जिवनशैली पत्रिका

पोखरामा हालसम्मकै ठुलो रकम ६ करोड ५० लाखको बजेटमा अन्तराष्ट्रिय वेलुन फेष्टिभल हुने

दीननाथ बराल,पोखरा १८, साउन, पोखरामा हालसम्मकै ठुलो रकम ६ करोड ५० लाखको बजेटमा अन्तराष्ट्रिय वेलुन फेष्टिभल हुने भएको छ । वेलुन नेपाल प्रा.लि.ले पोखराको बाम्दी क्षेत्रमा आउदो पुष दोश्रो साता देखि सरकारी तथा गैरसरकारी विभिन्न संघ संस्थाहरुको समन्वय तथा सहयोगमा उक्त बजेट खर्च गर्ने गरी नेपालमै पहिलो पटक अन्तराष्ट्रिय वेलुन फेष्टिभल आयोजना गर्न लागेको विहिबार पोखरामा आयोजित छलफल कार्यक्रममा जानकारी गराइएको हो । पोखरामा सहासिक खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको बेलुन नेपाल प्रा.लि.का अध्यक्ष बिक्रम… पुरा पढौ

४३ हजार लागु औषधको ट्यावलेट सहित २ जना पक्राउ

पाृेखरा १७, साउन पोखरामा ठुलो परिणाममा लागुऔधष सहित २ जना पक्राउ परेका छन्। ४३ हजार लागु औषत ट्याबलेट सहित तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं।८ स्थायी घर भई पोखरा वडा नं। ९ न्यूरोड बस्ने ३७ वर्षकी देवी श्रेष्ठ र सोही होटेलका मेनेजरको जिल्ला स्याङजा आँधिखोला गाउँपालिका वडा नं।३ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरामहानगरपालिका वडा नं।१७ बिरौटा बस्ने वर्ष २५ का मिलन पौडेललाई नियन्त्रणमा लिईकास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन ७ दिनको म्याद म्याद थप गरी थप अनुसन्धान… पुरा पढौ

श्रेष्ठ र रानामगरलाई कञ्चन पत्रकरिता पुरस्कार

पोखरा, १७ साउन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको बिहीबारको बैठकले श्रेष्ठ र रानामगरको नाम अनुमोदन गरेको फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । फोनिजका संघीय सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले श्रेष्ठ र रानामगरको नाम सिफारिस गरेको हो । समितिको सदस्यमा फोनिज… पुरा पढौ

रजत वर्ष मनाउने तयारीमा फोनिज गण्डकी

पोखरा, १७ साउन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २५ वर्षमा प्रवेश गरेको छ । २०५६ साउन २७ मा स्थापना भएको फोनिजले रजत वर्ष मनाउने तयारी गरेको छ । सोही अनुसार फोनिज गण्डकी प्रदेशको बिहीबाको बैठकले विभिन्न कार्यक्रम गरी रजत वर्ष मनाउने निर्णय गरेको छ । सोही अनुसार फोनिज गण्डकीले कास्की शाखासँग सहकार्य र समन्वय गरी सरसफाई, मैत्रीपूर्ण भलिबल, छलो प्रतियोगिता, पुरस्कार अर्पण र सम्मान कार्यक्रम गरी रजत वर्ष मनाउने तयारी गरेको फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङले जानकारी दिए ।… पुरा पढौ

पर्वतारोही पूर्णिमालाई एक लाखसहित पब्लिक फोरकेको सम्मान

किर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई पब्लिक फोरके टेलिभिजनले सम्मान गरेको छ । टेलिभिजनले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएकी श्रेष्ठलाई बिहीबार एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो । पोखराको न्युरोडस्थित टेलिभिजनको कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक मन क्षेत्रीले नगद एक लाख रुपैयाँसहित दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरे । श्रेष्ठले गएको मे १२, मे १९ र मे २५ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथामा… पुरा पढौ

पोखराको पर्यटन प्रवद्धन गर्न ‘डुलुवा’ टोली भारतकाे कन्याकुमारी प्रस्थान

पोखरा, १७ साउन, पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ टोली भारत भ्रमणमा निस्केको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि प्रस्थान गरेको हो । टोलीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका नि प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले विदाई गरेका छन् । नेपालको कास्कीकोट देखि भारतको कन्याकुमारी सम्मको भ्रमणलाई ‘केटुके’ नाम दिएर पर्यटन प्रवद्र्धनात्मकमा निस्किएको हो । भ्रमण अगष्ट १… पुरा पढौ

पोखराको एक उद्योगमा आगलागी हुँदा २२ लाखको क्षती (भिडियो) सहित

पोखरा १७, साउन, पोखराको एक उद्योगमा आगलागी हुँदा करिब २२ लाख मुल्य बराबरको क्षती भएको छ । पोखरा ४ स्थित तेर्सापट्टिमा रहेको पश्चिमाञ्चल कपास उद्योगमा आज(विहिबार) बिहान आगलागी हुँदा करिब २२ लाख मुल्य बराबरकोे क्षती भएको कास्की प्रहरीले जनाएको छ । विहिबार विहान करिब ११ः१० तिर उद्योगमा मेसिन भएको स्थानबाट बिद्युत सर्ट भई आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्तकुमार शर्माले आशंका गर्नु भएको छ । मेसिन, भवन र कपडा सहित गर्दा कबि २० देखि २२… पुरा पढौ

ट्रेकिङ र माउन्टेन पर्यटन केन्द्रित फोटोग्राफी र भिडियो ग्राफी प्रशिक्षण सम्पन्न

पोखरा १७, साउन, ट्रेकिङ र माउन्टेन पर्यटन केन्द्रित फोटोग्राफी र भिडियो ग्राफी प्रशिक्षण हालै पोखरामा सम्पन्न गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीद्वारा संस्थामा आबद्घ कम्पनीका सञ्चालकहरुलाई लक्षित गरि १ दिने उक्त प्रशिक्षण आयोजना गरिएको हो । पोखराको फिष्टेल लजमा संस्थाका अध्यक्ष धर्मराज पन्थीको अध्यक्षतामा हालै सम्पन्न भएको कार्यक्रममा सस्थाका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले तालिमको बारेमा प्रकाश पार्नुभएको थियो… पुरा पढौ

नेपाली पोशाकको प्रबद्र्धन गर्न राष्ट्रिय पोशाक घरको शाखा पोखरामा

दीननाथ बराल,पोखरा १६ , साउन, नेपालमा उत्पादन हुने कपडा सहित पोशाक प्रबद्र्धन गर्न पोखरामा राष्ट्रिय पोशाक घरको शाखा विस्तार गरिएको छ । काठमाडौँमा विगत ८ वर्षदेखि राष्ट्रिय पोशाक घरबाट नेपाली उत्पादनमा आधारित विभिन्न डिजाइनका कपडा सहित पोशाकहरू उत्पादन गर्दै आएको उक्त घरले पोखरामा पनि त्यसको प्रबद्र्धन गर्न शाखा विस्तार गरेको हो । यसैबिच, बुधबार एक समारोहका बिच राष्ट्रिय चर्चीत गायक प्रकाश सपुत, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापती, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर उक्त… पुरा पढौ

पर्यटक बसमा तोडफोड गर्ने एक जना पक्राउ

दीननाथ बराल, पोखरा १६, साउन, पर्यटक बसमा तोडफोड गर्ने एक जनालाई कास्की प्रहरीले पोखरामा पक्राउ गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा आइतबार सार्वजनिक यातायातका सवारी साधनहरु नचलाई बन्द गरेको दिनमा (आइतबार) पर्यटक बसमा तोडफोड गरेको आरोपमा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटन बस्ने ४६ वर्षका धन बहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो । पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक… पुरा पढौ