पोखरा १७, साउन,
ट्रेकिङ र माउन्टेन पर्यटन केन्द्रित फोटोग्राफी र भिडियो ग्राफी प्रशिक्षण हालै पोखरामा सम्पन्न गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीद्वारा संस्थामा आबद्घ कम्पनीका सञ्चालकहरुलाई लक्षित गरि १ दिने उक्त प्रशिक्षण आयोजना गरिएको हो ।
पोखराको फिष्टेल लजमा संस्थाका अध्यक्ष धर्मराज पन्थीको अध्यक्षतामा हालै सम्पन्न भएको कार्यक्रममा सस्थाका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले तालिमको बारेमा प्रकाश पार्नुभएको थियो । प्रशिक्षक राम गुरुङ्ग र प्रेम थापा बाट प्रशिक्षण गरिएको उक्त तालिममा संस्थाका पुर्व अध्यक्षहरु लगायत संस्थामा आवद्द ७२ कम्पनीका सन्चालक हरुको सहभागिता रहेको टान गन्डकीका सचिव तिर्थराज सुवेदीले बताउनु भयो । संस्थाले आफ्नो सदस्यहरुको क्षमता अभिबृद्धि गर्न पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको टानले जनाएको छ ।