जिवनशैली पत्रिका

ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष जगत पोखरेलद्वारा सपथ ग्रहण

पोखरा २३, माघ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा जगतबहादुर पोखरेल चयन भएका छन् । उनलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हालै आयोजित एक समारोहका बिच पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । माइक्रो इन्स्योरेन्सका अध्यक्ष पोखरेल भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको कार्यकारी अध्यक्ष हुन भने प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा शपथ गराइएको छ । भिजन लुम्बिनीले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना बनाइरहेको छ । पुरा पढौ

सगरमाथामा वार्षिक खेलकुद कार्यक्रम शुरु

२३ माघ,पोखरा पोखराको सगरमाथा निकेतन विद्यालयमा त्रि–दिवशिय वार्षिक खेलकुद कार्यक्रम शुरु भएको छ । विद्यालय प्राचार्य दिलिप शर्मा भट्टराईले पोखरा–४ अर्चलबोटस्थित नवनिर्मित विद्यालय प्राङ्गणमा कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा उनले मानव स्वास्थ्यका लागि खेलकुद महत्पूर्ण भएको औल्याए । विद्यालयले शिक्षासंगै खेलकुद र अनुशासनलाई महत्वका साथ राखेको बताउँदै विद्यार्थीहरुलाई खेल भावना अनुरुप खेल्न आग्रह गरे । स्वस्थ्य र अनुशासित नागरिक उत्पादन गर्न सकिए समाज र राष्ट्र पनि अनुशासित बन्ने उनको भनाई थियो । विद्यार्थी अनुषा अधिकारीले खेल भावनाको सपथ ग्रहण… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीको बाल क्लबहरूसंग अन्तरसम्बाद

माघ २३ ,पोखरा जिल्ला समन्वय समिति कास्कीले बाल क्लबहरू सग अन्तरसम्बाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संविधान, ऎन ,कानुनले ब्यबस्था गरेका बिषयको ब्यबहारिक कार्यान्वयनमा देखिएका अप्ठ्यारा हटाउन स्थानीय तह र सेवा प्रबाह गर्ने सरकारी निकाय संबेदनसिल र जवाफदेहि हुनुपर्ने भन्दै गुनासाको समयानुकूल तत्काल ब्यबस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो। पौडेलले बालबालिकाका सरोकारका बिषय भोलिको राष्ट्रको भबिष्यसग जोडिएको हुँदा सबै स्थानिय तहहरू हरेक दृष्टिकोणबाट बालमैत्री हुनै पर्ने उल्लेख गर्नुभयो । उहाँले संविधानले बालबालिकाका बिषयमा सुनिश्चित… पुरा पढौ

पोखरामा वैशाख १५ गते एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुने

पोखरा २३, माघ पोखरामा आगामी वैशाख १५ गते एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ ।नेपाल ट्रायथोलन संघको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा प्रतियोगिता हुनेछ । प्रतियोगिताको मिति आगामी अप्रिल २७ लाई अन्तराष्ट्रिय ट्रायथोलन युनियनले आफनो आधिकारिक वेभसाईटमै राखिसकेको नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार च्याम्पियनसिप अन्तर्गत ट्रायथोलनको स्प्रिन्ट तर्फ प्रतिस्पर्धा गराईने छ । स्प्रिन्ट अन्तर्गत फेवातालमा ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड हुने छ । अध्यक्ष श्रेष्ठका अनुसार… पुरा पढौ

एट ए साइड भेट्रान फुटबल ः दोस्रो दिन ६ खेल सम्पन्न

पोखरा २२ माघ, पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न भएका छन् । बगर भाइखलकको आयोजनामा आइतबारदेखि सुरु भएको दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा एक्स वारियर पोखराले सुनाखरी काठमाडौंलाई ३–० ले हराएको छ । एक्सको जितमा किशोरदेव थापाले दुई तथा सुशिल श्रेष्ठले एक गोल गरे । दोस्रो खेलमा चिया पप ठमेलले हरिवन भेट्रान सर्लाहीलाई ६–१ ले हरायो । चिया पपको जितमा सन्तोष नेपालीले… पुरा पढौ

पोखरामा रातो मच्छिन्द्रनाथ र भोटो जात्राको ऐतिहासिक फोटो प्रदर्शनी

पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे जानकारीसहितको ऐतिहासिक फोटो प्रर्दशनी सुरु भएको छ । संग्रहालयको २१ औं स्थापना दिवसको अवसरमा पाटन दरबार संग्रहालय र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा ऐतिहासिक फोटो प्रदर्शनीमा राखेको हो । रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे ऐतिहासिक फोटो प्रदर्शनी माघ २८ गतेसम्म चल्नेछ । पोखराको रातोपैह्रामा रहेको फोटो प्रदर्शनीलाई पोखरा महानगर प्रमुख धनराज आचार्य र ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा पोखरा महानगरका प्रमुख धनराज आचार्यले… पुरा पढौ

६ बर्षसम्म केन्द्र सरकारले समयमै कानून बनाउन नसक्दा प्रदेश सरकार अलमलमा

दीननाथ बराल पोखरा २२, माघ, केही कानूनहरु संघिय सरकारले बनाउनु पर्नेमा ढिलाई गर्दा प्रदेश सरकारहरु अन्यौलमा परेको वक्ताले गुनासो गर्नु भएको छ । गण्डकी प्रदेश सभाको सोमबार सम्पन्न छैटौ स्थापना दिवसको अवसरमा वोल्ने वक्ताहरुले केही कानूनहरु संघिय सरकारले बनाउनु पर्नेमा ढिलाई हँुदा प्रदेश सरकारहरु नै अन्यौलमा पर्ने गरेको गुनासो गर्नु भएको हो । संघिय सरकारले बनाउनु पर्ने कतिपय ऐन कानूनहरु बनाउन नसक्दा र केन्द्रिकृत मानसिकताले गर्दा प्रदेश सरकारले चाहेर पनि कति काम गर्न नसकेको सहभागिहरुले बताउनु भएको छ । केन्द्रिकृत… पुरा पढौ

पोखरामा दयारानीको प्रिमियर शो ः राजनीतिक, सामाजिक, कलाकर्मीको बाक्लो उपस्थिति

पोखरामा दयारानीको प्रिमियर शो सम्पन्न भएको छ । आइतबार पोखराको मिडटाउन सिनेमाजमा दयारानीको प्रिमियर शो सम्पन्न भएको हो । माघ २६ गतेबाट अल नेपाल रिलिज हुने सिनेमा दयारानी हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज शिवाकोटी, गायक विनोद, दयारानीका निर्देशक एवम् लेखक माओत्से गुरुङ, नायिका दिया पुन लगायतका कलाकर्मी एवम् मिडियाकर्मीको बाक्लो उपस्थिति थियो । प्रिमियर शो हेरिसकेपछि दयारानीले राम्रो प्रतिक्रिया… पुरा पढौ

प्रदेश सांसद विन्दुकुमार थापाले गरे राजु गिरी निर्देशित “इश्वर” को शुटीङ्ग शुभारम्भ

पोखरा २२, माघ गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले चलचित्र निर्देशक राजु गिरीको नयाँ सिनेमा “इश्वर” को शुटीङ्ग शुभारम्भ गरेका छन् । सोमबार साँझ विन्ध्यवासिनमी मन्दिरमा इश्वरको छायाँकन शुभारम्भ गर्दै पूर्वमन्त्री समेत रहेका थापाले सिनेमा मार्फत पोखराको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘पोखरा सुन्दर नगरी हो । यहाँ अक्सर थुप्रै सिनेमाहरु छायाँकन भइरहेका हुन्छन् । पोखराको प्रचारप्रसारमा सिनेमा क्षेत्र मार्फत महत्वपूर्ण योगदान मिलेको छ ।’, उनले भने । सिनेमा सम्बन्धि गतिविधि बढाउन प्रदेश सरकारलाई घच्घच्याउन सिनेकर्मीको साथमा आफु पनि… पुरा पढौ

पत्रकारको क्षमता अभिबृद्धि गर्न पोखरा महानगर तयार छः थापा

पोखरा २२, माघ नेपाल पत्रकार महासंघ कास्कीको डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता तालिम सम्पन्न भएको छ । आइतबार देखि सुरु भएको दुई दिने तालिममा पोखराका ५० बढी पत्रकारको सहभागिता थियो । तालिममा प्रशिक्षक डिजिटल राइट्स नेपालका संस्थापक सन्तोष सिग्देलले आवश्यक जानकारी उपलब्ध गराएका थिए । कार्यक्रमको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्याम कृष्ण थापाले डिजिटल साक्षरता सम्बन्धि तालिम पछिल्लो समय अति आवश्यक रहेको उल्लेख गरे । उनले पत्रकारिता जगतलाई उक्त तालिम उपलब्ध गराउँदा नागरिक सुुसूचित हुने भएकाले… पुरा पढौ