जिवनशैली पत्रिका

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की छनौंटमा ४८ खेलाडी

पुष ८,पोखरा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले यहाँका विभिन्न क्लवबाट ४८ खेलाडी छानेर ४ टिम निर्माण गरेको छ । दुई दिने शिविरमा झण्डै ८० खेलाडी आएका थिए । तिनै खेलाडीबाट टिम रुपा, बेगनास, दिपाङ र फेवा टिम निर्माण गरिएका हुन । टिम रुपाको क्याप्टेनमा मुस्कान थापा, कोचमा चन्द्र गुरुङ्ग तथा म्यानेजरमा रमेश यादव रहेका छन् । बेगनासको क्याप्टेनमा कृष्ण पौडेल, कोचमा विजय रावत तथा म्यानेजरमा अरुण पौडेल रहेका छन् । दिपाङको क्याप्टेनमा विधान श्रेष्ठ,… पुरा पढौ

सडक महोत्सवको पूर्व अवसरमा पोखरामा साइकल र्याली,स्थानिय उत्पादनलाई प्रथामिकता दिन्छौंः अध्यक्ष भट्टराई

दीननाथ बराल पोखरा ७, पुष रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराको २५ औं सडक महोत्सव २०८० को पूर्व अवसरमा शनिबार पोखरामा साइकल र्याली प्रर्दशन गरेको छ । उक्त महोत्सवको प्रचार प्रसार समेत गर्ने र स्थानिय उत्पादनका बस्तु तथा सेवाको सहज पहुच पुर्याउने उद्धेश्यले यस बर्ष साइकल र्याली आयोजना गरिएको रेवान पोखराका अध्यक्ष नरेस भट्टराईले एटुजेडलाई बताउनु भयो । साइकल सिटि पोखरा, पोखरा माउण्टेन वाइकको सहकार्यमा, रेवान पोखरामा आबद्ध प्रतिनिधि, संचारकर्मी सहित अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको र्यालीमा सहभागिता रहेको थियो… पुरा पढौ

नेल्टा गण्डकीको नेतृत्वमा लम्साल

पोखरा, ७ पुस अंग्रेजी भाषा शिक्षकहरुको संगठन  ९नेल्टा० गण्डकी प्रदेशको अध्यक्षमा कमलराज लम्साल चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न दोश्रो प्रदेश सम्मेलन तथा छैटौं वार्षिक साधारण सभाले लम्साललाई आगामी ३ वर्षको लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा। पीताम्बर पौडेल, उपाध्यक्षमा सञ्जय अधिकारी, महासचिवमा मुकेश कुमार अधिकारी, सचिवमा विनोद न्यौपाने, कोषाध्यक्षमा तिर्थराज कँडेल चयन भएका छन् भने सदस्य सचिवमा देव शर्मालाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा विजयराज रानाभाट, प्रकाश रिजाल र सीता गौडेल… पुरा पढौ

मिस तामाङ पोखराको तालिम शुरु

पोखरा, ०७ पौष बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको तालिम शुरु भएको छ । ४५ दिन लामो तालिमका लागि बिभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गर्ने कार्यक्रम संयोजक प्रिती तामाङले जानकारी दिए । सहभागीहरुलाई दिइने तालिमको एक समारोहका विच बैदाम तामाङ सेवा समाज पोखराका अध्यक्ष ज्याक तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिस तामाङ पोखरा २०२३ का विजेता रोश्मा तामाङले केक काटेर शुरुवात गरेका थिए । तालिमका दौरान सहभागीहरुले तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका… पुरा पढौ

पोखरामा यमरी महोत्सव हुने

दीननाथ बराल पोखरा ७, पुष पोखरामा यमरी महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा मिसा पुचः कास्कीको समन्वयमा यही पुष ९ गते पोखराको गणेशटोलमा उक्त महोत्सव एवं यमरी प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यही पुष ९ गते सोमबारका दिन नेवार समुदायको प्रमुख चाड यमरी पुन्हिको अवसरमा पोखराकै ऐतिहाँसिक धार्मिक स्थल गणेशटोलमा यस वडाका विभिन्न मिसा पुचः हरुको व्यवस्थापन तथा समन्वय एवमं पोखरा ४ वडा कार्यालयको आयोजनामा… पुरा पढौ

लेखनाथ महोत्सवको तेश्रो दिन ४० हजार दर्शक

लेखनाथ, ७ पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको तेश्रो दिन शनिबार ४० हजार दर्शकहरुले अवलोकन गरेका छन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक सहभागिता रहेको र १ करोड बराबरको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिए । महोत्सवमा शनिबार लोकदोहोरी कलाकारहरु पुरुषोत्तम न्यौपाने, शिव हमाल, चोलेन्द्र पौडेल, टेक क्षेत्री,… पुरा पढौ

सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानमा ४८ जनाले गरे रक्तदान

पोखरा, ७ पौष पोखरामा रक्त अभाव भइरहेको बेला सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले शनिवार पोखरामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेकाछन्। पोखरा चिप्लेढुंगा मानवअधिकारचोकमा आयोजित कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले रक्तदान गर्नुहुदै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथि गृुरुङले तमुहरुको महान पर्व, नयाँबर्ष तमु ल्होछार आगमनको अवसरमा पहिलो पटक सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले आयोजना गरेको कार्र्यक्रम अत्यन्तै सफल भएको र आगामी वर्षदेखि निरन्तरता दिन अनुरोध गर्नुभयो। उहाँले नेपालका लागि वीरगति प्राप्त गर्नुभएका पुर्खाहरुको स्मृतिमा स्थापित… पुरा पढौ

पोखरा महानगरस्तरीय रनिङ शिल्ड तथा मेयर कप, आइतबारदेखि ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा

पोखरा, ७ पुस पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० आइतबारदेखि सुरू हुँदैछ । पोखरा रंगशालामा हुने चार विधाअन्तर्गतका विभिन्न खेलमा २ सय ३६ पदकका लागि ३ हजार २ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने खेलकुद विका समिति अध्यक्ष दीपक गोदारले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि १ सय १० विद्यालयको प्रतिस्पर्धा हुनेछ । भलिबल छात्र÷छात्रा, कबड्डी छात्र÷छात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक… पुरा पढौ

१४ औं स्थापना दिवसमा सङ्कल्प सहकारीको प्रशिक्षण एवम् सम्मान कार्यक्रम सम्पन्न ः

पोखरा , पुष ७ स्थापनाको १४ वर्ष पुरा गरेको अवसरमा पोखरा ७ मासबारमा रहेको सङ्कल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १४ औं वार्षिकोत्सव तथा प्रशिक्षण एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम मोहन आचार्यले अहिले सहकारीमा देखिएका विभिन्न विकृति समस्याका बावजुत पनि सङ्कल्प सहकारी लयमा रहेकोमा खुसी व्यक्त गर्दै सहकारी देखिएका समस्या समाधान गर्न स्थानिय तहले भूमिका खेल्ने बताउनु भयो । वडा नम्बर ७ मा रहेका… पुरा पढौ

तेक्वान्दो संघ कास्कीले अलपत्र परेको प्रशिक्षण हलको निर्माण कार्य सुरु गर्ने

पोखरा ७, पुष कास्की जिल्ला तेक्वान्दो संघले अलपत्र परेको प्रशिक्षण हल निर्माण प्रक्रिया सुरु गर्ने भएको छ । पोखरामा शनिबार सम्पन्न संघको १४ औं वार्षिक साधारण सभामा खेलकुदकर्मीहरुले दिएको सुझावलाई मनन गर्दै संघले त्यसलाई अघि बढाउने भएको संघका अध्यक्ष कुमार गुरुङले बताए । उक्त प्रशिक्षण केही वर्ष अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शिलान्यास गरेका थिए । पोखरा रंगशालामा निर्माण हुने प्रशिक्षणहलको नक्सा समेत राखेपले स्विकृत समेत गरेको अध्यक्ष गुरुङले जनाए। “हामी अब हल निर्माणको तयारीमा जुट्ने छौं,… पुरा पढौ