दीननाथ बराल
पोखरा ७, पुष
पोखरामा यमरी महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा मिसा पुचः कास्कीको समन्वयमा यही पुष ९ गते पोखराको गणेशटोलमा उक्त महोत्सव एवं यमरी प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
यही पुष ९ गते सोमबारका दिन नेवार समुदायको प्रमुख चाड यमरी पुन्हिको अवसरमा पोखराकै ऐतिहाँसिक धार्मिक स्थल गणेशटोलमा यस वडाका विभिन्न मिसा पुचः हरुको व्यवस्थापन तथा समन्वय एवमं पोखरा ४ वडा कार्यालयको आयोजनामा यमरी महोत्सव एवमं यमरी बनाउने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको वडा अध्यक्ष देवकृष्ण पराजुलीले बताउनु भयो ।
पोखरा ४ को धार्मिक, सांस्कृतिक, ऐतिहाँसिक कला तथा रीतिरिवाज साथै चाडपर्वहरुले धनी वडा भएको अध्यक्ष पराजुलीले बताउनु भयो । वडाको जातिय भेषभूषा, कला, रहनसहन, खानाका परिकार, मौलिक संस्कृति वडाका मुख्य सांस्कृतिक पहिचान भएको उहाँको भनाई थियो ।
उक्त महोत्सवको पूर्व सन्ध्यामा प्रभातफेरी कार्यक्रममा हुने भएको छ । प्रभात फेरीमा सहभागि हुने मध्य प्रथम, दित्तिय र तृतिय लाई क्रमशः ७ हजार, दोश्रोलाई ५ हजार र तेश्रो हुनेलाई ३ हजार पुरस्कार प्रदान गरिने भएको छ । त्यसै गरी यमरी प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोश्रो हुनेलाई ७ हजार, तेश्रो हुनेलाई ५ हजार र शान्त्वना ३ हजार को साथमा प्रमाणपत्र समेत प्रदान गरिने भएको छ ।
उक्त महोत्सवमा लक्ष्य ब्याण्डको सांगितिक प्रस्तुति रहनेछ भएको छ । उक्त महोत्सवमा मौलिक लाखे नाच, कुमारी नाच लगायत अन्य सांस्कृतिक झाँकीहरुको समेत प्रस्तुति हुने भएको छ । यमरी परिकारको नेवारी समुदायमा बिषेश महत्व रहेको नेवा मिस पुच कास्कीका अध्यक्ष संगिता बज्रचार्यले बताउनु भयो । उक्त महोत्सवमा यमरीको परिवार बनाउन सिकाउने र परिकारहरु खान पाइने भएको उहाँले जनाउनु भयो ।