जिवनशैली पत्रिका

टेवानबाट कोइराला सम्मानित

पोखरा ७, पुष पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले पर्यटन क्षेत्रमा कार्यरत एक युवा कमलराज कोइरालालाई सम्मान गरेको छ । टेवानको हालै सम्पन्न भएको छैटौ वार्षिक साधरण सभाको अवसरमा पर्यटन क्षेत्रको संस्थाको विगत लामो समयदेखी अनवरत रुपमा कार्यरत कोइरालालाई साँस्कृतिक महोत्सव २०८० महिला प्रतिभा प्रतिस्पर्धा तथा उद्यमी मेला सफल पार्न पु¥याएको अतुलनिय योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) का अध्यक्ष कमला गिरी, गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल… पुरा पढौ

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स पोखरामा

दीननाथ बराल पोखरा ६, पुष गण्डकी प्रदेशको राजधानि पोखरामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड संचालनमा आएको छ । समाजमा समृद्धि ल्याउन र गरिब तथा विपन्न बर्गका व्यक्तिलाई लक्षित गरी उक्त बिमा कम्पनी गण्डकी प्रदेशको राजधानि पोखरामा प्रधानकार्यालय रहने गरी स्थापना गरिएको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेले बताउनु भयो । कम्पनीको एक अर्बको अधिकृत पुंजि भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रामकुमार यादवले बताउनु भयो । कम्पनीका प्रोमोटरहरुबाट ५२ करोड ५० लाख संकलन भएको बताउदै उहाँले कम्पनीले भविष्यमा… पुरा पढौ

टेवानको छैटौं वार्षिक साधारणसभा सम्पन्न

पोखरा, ६ पुस पर्यटन व्यवसायी महिला संघ(टेवान) ले आफ्नो छैटौं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । साधारणसभाको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल (तिवारी) ले उद्घाटन गर्नुुभयो । कार्यक्रममा मन्त्री अर्यालले सरकारको प्राथमिकतामा पर्यटन रहेको बताउँदै गण्डकी प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन भएको बताउनुुभयो । पर्यटन व्यवसायलाई व्यवस्थित गर्दै अधिकतम पर्यटक ल्याउने तबरबाट लाग्नुु जरुरी रहेको उल्लेख गर्दै उहाँले प्राकृतिक सौन्दर्यतालाई जोगाउँदै त्यसको उपयोग गर्नुुपर्ने धारणा राख्नुुभयो । महिला… पुरा पढौ

पत्रकार बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत

पोखरा, ६ पुस पत्रकार कृष्णमणि बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत भएका छन् । प्राणीशास्त्र समाज पोखरा नेपालको १६ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनमा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार बराललाई स्व.चन्द्रमाया ढेवाजु जैविक विविधता संरक्षण पुरस्कृत द्धारा पुरस्कृत गरिएको हो । बराललाई प्राणिशास्त्र समाज पोखरा नेपालका पूर्व अध्यक्ष सह–प्राध्यापक रामगोपाल ढेवाजु, प्राणिशास्त्र समाज पोखरा नेपालका कार्यवाहक अध्यक्ष गणेश तिमिल्सिना लगायतले सम्मान पत्र र नगद ५ हजार सहित पुरस्कार प्रदान गरेका थिए । जैविक विविधता संरक्षण र संरक्षण क्षेत्रमा… पुरा पढौ

लेखनाथ महोत्सव दोश्रो दिन २० हजार दर्शकहरुद्धारा अवलोकन

लेखनाथ, ६ पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको दोश्रो दिन शुक्रबार २० हजार दर्शकहरुले अवलोकन गरेका छन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा शुक्रबार दर्शकहरुको उत्साहजनक सहभागिता रहेको र ३० लाख बराबरको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिए । महोत्सवमा शुक्रबार लोकदोहोरी कलाकारहरु शंकर विरही गुरुङ, जानकी तारमी मगर, सरस्वती लामिछाने,… पुरा पढौ

एन प्याव्सन कास्कीको प्रथम बृहत बाल प्रतिभा पहिचान महोत्सव शुरु

पोखरा, ६ पुस नेशनल प्याव्सन कास्कीको आयोजनामा प्रथम बृहत बाल प्रतिभा पहिचान महोत्सव–२०८० शुरु भएको छ । शिक्षाका राष्ट्रिय तथा तहगत उद्देश्यहरु प्राप्तिका लागि निरन्तर सक्रिय एन प्याव्सनले यसवर्ष नेसनल प्याब्सन कास्कीको शान, विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै विद्यार्थीहरूको शारीरिक, संवेगात्मक, मानसिक, सामाजिक, सिर्जनात्मक, एवम् सर्वाङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने उद्घेश्यले पुस ०६ गते देखि ०८ गतेसम्म पोखराको नयाँबजारमा अवस्थित प्रदर्शनी केन्द्रमा बृहत बाल प्रतिभा पहिचान कार्यक्रम आयोजना गरेको हो । बृहत… पुरा पढौ

‘फिस्टेल स्पोर्टस् फेस्ट’ जारी ः फाइनल शनिबार हुने

पोखरा, पुस ६ पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ को फाइनल शनिबार हुने भएको छ । शुक्रबार सेभेन ए साइड फुटबलतर्फका क्वाटरफाइनल तथा बास्केटबलतर्फका लिगचरणका खेलहरू सम्पन्न भए भने टेनिसतर्फ केही इभेन्टहरूको फाइनल समेत भयो । शुक्रबार फुटबलतर्फ ४ खेल, बास्केटबलतर्फ ६ खेल र टेनितर्फ १५ खेलहरू सम्पन्न भएको विद्यालय सुपरीवेक्षक भीम बस्नेतले जानकारी दिए । फुटबलतर्फ भएको पहिलो खेलमा द ड्रिम स्कुललाई ३–० गोलले पराजित गर्दै शान्तिदीप स्कुलले सेमीफाइनलको यात्रा तय गरेको छ… पुरा पढौ

रास्वपाका अध्यक्ष रवि पोखरामा

पोखरा, ६ पुस राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछाने शनिवार कास्कीका विभिन्न ठाउमा हुने कार्यक्रममा सहभागी हुन पोखरा आउने भएका छन् । गण्डकी प्रदेशमा आयोजना भएका विभिन्न कार्यक्रममा सरिक हुदै सुक्रवार स्याङजाको कार्यक्रममा सरिक भएका लामिछानेले सनिवार विहान ८ बजे पोखराको जिरो किलो मिटरमा पाटीको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको गण्डकी प्रदेशका प्रवत्ता बिकास भुर्तेलले जानकारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पाटी कास्कीको आयोजनामा शनिवार हुने तिन वटा कार्यक्रम अन्तरगत अपरान्न माछापुच्छ्रे गाउपालिकाको लाहाचोकमा गाउपालिका भेला… पुरा पढौ

प्रतिभामा ‘स्पोर्टस् मीट’का उत्कृष्ट पुरस्कृत

पोखरा, ६ पुस पोखराको नदिपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले स्पोर्टस् मीट २०८० मा उत्कृष्ट विद्यार्थीलाई शुक्रबार एक समारोहका बीच पुरस्कृत गरेको छ । अन्तरसदनात्मक प्रतिष्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई शिल्ड, मेडलले पुरस्कृत गरिएको हो । स्पोर्टस् मीटमा हरियो, रातो, पहेंलो र निलो सदन गरी समूहगत रुपमा विद्यार्थीहरुले विभिन्न खेलहरुमा स्पर्धा गरेका थिए । साथै, कक्षागत रुपमा बेस्ट स्टुडेन्ट अफ द मन्थ अवार्ड पनि प्रदान गरिएको थियो । विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेल,… पुरा पढौ

पोखरा म्याराथनका बैकल्पिक रुटको अध्ययन गर्दै मञ्च

पोखरा ६, पुष नेपाल भूतपूर्व खेलाडी मञ्चले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि वैकल्पिक रुटको अध्ययन सुरु गरेको छ । पोखरामा हरेक वर्ष आयोजना हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय चर्चा बढेसँगै सडक सुरक्षा र प्राकृतिक दृष्यलाई आकर्षण गराउने लक्ष्यसहित वैकल्पिक रुटको अध्ययन सुरु गरेको हो । शुक्रबार नयाँ रुट अध्ययन गर्दै मञ्चले पोखरा महानगरपालिका वडा नम्बर २३ मा छलफल समेत गरेको छ । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सफल पोखरा म्याराथनलाई थप सुरक्षित र व्यवस्थित बनाउने उदेश्यका साथ नयाँ रुटको अध्ययन… पुरा पढौ