पोखराको मदरल्याण्ड र एसओएसका दुई विद्यार्थीले कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएको दाबी

-


     पोखरा क्लिक     
     श्रावण १९ गते २०८१ मा प्रकाशित


पोखरा १९, साउन,

पोखराको मदरल्याण्ड मावि र एसओएस हर्मन माइनरका दुई विद्यार्थीले कक्षा १२ को परीक्षा फलमा उत्कृष्ट अंक ल्याएको दाबी गरेका छन्। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नजिता अनुसार मदरल्याण्डकी सदीक्षा क्षत्री र एसओएसका कुशल तिवारीले समान ३.९६ जिपिए ल्याउदै नेपालकै उत्कृष्ट अंक (नेपाल टप) गर्न सफल भएको बिद्यालयले दाबी गरेको हो ।

पर्वतको कुष्मा १० का तिवारीले विज्ञान संकायमा उत्कृष्ट जिपिए ल्याएका हुन् त्यसै गरी विज्ञान संकायकी पोखरा १७ निवासी सदीक्षा क्षत्रीले ३.९६ जिपिए ल्याउनु भएको हो । हालसम्म उहाँहरुले नेपाल टप गर्न सफल भएको दाबी गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डद्धारा प्रकाशित कक्षा १२ को परीक्षाफल अनुसार मदरल्याण्ड मा. वि. बाट सहभागी ३६१ (विज्ञान समूह १९० र व्यवस्थापन समूह १७१) मध्ये विज्ञान समूहमा सर्वोत्कृष्ट ३.९६ जि.पि.ए प्राप्त गर्न सफल सदिक्षा क्षेत्री र व्यवस्थापन समूहमा सर्वोत्कृष्ट ३.९५ जि.पि.ए प्राप्त गर्न सफल प्रशंसा बराल, बिनम श्रेष्ठ ३.९५, प्रशिल लामिछाने ३.९५ र प्रसिम आचार्य ३.९२ जि.पि.ए प्राप्त गर्न सफल भएको बिद्यालयका प्रिन्सिपल नारायण बरालले बताउनु भयो । उहाँका अनुसार ८१ जनाले ३.६० जि.पि.ए भन्दा बढि, १४६ जनाले ३.२० देखि ३.६ सम्म, ९८ जनाले २.८ देखि ३.२० सम्म, २७ जनाले २.३८ देखि २.८० जि.पि.ए हासिल गरी ९७.५१ % विद्यार्थी (विज्ञान समूहमा ९८.४२ % र व्यवस्थापन समूहमा ९६.४९ %) उत्तिर्ण हुन सफल भएको उहाँले दाबी गर्नु भयो ।


एसओएसबाट यस बर्षको कक्षा १२ को परीक्षामा १ सय ४० जना सहभागि भएकोमा १ सय ३९ जना उत्र्रिण भएको प्लस टु इन्चार्ज खगेन्द्र बरालले बताउनु भयो । बिज्ञान समुहमा एक जना मात्र अनुत्र्रिण भएको बिद्यालयले जनाएको छ ।