जिवनशैली पत्रिका

टाइगर कप भलिबल प्रतियोगितामा पुरुष तर्फ घरेलु टिम गण्डकी सेमीफाइनलमा, एपिएफसंग भिड्ने

दीननाथ बराल पोखरा ४, माघ, पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता २०८० मा पुरुष तर्फको खेलमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघले विभागिय टोली शसस्त्र प्रहरी वलको एपिएफसंग सेमिफाइनलमा भिड्ने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा बिहिबार भएको अन्तिम लिगमा गण्डकीले विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन आर्मी क्लबसंग ३–२ सेटले पराजित भए पनि अंकका आधारमा सेमीफाइनलको यात्रा तय गरेको हो । आर्मीले गण्डकीलाई २५–२०, २०–२५, १७–२५, २५—२१ र पाँचौ सेटमा १५—६ सेटमा पराजित गरेको हो… पुरा पढौ

पुर्व गर्भनर क्षेत्रीद्धारा सरकारको नेतृत्व गर्नेले आफुखुशी योजनालाई राष्ट्रिय गौरव बनाउँदा अलपत्रः परेको आरोप

पोखरा ४, माघ, योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले सरकारको नेतृत्व गर्ने नेताहरुले आफुखुशी योजनाहरुलाई राष्ट्रिय गौरवको सूचीमा राख्दा अलपत्र पर्ने गरेको आरोप लगाएका छन् । पोखरामा चेम्बर अफ कमर्स र रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको आर्थिक रुपान्तरण तथा समसामयिक व्यवसायीक अवस्था सम्बन्धित अन्तरक्रिया कार्यक्रममा क्षेत्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । अन्तरक्रिया कार्यक्रममा सहभागीले सरकारले प्राथमिकतामा राखेको मध्यपहाडी लोकमार्ग अलपत्र पर्ने गरेको प्रसंगबारे गरेको प्रश्नमा जवाफिदै पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष… पुरा पढौ

पोखरा–१५ को खेल महोत्सव ः गलेश्वर र श्री १५ फुटबलको फाइनलमा, विद्यालयतर्फ रेन्बो प्रथम

माघ ४, पोखरा । पोखरा–१५ मा जारी दोस्रो बृहत् खेलकुद महोत्सवको समापन शुक्रवार बिहान हुने भएको छ । खेल महोत्सव बिहीबार सम्पन्न गर्ने भनिए पनि सहभागी टोलीको सङ्ख्या धेरै हुँदा खेल शुक्रवारसम्म धकेलिएको हो । शुक्रवार बिहान ८ बजे टोल स्तरीय फुटबल खेलको फाइनल हुनेछ । फाइनलका लागि गलेश्वर टोल र श्री १५ भिड्ने भएका छन् । निकै नै प्रतिस्पर्धात्मक खेलमा गलेश्वरले प्रतिभा टोललाई २–१ र श्री १५ ले दिव्य ज्योतिलाई ट्राई बेकरमा ११–१० ले पराजित गर्दै फाइनलका लागि पक्का… पुरा पढौ

युवा पलायन रोक्न आर्थिक वृद्धि र रोजगारी सिर्जना जरुरी ः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

पोखरा,४ माघ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले युवा पलायन रोक्नको लागि आर्थिक वृद्धिसँगैको रोजगारी सिर्जना हुनुपर्ने धारणा राखेका छन् । मासिक ५०÷६० हजारदेखि ३ लाख रुयैयाँसम्म तलब खानेहरुले पनि देश छाडिरहेका छन्,अहिले मनोवृत्ति नै विदेश जानुपर्छ भन्ने देखिएको छ, चाहेर पनि उनीहरुलाई रोक्न सकिएको छैन,’ बिहीबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने,‘दक्ष जनशक्ति पलायन रोक्ने हो भने उनीहरुको इच्छा र आकांक्षालाई संवोधन गरिनुपर्छ । विदेश जानेहरुलाई गाली गरेर,अर्ति–उपदेश दिएर यो समस्या… पुरा पढौ

‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ माघ ८ गते पोखरामा हुने, अष्ट्रेलियाका १३ बढी युनिभर्सिटीका प्रतिनिधिसंग भेट्ने अवसर

पोखरा ४, माघ ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ यही माघ ८ गते पोखरामा हुने भएको छ । उक्त कार्यक्रममा अष्ट्रेलियाका १३ बढी युनिभर्सिटीका प्रतिनिधि आउने भएको ग्लोबल रिच नेपाल पोखरा शाखाका संयोजक सरिता गुरुङले बताउनु भयो । अष्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले माघ ८ गते सोमबार अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’सञ्चालन गर्न लागेको उहाँले बताउनु भयो । ग्लोबल रिचको… पुरा पढौ

पोखरा महोत्सवमा शुक्रबार एलिना चौहान र मन्त्र ब्याण्डको प्रस्तुती रहने

पोखरा ४, माघ पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्र्रौँ संस्करणको पोखरा महोत्सवमा शुक्रबार एलिना चौहान र मन्त्र ब्याण्डको प्रस्तुती रहने भएको छ । महोत्सवको नवौँ दिन दिउसोको स्टेज शो मा एलिना चौहान र सांझको लाइभ ब्याण्डमा दार्जलिङको चर्चित ब्याण्ड मन्त्र ब्याण्डको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा शुक्रबार एलिना संगै जिवन दाहाल, शिवहरी ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चाँपागाई, कमला गैरे, बिनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ… पुरा पढौ

पोखरा म्याराथन तयारी बारे अन्तरक्रिया सम्पन्न

पोखरा ४, माघ १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी बारेमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ संस्थाहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संघमा आबद्ध सदस्य उद्योगी तथा… पुरा पढौ

टाइगर कप भलिबलको महिला तर्फको उपाधिको लागि न्यू डायमण्ड र एपिएफ शनिबार भिड्ने

दीननाथ बरालपोखरा ४, माघ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको एपिएफ क्लब र चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड एकेडेमी पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता २०८० को फाइनलमा प्रबेश गरेका छन्। शनिबार उपाधिको लागि डायमण्ड र एपिएफ बिच फाइनल खेल हुने भएको प्रतियोगिताका संयोजक दीपक कार्कीले पोखराक्लिकलाई बताउनु भयो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना पोखरामा आज सम्पन्न भएको सेमिफाइनल खेलमा दुबै टिमले जित हासिल गरी फाइनलमा यात्रा तय गरेका हुन्। एपिएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले… पुरा पढौ

खेलकुद महोत्सवमा दर्शकको भीड, बिहीबार सेमिफाइनल र फाइनल चरणका खेलहरू हुने

माघ –३ बुधबार । पोखरा –१५ मा जारी बृहत् खेलकुद महोत्सवमा दर्शकहरूको उल्लेखनीय भिड लागेको छ। पोखरा महानगरपालिका वडा नं –१५ ले आयोजना गरेको दोस्रो बृहत् खेलकुद महोत्सवमा १५ नं वडा बाहेक छिमेकी वडाका दर्शकहरूको पनि उल्लेखनीय सहभागिता रहेको हो । खेलकुद महोत्सवको दोस्रो दिन आज पनि विद्यालय क्लब तथा टोलस्तरिय फुटबल, महिला –पुरुष भलिबल, महिला –पुरुष सडक दौड, आमा समूहहरूको रस्साकस्सी र ब्याडमिन्टन खेलहरू सञ्चालन भएका छन ्। आजको पहिलो खेल घले चोकबाट बन विज्ञान क्याम्पस गेट सम्म भएको… पुरा पढौ

पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सविन राई आउने

पोखरा ३, माघ पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सबिन राईको प्रस्तुती रहने भएको छ । महोत्सवको आठौँ दिन बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्ड तर्फ सबिन राई एण्ड द फेरोहको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । बद्री पंगेनी संगै जीवन दाहाल, शिवहरी ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ, नेत्रपाणी बास्तोला, रमा राना, पुजा गुरुङको प्रस्तुती रहने छ । महोत्सवमा बुधवार पछिल्लो समय चर्चित लोकदोहोरी… पुरा पढौ