जिवनशैली पत्रिका

गुफा पर्यटकीय विकास समितिमा ईन्द्र

पोखरा १९ साउन, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा ईन्द्र प्रसाद सुवेदी चयन भएका छन्। विन्ध्यवासिनी माध्यमिक विद्यालयको संरक्षण, व्यवस्थापन तथा स्वामित्वमा सञ्चालित गुफाको समग्र विकासका लागी विद्यालय व्यवस्थापन समितिले सदस्य सुवेदीलाई जिम्मेवारी दिएको हो । समितिको सदस्यमा भरत वहादुर वस्नेत, प्रेम तिमिल्सिना, ओममाया नेपाली, एक वहादुर नेपाली, विनोद पौडेल, मनकला नेपाली, विजय सापकोटा, पदेन सदस्यमा निवर्तमान संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरूदत्त भट्टराई, गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था र समितिको सदस्य सचिवमा शिशिर… पुरा पढौ

भदौ १५ मा पोखरामा ‘चमेली’

पोखरा, १९ साउन, हरितालिका तीजको अवसरमा पोखरामा आगामी भदौ १५ मा ‘चमेली’ नाम दिएर महिला केन्द्रीत भव्य कार्यक्रमको तयारी गरिएको छ । महिला सशक्तिकरण र उद्यमशीलतालाई जोड दिएर पोखराको बुलौँदीस्थित पोखरा इभेन्ट सेन्टरमा एक दिनको कार्यक्रम हुने आयोजक एअरलाइन्स फ्लाइट एटेन्डी एकेडेमी इभेन्टस पोखराले जानकारी दिएको छ । ‘तिमी सुन्दर छौ हरेक तरिकाले, आफूलाई माया गर’ भन्ने नारा दिएर महिला र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय केन्द्रीत बहस, फेसन डिजाइनिङ र सांगीतिक प्रस्तुति हुनेछ । त्यसबाहेक महिलाले उत्पादन गरेका हस्तकला,… पुरा पढौ

पोखराको मदरल्याण्ड र एसओएसका दुई विद्यार्थीले कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएको दाबी

पोखरा १९, साउन, पोखराको मदरल्याण्ड मावि र एसओएस हर्मन माइनरका दुई विद्यार्थीले कक्षा १२ को परीक्षा फलमा उत्कृष्ट अंक ल्याएको दाबी गरेका छन्। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नजिता अनुसार मदरल्याण्डकी सदीक्षा क्षत्री र एसओएसका कुशल तिवारीले समान ३.९६ जिपिए ल्याउदै नेपालकै उत्कृष्ट अंक (नेपाल टप) गर्न सफल भएको बिद्यालयले दाबी गरेको हो । पर्वतको कुष्मा १० का तिवारीले विज्ञान संकायमा उत्कृष्ट जिपिए ल्याएका हुन् त्यसै गरी विज्ञान संकायकी पोखरा १७ निवासी सदीक्षा क्षत्रीले ३.९६ जिपिए… पुरा पढौ

युवा रेडक्रस सर्कल विन्ध्यवासिनीमा कविता प्रतियोगिता

पोखरा १९, साउन, पोखराको बाटुलेचौर िस्थत विन्ध्यवासिनि माध्यमिक विद्यालयमा खुला कबिता वाचन प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल विन्ध्यवासिनी मा विको आयोजनामा भएको प्रतियोगितामा नम्रता पुन प्रथम, एञ्जिला भट्टराई द्वितीय, नितिसा भट्टराई तृतीय र प्रतिक गौतम,कृतिका अधिकारी, अनिता थापाले सान्त्वना स्थान प्राप्त गरेका छन् । उत्कृष्ट विद्यार्थीलाई प्रअ एवम् संरक्षक शिक्षक कृष्णप्रसाद आचार्य , स प्रअ राम बहादुर बानियाँले पुरस्कार वितरण गर्नुभयो।कार्यक्रममा बोल्दै प्रधानाध्यापक आचार्यले विद्यार्थीको शैक्षिक तथा व्यक्तित्व विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो। कार्यक्रममा… पुरा पढौ

सामाजिक सुरक्षामा सामुहिक प्रयास आवश्यक

गण्डकी, १८ साउन समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सवै पक्षको सामुहिक प्रयास हुनु पर्नेमा यहाँ आयोजित एक कार्यक्रमका सहभागिले जोड दिइएको छन् । पर्यटकीय राजधानी पोखरास्थित वडा प्रहरी कार्यालय बैदामद्धारा आयोजित छलफल कार्यक्रमका सहभागिले सुरक्षाको विषयमा सामुहिक जिम्मेवारी र दायित्व भएकोमा जोड दिएका हुन । कार्यक्रममा सहभागिहरुले यस क्षेत्रमा दिनप्रतिदिन बढेको चोरी, लागुपदार्थ सेवन तथा बिक्री वितरण लगायत विभिन्न खाले विकृति विसंगती नियन्त्रणमा प्रहरीले गर्ने प्रत्येक अभियानमा स्थानीय स्तरबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।वडा प्रहरी कार्यालय बैदाममा हालै जिम्मेवारी लिएर… पुरा पढौ

फलोअपः पोखरामा स्कुल बस दुर्घटनामा परी मृत्यु हुनु भएका आमा र छोराको शव ५ दिन पछि आफन्तले बुझे

दीननाथ बराल,पोखरा १८, साउन, पोखरामा स्कुल बस दुर्घटना परी मृत्यु हुनु भएको आमा र छोराको शव ५ दिन पछि मात्र आफन्तले बुझ्नु भएको छ । पोखरा पार्दीविरौटाको एलपी देवकोटा मेमोरियल स्कुलकी कर्मचारी ३३ बर्षकी आरती बि.क.(आमा) र उहाँका छोरा ६ बर्षका प्रिन्स बि.क.को पोखरा २१ को मट्टिखान नजिक गिङ्कुको भिरबाट बस पल्टदा मृत्यु भएकोमा आज ५ दिन पछि सहमती भए पश्चात उहाँका आफन्तले शव बुझ्न्ु भएको हो । आमा र छोराको पोखराको तुल्सीघाटमा शुक्रबार अन्तिम दाहसंस्कार समेत गरिएको छ ।… पुरा पढौ

पोखरा आउँदै गरेको बुद्ध एयरको विमान पुनः काठमाडौँ फर्कियो

काठमाण्डौं १८, साउन, पोखरा आउँदै गरेको बुद्ध एयरको विमान पुनः काठमाडौँ फर्किएको छ । उक्त विमानमा प्राविधिक समस्या देखिएको भन्दै शुक्रबार ‘नाइन एन एएमडी’ कलसाइन भएको उडान नं. ६५५ को विमान काठमाडौँको त्रिभुवन अन्तराषर््िट्रय विमानस्थलम नै अवतरण गराइएको गराइएको छ । काठमाडौंबाट पार हुने क्रममा उक्त विमानको इन्डिकेटरमा समस्या देखिए पछि विमानका पाइलटले जोखिम सामना नगरी काठमाण्डौंमै सुरक्षित अवतरण गराइएको हो । उक्त विमानमा सवार यात्रुहरूलाई पुनः अर्को विमानबाट पोखरा लैजाने तयारी गरिएको बुद्ध एयरले जनाएको छ । अवतरण गरिसकेपछि… पुरा पढौ

अवैध रुपमा गर्भपन गराउदा महिलाको स्वास्थ्य जोखिममा

पोखरा,१८ साउन, अवैध रुपमा गर्भपन गराउदा महिलाको स्वास्थ्य जोखिममा परेको एक कार्यक्रमका वक्ताहरुले दाबी गरेका छन्। सूचीकृत स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबाट गर्भपतन सेवा लिनुपर्नेमा जथभावी रुपमा गर्भपन गराउने औषधि सेवन गर्दा महिलाको स्वास्थ्यमा गम्भिर असर सहित कहीले काहिँ मृत्यु समेत हुने गरेको हालै पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले दाबी गर्नु भएको हो । गर्भपन गराउनेको सङ्ख्या गण्डकी प्रदेशमा वृद्धि हुँदै गएको गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालयका अस्पताल नर्सिङ प्रशासक अञ्जु पौडलले बताउनु भयो । उहाँका… पुरा पढौ

रोटरी क्लब अफ पोखरा फिस्टेलद्वारा बृक्षरोपण

पोखरा, १८ साउन, रोटरी क्लब अफ पोखरा फिस्टेलको आयोजनामा पोखराको लामाचौंरस्थित पश्चिमान्चल इन्जिनियरिड.क्याम्पस र गण्डकी वोर्डिङ स्कुलमा बिहीबार वृक्षरोपण गरिएको छ । दुुबै स्थानमा गरि अमला, मेवा, क्युँ काफल,सीतल चिनी, पैयुँ, बर्रो, अशोका, मसला अगरहुड, कलकी फुल लगायत विभिन्न जातका पाँच सय विरुवा रोपिएको हो । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का रोटरी इयर २०२४–२५ का डिष्ट्रक गभर्नर इलेक्ट विनोद कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि कोइरालाले रोटरी क्लवको वार्षिक कार्ययोजना अनुसार हुने गरेको बृक्षारोपण कार्य आगामी… पुरा पढौ

किसान संघ पोखरा ६ बैदाममा ओमनाथ अधिकारी

पोखरा, साउन १८, किसान संघ पोखरा महानगर पालिका वडा ६ को अध्यक्ष मा ओमनाथ अधिकारी चयन भएका छन । संघको विहीबार सम्पन्न दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा आठ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संघको उपाध्यक्षमा नारायण पोखरेल, सचिव मोतिराज कोइराला, सहसचिव विष्णु प्रसाद पहारी र कोषाध्यक्षमा पार्वति पौडेल चयन भएका छन । तसै गरि सदस्यहरूमा लक्ष्मी प्रसाद पहारी, सिता पौडेल र हिरा पौडेल चयन भएका नेपाली वडा इकाई ६ का सचिब प्रकाश न्यौपानेले जानकारी दिएका छन । यस… पुरा पढौ