जिवनशैली पत्रिका

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न

दीननाथ बराल,पोखरा २२, माघ पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज (सोमबार) तेश्रो चरणका ६ खेलहरु सम्पन्न भएका छन् । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता अन्र्तगत सोमबार तेश्रो चरणका ६ खेलहरु सम्पन्न भएको प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताउनु भयो । सोमबारको खेलमा विकास श्रेष्ठ, विनोद श्रेष्ठ, मोती पाख्रिन, अनिल सुनार, सोम बि.क. र सारङ्ग राना विजयी हुदै प्रि—क्वाटरफाइनलदमा प्रबेश गर्नु भएको छ । सोमबारको खेलमा काठमाण्डौंका विकास… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ हजार रोटरीयन दौडदै

पोखरा २२, माघ आगामी फागुन पाँच गते शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सामाजिक संस्था रोटरीले आर्थिकदेखि भौतिकसम्मको सहयोग मात्रै गरेको छैन २ हजार भन्दा बढि रोटरियनहरु संगै दौडने भएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणका लागि रोटरीले पुर्ण रुपमा सहयोग गर्ने भएको हो । सोमबार पोखरामा आयोजित रोटरीहर सँगको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका रोटरीयनहरुले आर्थिक देखि भौतिक रुपमै उपस्थित भएर म्याराथनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । रोटरी… पुरा पढौ

नारायणी नदीमा आयोजित राष्ट्रिय खुल्ला कायाकिङ प्रतियोगितामा डम्वर बहादुर पूर्वाछाने बिजेता

पोखरा २२, माघ नवलपुरलाई सहाशीक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यका साथ प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजना तथा जिल्ला खेलकुद विकास समिति नवलपुरको समन्वयमा राष्ट्रिय खुल्ला कायाकिङ प्रतियोगिता सम्पन्न भएको छ । पहिलो पटक नारायणी नदीमा आयोजित उक्त प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई उछिन्दै डम्वर बहादुर पूर्वाछाने बिजेता बनेका छन् । नवलपुरको कावासोती नगरपालिकाको नारायणी नदीको अमलटारी घाटबाट मध्यविन्दु नगरपालिकाको नन्दपुर सम्म आयोजित १२ किलोमिटर कायाकिङमा ३५ मिनेट ३८।३० सेकेण्डमा दुरी पार गर्दै बिजेता बनेका हुन् । बिजेता बने संगै पूर्वाछानेले नगद रु… पुरा पढौ

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट बराल पुरस्कृत, मीना र हुम सम्मानित

पोखरा २२, माघ प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी, कास्कीले पुरस्कार र सम्मान अर्पण समारोह सम्पन्न गरेको छ । संस्थाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८० पूर्व अध्यक्ष माधव बराललाई प्रदान गरिएको छ । यस्तै, प्रेस चौतारी पत्रकारिता सम्मान मीना गुरूङ र हुम गुरूङलाई अर्पण गरिएको छ । प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत रहेका बराललाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो । सम्मानितद्वय र पुरस्कृत व्यक्तित्वलाई नेकपा एमालेका स्थायी… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय रूपमै सूचारु गर्न माग

माघ २२, पोखरा ‘ऋण जाल चाहिँदैन, पोखरा मास्न पाइँदैन’आइतवार पोखरा सभागृह अगाडि यो नारा व्यापक रुपमा गुञ्जाइयो । नारासँगै ¥यालीमा सहभागीले बोकेका प्लेकार्डमा लेखिएको थियो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर, वी.आर.आइ. ऋणलाई अनुदानमा परिणत गर, विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर ।यो सबै कुराको जाँचोपाँजो राष्ट्रिय एकता अभियान पोखराले मिलाएको थियो । यसरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम मात्रको अन्तर्राष्ट्रिय भएको भन्दै अभियानले पहिलोपटक पोखरामा दबाब ¥याली निकालेको हो । पोखराको सभागृहबाट शुरु भएको ¥याली पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत… पुरा पढौ

पोखराका पर्यटन व्यवसायीद्धारा १२ बुंदे ज्ञापन पत्र गृहमन्त्री श्रेष्ठ सामु पेश, पर्यटकहरुमा अपराधिक गतिविधिमा संलग्न नहुने गरी सावधानि अपनाउन माग

दीननाथ बरालपोखरा २१, माघ पर्यटकहरुमा अपराधिक गतिविधिमा संलग्न नहुने गरी सर्तकता अपनाईदिनु हुन पोखराका पर्यटन व्यवसायीहरुले माग गर्नु भएको छ । पोखराको पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले नेपाल सरकारका उप–प्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १२ बुंदे ज्ञापन पत्र बुझाउदै पर्यटकहरुमा अपराधिक गतिविधिमा संलग्न नहुने गरी सर्तकता अपनाईदिनु हुन जोडदार माग गरिएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । नेपालमा प्रवेश गरेका पर्यटकहरु कुनै पनि प्रकारको अपराधिक गतिविधिमा संलग्न नहुने गरी सर्तकता अपनाईदिनु हुन, पर्यटकहरुका नाममा हुर्ने वा हुन… पुरा पढौ

लामपाटाको अब्यबस्थित बसोबासलाई व्यबस्थित गर्नु राज्यको दाहित्व होः पूर्व अर्थमन्त्री बराल

डि.एन.बी.पोखरा २१, माघ गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा (हेमजा) २५ स्थित लामपाटाको अब्यबस्थित बसोबासीलाई राज्यले व्यबस्थित पर्दै आधारभुत विकासका पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनु भयो । आइतबार लामपाटा सडकको उद्घाटन गर्दै पूर्व मन्त्री बरालले लामपाटा क्षेत्रको बसोबासलाई ब्यबस्थित पार्दै विकासको आधारभुत पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । लामपाटा बासीहरु रैथाने भई सकेको दाबी गर्दै पूर्व मन्त्री बरालले उक्त क्षेत्रलाई अब नमुना बस्तीको रुपमा उज्यालो पाटनको रुपमा विकसित गर्न सुझाव दिनु भयो । नेकपा माओबादी… पुरा पढौ

बगर भाइखलक एट ए साइड भेट्रान फुटबलमा आयोजक को विजयी सुरुवात, प्रशिक्षक केसी सम्मानित

पोखरा २१ माघ बगर भाइखलकको आयोजनामा आइतबारदेखि देस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक एट ए साइड फुटलब प्रतियोेगिता सुरु भएको छ । पोखरा १ टुडिखेल खेलमैदानमा भएको एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बगर भाइखलकले गण्डकी स्पोट्र्सलाई ४–० ले हराएको छ । बगरको जितमा नरेश केसीले दुई तथा राजुकुमार तामाङ र राजु हमालले एक–एक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा संगम भेट्रानले लेकसाइड भेट्रानलाई टाइब्रेकरमा २–१ ले हराउन सफल भएको छ । निर्धारित समयको खेल… पुरा पढौ

साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा ः विभिन्न सामाजिक कार्य गर्दै

पोखरा २१, माघ पोखरा–६ लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा प्रवेश गरेको छ । यसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सोही अन्तर्गत आइतबारम रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३६ युनिट रगत संकलन भयो । प्रमुख अतिथि वडा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता विद्यालयका पूर्व विद्यार्थी सलिल बराललाई रक्तपोका हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि भट्टराईले पर्यटकिय क्षेत्र लेकसाइडमा रहेको विद्यालयले पर्यटन मैत्री शिक्षामा जोड दिनुपर्ने बताए । साथै… पुरा पढौ

कास्कीमा डिजिटल तालिम, महत्वकाक्षा आवश्यकता भन्दा बढी हुँदा सबै क्षेत्रमा समस्या भएको छः मन्त्री जुग्जाली

पोखरा २१, माघ नेपाल पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम सुरु भएको छ । पत्रकार महासंघको सभाहलमा आयोजना गरिएको डिजिटल साक्षरता तालिम सोमबार सम्म चल्नेछ । तालिममा अधिवक्ता सन्तोष सिग्देलले डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता एवम् गलत तथा भ्रामक सूचनाका विषयमा प्रशिक्षण दिँदैछन् । पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिममा पोखराका क्रियाशिल पत्रकारहरुको उपस्थिति छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली मगरले समाजमा नकरात्मक सूचना भन्दा सकरात्मक विषयलाई उठान गर्नुपर्ने आवश्यकतालाई… पुरा पढौ