पोखरा आउँदै गरेको बुद्ध एयरको विमान पुनः काठमाडौँ फर्कियो

-


     पोखरा क्लिक     
     श्रावण १८ गते २०८१ मा प्रकाशित


काठमाण्डौं १८, साउन,

पोखरा आउँदै गरेको बुद्ध एयरको विमान पुनः काठमाडौँ फर्किएको छ । उक्त विमानमा प्राविधिक समस्या देखिएको भन्दै शुक्रबार ‘नाइन एन एएमडी’ कलसाइन भएको उडान नं. ६५५ को विमान काठमाडौँको त्रिभुवन अन्तराषर््िट्रय विमानस्थलम नै अवतरण गराइएको गराइएको छ ।

काठमाडौंबाट पार हुने क्रममा उक्त विमानको इन्डिकेटरमा समस्या देखिए पछि विमानका पाइलटले जोखिम सामना नगरी काठमाण्डौंमै सुरक्षित अवतरण गराइएको हो ।

उक्त विमानमा सवार यात्रुहरूलाई पुनः अर्को विमानबाट पोखरा लैजाने तयारी गरिएको बुद्ध एयरले जनाएको छ । अवतरण गरिसकेपछि प्राविधिकहरूले विमानको जाँच गर्नु भएको छ ।