जिवनशैली पत्रिका

पोखरामा एक दिन अघि वेपत्ता भएका बालक फेवातालमा मृत भेटिए

दीननाथ बराल,पोखरा ७, भदौ, पोखरामा एक दिन अघि (विहिबार) वेपत्ता हुनु भएको बालक शुक्रबार (आज) फेवातालमा मृत अबस्थामा भेटिनु भएको छ । पर्वत फलेवास नगरपालिका २ थापाठाना घर भई पोखरा ७ अन्नपूर्ण टोल बस्ने सुर्य बहादुर क्षेत्रीको १३ बर्षका छोरा प्रस्ताव क्षेत्री फेवातालमा मृत अबस्थामा भेटिनु भएको प्रहरीले जनाएको छ । डेरामा बस्दै आउनु भएको उहाँले कसैलाई पनि नसोधि कोठाबाट हिड्नु भएको स्थानियले बताउनु भयो । एक बालक ड््यामसाईड स्थित फेवातालमा हाम फालेको भन्ने आज दिउँसो ३ः०० बजे जानकारी हुन… पुरा पढौ

भरतपुर महानगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

चितवन, भदौ ७, भरतपुर महानगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८०र०८१ को तेस्रो चौमासिक ९चैत–असार० भएका कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । शुक्रबार भरतपुर–७ स्थित विपी कोईराला मेमोरिय क्यान्सर अस्पताल सभाहलमा भएको सार्वजनिक सुनुवाईका क्रममा वडावासीले महानगरले दिने सेवालाई थप जनमुखी बनाउन सुझाव दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले ४ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।तेस्रो चौमासिकमा गौतम बुद्ध क्रिकेट रंगशालाको टेण्डर गर्ने, भरतपुर भ्रमण वर्ष २०२४ अभियान, नारायणी तटबन्धन, सिटी हल, खानेपानी, हरियाली सडक, सिक्स… पुरा पढौ

मुलुकको समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा, ७ भदौ , गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सक्षम युवाले मात्र मुलुकको समृद्धिमा टेवा पुर्‍याउने भएकाले युवाको नेतृत्व तथा क्षमता विकासमा जोड दिनुभएको छ । पोखरा जेसीजको आयोजनामा पोखरामा आयोजित चार दिवसीय व्यापार प्रशिक्षण कार्यक्रम ‘जेसीआई नेपाल बिजनेश एकेडेमी’को शुक्रबार उद्घाटन गर्दै भट्टले युवा नेतृत्वमा जोड दिनुभएको हो । जेसीजले गर्विलो इतिहास निर्माण गर्दै युवाहरुको चम्किलो भविष्यको मार्ग कोर्ने क्रममा यस वर्ष स्वर्ण जयन्ती मनाइरहेको सन्दर्भमा उनले शुभकामना पनि व्यक्त गर्नुभयो । प्रदेश प्रमुख भट्टले भन्नुभयो ‘जीवनको सबैभन्दा सक्रिय… पुरा पढौ

तमु धिं नेपाल माछापुच्छ्रे गाउँपालिकामा दुर्गा गुरुङ

पोखरा, ७ भदौ, तमु समुदायको पुरानो एवम अग्रणी संस्था तमु धिं नेपाल माछापुच्छ्रे गाउँ पालिका भेलाले दुर्गाबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिती गठन गरेको छ । संघीय संरचना अनुसार संस्थाको संरचना बिस्तार गर्ने उद्देश्यले आयोजित संस्थागत एवम सामाजिक क्षेत्रका अगुवाहरुको भेलाले आयोजक समितिको सचिवमा प्रचण्डशक्ती गुरुङ, सदस्यहरुमा अनुप गुरुङ, सन्दिका गुरुङ, अमुल प्रसाद गुरुङ , चिज बहादुर गुरुङ, राजु गुरुङ, राकेस गुरुङ, दानबहादुर गुरुङ, बिश्वास गुरुङ र अनिस गुरुङ रहनुभएको छ । गठित आयोजक समितिले मंसिर मसान्तभित्र बृहत् कार्यक्रम… पुरा पढौ

पोखरामा बस दुर्घटनामा ट्याक्सिमा ठक्कर खादा ठुलो मानविय क्षति हुनबाट बच्यो (भिडियो सहित)

पोखरा ७, भदौं, पोखरामा आज बस दुर्घटना हुदा तीन वटा ट्यासीमा ठक्कर खादा ठुलो मानविय क्षती हुनबाट बच्न सफल भएको छ । चालकले नियन्त्रण गुमाउदा पोखरा महानगरपालिका वडा नं १७ मा स्कुल बस दुर्घटना हुँदा चालक ५४ वर्षीय दलबहादुर गुरुङ घाइते हुनु भएको छ। पोखराको नागढुङ्गास्थित न्यू मोडल सेकेण्डरी स्कुलको बस दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । घारीपाटनस्थित हिमालय आँखा अस्पतालको भित्री सडक खण्डमा ग१ क ४६६१ नम्बरको स्कुल बस दुर्घटना हुँदा स्याङ्जाको भिरकोट नगरपालिका–२ बयरघारी घर भई हाल… पुरा पढौ

पोखरामा भोली हुने ताया माचा नृत्य प्रतियोगीताको तयारी पुरा

पोखरा ७, भदौं, पोखरामा भदौ ८ गते अर्थात भोली हुने ताया मचा नृत्य प्रतियोगिता २०८१ को सम्पुर्ण तयारी सकीएको छ । नेवाः खलः कास्कीद्वारा गाईजात्रा पर्वको अवसरमा गरिने नियमित कार्यक्रम यसवर्ष नयाँबजार सास्कृतिक समितिको आयोजनामा हुन लागेको हो । प्रतियोगीतामा २८ वटा टोलीको सहभागीता रहने र ती सबै टोलीहरुलाई नाच प्रस्तुतीको समय निर्धारण गरेर बोलाईसकिएको समितिका अध्यक्ष योगेन्द्रमान बाटाजुले जानकारी दिए । प्रतियोगीता गण्डकी प्रदेश सङ्ग्रहालय रोड, शिव गणेश मार्गमा भोली विहान ८ बजेबाट सुरु हुने छ । यसअघि गत… पुरा पढौ

तराईबाट १ सय ७ रुपैया लिटरको दुुध पोखरामा लोक्कल दुध भन्दै १४० रुपैयामा बिक्रि गर्दा पोखरेली ठगिए

पोखरा, भदौ ७ , तराईबाट १ सय ७ रुपैया प्रति लिटरको दुुध पोखरामा लोक्कल दुध भन्दै १४० रुपैयामा बिक्रि वितरण हुने गरेको तथ्य सार्वजनिक भएको छ । पोखरा महानगरको बजार अनुगमन टोलीले उक्त तथ्य सार्वजनिक गरेको हो। यसरी आम पोखरेलीलाई एका तर्फ झुक्कायर तराइको दुधलाई लोक्कर भनि बिक्रि वितरण गरिएको छ भने अर्को तर्फ चर्को मुल्यमा पोखरेली ठगिनु भएको स्थानियले बताउनु भयो । पोखरा महानगरपालिकाले हालै दुध बिक्री गर्ने डेरी पसल र उद्योगमा अनुुगमन गरेको छ । दुुधमा मिसावट र… पुरा पढौ

माछापुच्छ्रेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन महायज्ञ सुरु, पहिलो दिनमै ११ लाख संकलन

पोखरा ७, भदौं, कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ खाँदरजुङ्गमा रहेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्धेश्यले श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव सुरु भएको छ । शिवालय मन्दिर व्यवस्थापन समितिले श्रीमद्भागवत महापुरारण तथा ज्ञान महायज्ञका माध्यमबाट रकम संकलन गरी घोप्टे डाँडामा विभिन्न धार्मिक संरचना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित गैराखेल मैदानमा महायज्ञ आयोजना गरेको समितिका अध्यक्ष सर्वजित गुरुङले बताउनु भयो । महायज्ञको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बिहिबार एक समारोहका बिच उद्घाटन गर्नुभयो ।… पुरा पढौ

पोखरा ९ बास्तोलाथरमा कृषि हार्ट बजार सुरु

पोखरा ६, भदौं, पोखराको महेन्द्रपूल बस्तोला थरमा साप्ताहिक कृशि हार्ट बजार को सुरुवात गरिएको छ । पोखरा ९ का स्थानिय बासिलाई फलफुल तरकारी सहुलियत मुल्यमा उपलब्ध गराउने उद्धेश्यले उक्त हार्ट बजार सुरुवात गरिएको पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताउनु भयो । तस्बिर सन्जय शाक्य पुरा पढौ

कास्कीमा डेंगू सचेतना कार्यक्रमःडेंगू परिक्षण गर्दा ६ सय भन्दा बढी लिए कार्वाही गर्ने चेतावनी

दीननाथ बराल,पोखरा, ६ भदौं, कास्कीमा डेंगूका बिरामीहरुको ङख्यामा ह्वात्तै बृद्धि भएसंगै यहाँ सचेतना मुलक कार्यक्रम सुरु भएको छ । सरकारी तथा गैर सरकारी विभिन्न संघ संस्थाले यस्तो अभियान जारी राखेका छन् । कास्कीमा डेंगू रोग नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नं.२४ कालिका गणले विभिन्न सचेतना मुलक कार्यक्रम तथा सरसफाई गर्ने भएको छ । स्थानीयहरू सँगको सहकार्य एवं सहभागितामा भोलि(शुक्रबार) बिहान ७ बजे देखि ९ः३० बजे सम्म पोखरा महानगरपालिका वडा नं.५ र ८ का विभिन्न टोलहरुमा डेंगू खोजि गरी मार्ने अभियान… पुरा पढौ