १४ औं संस्करणको हो । आयोजक विष्णुपादुका क्लवले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महोत्सवमा प्रतिकेजी रु.३५ मा आलुको कारोवार हुनेछ । मूल आयोजक समितिका संयोजक समेत रहेका क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुका… पुरा पढौ

फेवा महोत्सवलाई संघसंस्थाको साथ

पोखरा, २२ चैत, यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म फेवा किनारमा आयोजना हुने २१ औं फेवा नव बर्ष महोत्सव २०८३ लाई सफल पार्न विभिन्न संघसंस्थाले सघाउने प्रतिबद्धता जनाएका छन् । महोत्सवको आयोजक संस्था होटल संघ पोखरा नेपालले पोखरास्थित विभिन्न पर्यटन सम्बद्ध संस्थाका अध्यक्ष र पदाधिकारीसँग हालै गरेको छलफलमा उनीहरुले फेवा महोत्सव समग्र पोखरेलीको महोत्सवको रुपमा आफूहरुले बुझेको बताएका थिए । महोत्सवबारे जानकारी दिंदै होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पोखराको सहिदचोकदेखि खहरेचोकसम्म आयोजना हुने… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार दीपेन्द्र श्रेष्ठ तथा सदस्य सन्देस श्रेष्ठलाई पितृ शोक

पोखरा, नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार दीपेन्द्र श्रेष्ठ तथा सदस्य सन्देस श्रेष्ठलाई पितृ शोक परेको छ । श्रेष्ठका पिता ईटहरी ५,सुनसरी निवासी भीमबहादुर श्रेष्ठको ८० बर्षको उमेरमा आज (आइतबार) बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । विगत लामो समयदेखि नशा सम्बन्धि रोगबाट पिडित उनको बिहान आफनै निवासमा निधन भएको स्थानियले बताए । ईटहरीको सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका श्रेष्ठको निधनले त्यस क्षेत्रको विकासमा अपुरणीय क्षती पुगेको छ । स्वर्गीय श्रेष्ठको शवयात्रा सहित आजै स्थानीय बुढीखोलामा अन्त्येष्टि गरिने… पुरा पढौ

१४ औं पोखरा महोत्सवको समिक्षा

पोखरा, १४औँ संस्करणको पोखरा महोत्सवको समीक्षा बैठक सम्पन्न भएको छ । युनाइटेड क्लब पोखराको आयोजनामा गत पुस २९ गतेदेखि माघ ११ गतेसम्म पोखरास्थित अमरसिंह खेल मैदानमा आयोजना गरिएको महोत्सव भव्य तथा सभ्य रूपमा सम्पन्न भएको निष्कर्ष बैठकले निकालेको हो । सो अवसरमा बोल्दै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले १४औँ पोखरा महोत्सव सम्पूर्णको साथ र सहयोगकै कारण भव्य र सभ्य ढंगले सम्पन्न भएको बताए। युनाइटेड क्लबको सामाजिक कार्यलाई सबैले नजिकबाट नियालेका कारण महोत्सवले १४औँ संस्करण पार गर्दै १५औँ संस्करणतर्फ अग्रसर… पुरा पढौ