जिवनशैली पत्रिका

छोरेपाटन माविमा विज्ञान समूहका विद्यार्थीको बिदाइ

पोखरा, २४ चैत छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ विज्ञान समूहका विद्यार्थीलाई शुभकामना सहित विदाइ गरिएको छ। विद्यालयको संयोजन तथा कक्षा ११ विज्ञान समूहका विद्यार्थीको आयोजनामा आइतबार एक कार्यक्रमका बीच कक्षा १२ का विद्यार्थीको विदाइ गरिएको हो। कार्यक्रममा भनाई राख्दै शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले विद्यार्थीको शैक्षिक सफलताको कामना गर्दै जीवनमा शिक्षा नै महत्वपूर्ण पूँजी भएको उल्लेख गरे। विद्यालय व्यवस्थापन समितिका सदस्य देवीप्रसाद वस्यालले विद्यार्थीको अनुशासन, लगनशीलता र सिर्जनात्मक क्षमताको प्रशंसा गर्दै आगामी जीवन यात्रामा निरन्तर मेहनत र सकारात्मक सोचका… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा पत्रकार मोहन घलेको सहयोग

पोखरा, २४ चैत, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् । पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पूर्वअध्यक्ष घलेले फोटो पत्रकारको हितका लागि अक्षयकोषमा सहयोग गरेको बताए ।सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले पत्रकार घलेलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले… पुरा पढौ

पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना हुने

पोखरा चैत्र २३, पोखरामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। महिला फुटबल प्रतियोगिताको अभाव खेप्दै आएको पोखरामा अब भने यस्तो प्रतियोगिता सञ्चालन हुने निश्चित भएको हो। महिला फुटबलको व्यावसायिक विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आरएस पोखरा फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको तयारी तीव्र पारिएको छ भने आगामी वैशाख दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले दिएको छ। कार्यक्रममा पोखरा महानगरपालिका–२५, हेम्जाका वडा अध्यक्ष तथा महानगरका प्रवक्ता… पुरा पढौ

होटल पौवाले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने तयारी

पोखरा, पोखरामा होटल पौवा प्रा.लि.ले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सवलाई विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ। यस अवसरमा कम्पनीले देशभर रहेका आफ्ना सबै शाखामा एकसाथ ‘पौवा स्वाद उत्सव २०८२’ आयोजना गर्ने घोषणा गरेको हो । चैत २४ गते पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले चैत २६ देखि २८ गतेसम्म देशभरका २० शाखामा एकैपटक उत्सव सञ्चालन गरिने जानकारी दिएको हो। “वितायौँ बालापन” नारासहित आयोजना गरिने यस उत्सवको उद्देश्य नेपाली रैथाने परिकार, मौलिक आतिथ्य सेवा तथा सांस्कृतिक अनुभवको प्रवर्द्धन गर्नु रहेको छ। कम्पनीका… पुरा पढौ

शिक्षा र रोजगारीबीचको दूरी घटाउने लक्ष्यसहित कालिका बहुमुखी क्याम्पस र के.सी.ग्रुपबीच सहकार्य सम्झौता

पोखरा, शिक्षा र रोजगारीबीचको दूरी घटाउने लक्ष्यसहित पोखरास्थित कालिका बहुमुखी क्याम्पस र के.सी.ग्रुपबीच महत्वपूर्ण सहकार्य सम्झौता भएको छ। यस समझदारीसँगै क्याम्पसबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूले रोजगारीका अवसर प्राप्त गर्ने मात्र होइन, अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नशिपको समेत व्यवस्था गरिने भएको छ। क्याम्पस परिसरमा आयोजित एक औपचारिक समारोहका बीच क्याम्पस प्रमुख प्रा. बिरन्जी गौतम र के.सी.ग्रुपका कार्यकारी निर्देशक किरण के.सी.ले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापछि बोल्दै क्याम्पस प्रमुख गौतमले यो सहकार्यलाई क्याम्पसको शैक्षिक यात्रामा नयाँ अध्यायको रूपमा व्याख्या गरे। उनले क्याम्पसको स्थापना, विकासक्रम… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा पत्रकार गंगाधर पराजुलीको सहयोग

पोखरा, २३ चैत, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार गंगाधर पराजुलीले आर्थिक सहयोग गरेका छन् । पत्रकार पराजुलीले अक्षयकोषमा नगद ११ हजार १११ रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । नेपाल सरकार अन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष पराजुलीले फोटो पत्रकारको हितका लागि फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए ।सहयोग प्राप्त भएपछि एनपिजेए कास्की… पुरा पढौ

होटल पौवाको १०औँ वार्षिकोत्सवमा ‘पौवा उत्सव’ आयोजना गरिने

पोखरा, नेपाली हस्पिटालिटीलाई ब्रान्डका रूपमा स्थापित गर्दै आएको होटल पौवाले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमसहित ‘पौवा उत्सव’ मनाउने भएको छ। कम्पनीले चैत्र २५ गते ‘पौवा दिवस’ मनाउने औपचारिक कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ। वार्षिकोत्सवको पूर्वसन्ध्यामा, चैत्र २४ गते बिहान ९ः०० बजे पोखरास्थित पौवा पोखरा प्रा.लि.को रूपा हलमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ। उक्त कार्यक्रममा होटलको आगामी योजना, उपलब्धि तथा नेपाली आतिथ्य क्षेत्रको विकासबारे छलफल गरिने जनाइएको छ। त्यसैगरी, वार्षिकोत्सवको अवसर पारेर चैत्र २६, २७ र २८ गते ‘पौवा… पुरा पढौ

‘फिस्टेल युनिभर्सिटी फेयर २०२६ सम्पन्न

पोखरा, पोखरा १७ तल्लो बिरौटा, कास्कीमा रहेको फिस्टेल एकेडेमी स्कुलले ‘फिस्टेल युनिभर्सिटी फेयर २०२६’ सम्पन्न गरेको छ ।शनिवार विद्यालयमा आयोजना भएको कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूले उच्च शिक्षा अध्ययनका लागि एकै ठाउँबाट विविध जानकारी प्राप्त गरे । ‘घर त्यो हो, जहाँ भविष्य छ’ भन्ने मूल नाराका साथ सञ्चालित कार्यक्रमले उच्च शिक्षाका लागि नेपालमा रहेको सम्भाव्यतालाई उजागर गर्ने काम ग¥यो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका डीन प्रा।डा।बालचन्द्र लुइँटेलले नेपाली विश्वविद्यालयमा विद्यार्थी घट्नुको कारण राज्यको अव्यवस्था र विश्वमा आइरहेको फरक सोँच हो भन्दै विश्वविद्यालयका… पुरा पढौ

नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक

पोखरा , नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल अथकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सह सचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज पौडेल निर्वाचित भएका छन् । संघका सल्लाहकार लक्ष्मी थापाको संयोजकत्वमा गठित हीममाया पौडेल र अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सो नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिका वाँकी सदस्य तथा सल्लाहकारहरु अब बस्ने कार्यसमिति बैठकले चयन गर्ने लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल अथकले जानकारी… पुरा पढौ

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न

पोखरा , इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो डिष्ट्रिक्ट कन्भेन्सन सम्पन्न भएको छ । पोखरा इभेन्ट सेन्टरमा भएको भव्य कन्भेन्सनबाट आगामी लायन वर्षका २०२६र२७ लागि डिष्ट्रिक्ट गभर्नरमा प्रजापती बास्तोला, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा कुश प्रसाद मल्ली र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा कृष्ण प्रसाद शर्मा निर्वाचित भएका छन् । कन्भेन्सनमा उपस्थित प्रमुख अतिथि इन्टरनेसनल डाइरेक्टर पंकज मेहता र विशेष अतिथिका रुपमा उपस्थित पाष्ट इन्टरनेसनल डाइरेक्टर सञ्जय खेतानले नेपालमा लायन्स क्लबले गरेको कार्यको प्रशंसा गर्दै मेम्बरसिप ग्रोथमा अझ ध्यान दिन आग्रह गरे… पुरा पढौ