१४ औं स्थापना दिवसमा सङ्कल्प सहकारीको प्रशिक्षण एवम् सम्मान कार्यक्रम सम्पन्न ः

-


     पोखरा क्लिक     
     पौष ७ गते २०८० मा प्रकाशित


पोखरा , पुष ७

स्थापनाको १४ वर्ष पुरा गरेको अवसरमा पोखरा ७ मासबारमा रहेको सङ्कल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १४ औं वार्षिकोत्सव तथा प्रशिक्षण एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम मोहन आचार्यले अहिले सहकारीमा देखिएका विभिन्न विकृति समस्याका बावजुत पनि सङ्कल्प सहकारी लयमा रहेकोमा खुसी व्यक्त गर्दै सहकारी देखिएका समस्या समाधान गर्न स्थानिय तहले भूमिका खेल्ने बताउनु भयो ।

वडा नम्बर ७ मा रहेका सहकारी संग मिलेर काम गर्न वडा कार्यालय सधै तयार रहेको बताउनु भयो । पोखरा महानगरपालिका सहकारी शाखा प्रमुख भरतराज पौडेलले सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई आधार बनाएर प्रशिक्षण गरिएको बताउनु भयो । उहाँले सहकारीहरु सहकारीका ७ सिद्धान्तबाट विचलित हुदा अहिलेको समस्या आएको बताउदै सहकारी संचालनका सुशासन कायम गर्न के गर्ने , शेयर सदस्यको अधिकार , कर्तव्य र दायित्वको बारेमा प्रशिक्षित गरिएको बताउनु भयो ।

कार्यक्रममा सहकारीमा आवद्ध ७० वर्ष उमेर पुगेका सेयर सदस्य सहित १२ उत्तीर्ण गरेका उत्कृष्ट विधार्थाी रजत आचार्यलाई सम्मानित गरिएको थियो । कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष एवम सल्लाहकार सरोज नारायण बराल , सम्मानित जेष्ठ सदस्यको तर्फबाट छत्रकुमारी बराल लगाएतले शुभकामना व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष पिताम्बर बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष सावित्री बराल , सहकारी सिद्धान्त वाचन अन्जु पण्डित र संचालन सचिव नरेश प्रसाद बरालले गर्न भएको थियो ।