
डि.एन.बी.
पोखरा २१, माघ
गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा (हेमजा) २५ स्थित लामपाटाको अब्यबस्थित बसोबासीलाई राज्यले व्यबस्थित पर्दै आधारभुत विकासका पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनु भयो । आइतबार लामपाटा सडकको उद्घाटन गर्दै पूर्व मन्त्री बरालले लामपाटा क्षेत्रको बसोबासलाई ब्यबस्थित पार्दै विकासको आधारभुत पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

लामपाटा बासीहरु रैथाने भई सकेको दाबी गर्दै पूर्व मन्त्री बरालले उक्त क्षेत्रलाई अब नमुना बस्तीको रुपमा उज्यालो पाटनको रुपमा विकसित गर्न सुझाव दिनु भयो । नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनु भएको पूर्व मन्त्री बरालले तीन तहका सरकारले जनताका प्रमुख आवश्यकताको पहिचान गरी लगानी गर्न आग्रह गर्नु भयो । कार्यक्रममा पोखरा महानगरका प्रवक्ता तथा पोखरा २५ का वडा अध्यक्ष मोतीराम तिमिल्सिनाले लामपाटाको थप पूर्वाधार निर्माणको लागि महानगरबाट पुनः सहयोग हुने बताउनु भयो । राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले लामपाटा क्षेत्रमा भएका अब्यबस्थित बसोबासीलाई सरकारले ब्यबस्थित पार्ने बताउनु भयो ।

सुनौलो टोल विकास संस्थाका अध्यक्ष बुद्धि बहादुर गुरुङको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य कृष्ण कुवंर, माओबादी केन्द्रका युवा नेता भोजराज पौडेल, संस्थाका सचिव सुरेस सापकोटा लगायतले बोल्नु भएको थियो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका वडा नम्बर २५ को आर्थिक सहयोगमा हालै सम्पन्न भएको हो ।

करिब ५ सय मिटर लम्बाई तथा नाला सहितको ९ मिटरको चौडाईमा करिब ५० लाखको लागतमा उक्त सडक निर्माण गरिएको सुनौलो टोल विकास संस्थाका अध्यक्ष बुद्धि बहादुर गुरुङले बताउनु भयो । उक्त क्षेत्रमा पूर्व मन्त्री बरालको बिषेश पहलमा पिउने पानी देखि सडक, बत्ती समेत जडानमा सहयोग भएको अध्यक्ष गुरुङले दाबी गर्नु भयो ।