जिवनशैली पत्रिका

“अग्निदहनको” प्रचारप्रसार पोखराबाट शुरु, मंसिर ७ गते रिलिज हुँदै

पोखरा २२, कार्तिक नेपाली चलचित्र “अग्निदहनको” प्रचारप्रसार पोखराबाट शुरु भएको छ । मंसिर ७ गतेबाट हलमा प्रदर्शन हुने भएपछि सिनेमाको प्रचारप्रसारको तयारीमा निर्माण टीम जुटेको हो । चलचित्र पत्रकार संघ नेपाल कास्कीले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिनेमाका विषयमा जानकारी गराइएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको सिनेमा ६ वर्ष अगाडि छायाँकन गरिएको हो । सिनेमाका प्रस्तुतकर्ता मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोभिदशरण उपाध्यायले कार्यक्रमको शिलशिलामा आफु धादिङ पुग्दा बोक्सीका… पुरा पढौ

विश्व शान्ति स्तुपः नजिक बस दुर्घटना हुँदा दुई जना घाईते

पोखरा २२, कार्तिक, पोखरा २२ को विश्व शान्ति स्तुपः नजिक बस दुर्घटना हुँदा दुई जना घाइते हुनु भएको छ । आज दिउँसो १२ः२४ बजे पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको नव युग डान्स क्लव दाङबाट भ्रमणको लागि आएको रा १ ख २१०६ नं.को मिनी बस सडक छेउको तिजुको रुखमा अड्किदा २ जना घाइते हुनु भएको प्रहरीले जनाएको छ । दाङ तुल्सीपुर उपमहानगरपालिका ४ बस्ने १७ बर्षकी सन्ध्या रसाईली र तुलसीपुरकी १९ बर्षकी मनिषा रसाईली बस दुर्घटनामा परी सामान्य घाइते हुनु भएको हो… पुरा पढौ

पोखराको फेवाफाँटमा जुठोबुढो धान नष्ट, किसान मर्कामा

दीननाथ बराल,पोखरा २१, कार्तिक, यति वेला पोखराको फेवाफाँटका किसानहरु चिन्तित हुनु भएको छ । बर्ष भरी खाने धान आफ्नो खेतमा गवारो जातको किराले सखाप पारे पछि स्थानियहरु यति वेला निकै तिन्तामा हुनु भएको हो । पोखराको ब्राण्ड नै बनेको जुठोबुढो धान पाक्ने वेलामा एकाएक गवारो जातको प्रकोपले गर्दा फेवाफाँट क्षेत्रको धानवाली यति वेला धान झुलेर ल ह ल ह हुनु पर्ने वेलामा गवारो जातको किराले गुवो खाएर खेतको धान मात्र होइन पराल समेत राम्रो नहुने स्थानिय किसान देविलाल लामिछानेले बताउनु… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक बर्ष पछि पुनः चाइनाबाटै चाटर्ड फ्लाइट हुने

दीननाथ बराल, पोखरा २१, कार्तिक, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक बर्ष पछि पुनः चाइनाबाटै चाटर्ड फ्लाइट हुने भएको छ । नेपाल सरकारले करिब २२ अर्बको ऋणमा निर्माण गरेको उक्त विमानस्थल संचालनमा आएको करिब दुई बर्ष पुग्दै गर्दा मुस्किलले ८ वटा मात्र चाटर्ड फ्लाईटमै चिक्त बुझाउनु पर्ने बाध्ययता रहेको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ बर्ष हुदै गर्दा नियमित रुपमा अन्तराष्ट्रि हवाई उडान हुन नसके पनि यस बर्षको पहिलो चाटर्ड फ्लाई भने विहिबार हुने भएको छ । यस अघि ७… पुरा पढौ

पोखराका ४ वटा ठाँउमा छठ पर्व मनाउन झकिझकाउ पारियो

दीननाथ बराल,पोखरा २१, कार्तिक, पोखराका ४ वटा ठाँउमा छठ पर्व मनाउन झकिझकाउ पारिएको छ । बिषेश गरी तराई मधेषका समुदायलाई पोखराका विभिन्न स्थानमा छठ पर्व मनाउन सहज होस भन्ने उद्धेश्यले यस बर्ष पोखराका ४ ठाँउमा झकिझकाउ पारिएको विभिन्न छठ पुजा समितिले जनाएको छ । पोखरामा पनि तराई मधेषकै झल्को दिने गरी हर्ष र उल्लाहासका साथ यो पर्व मनाउने तयारी गरिएको नारायणथान मन्दिर स्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले पोखराक्लिकलाई बताउनु भयो । पोखरा लेकसाइड स्थित बैदामको केदारेश्वर महादेवमणि मन्दिर… पुरा पढौ

पोखरामा शनिबार हुने माउण्टेन क्रस कन्ट्री दौडमा चाइनाबाट १ सय ३४ जना धावक पोखरा आउने

दीननाथ बराल,पोखरा, २०, कार्तिक, पोखरामा शनिबार हुने माउण्टेन क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागि हुन मित्र राष्ट्र चाइनाबाट १ सय ३४ जना धावक पोखरा आउनु हुने भएको छ । तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतिय क्रस–कन्ट्री दौड प्रतियोगिता २०८१ मा सहभागि हुन चाइनाबाट १ सय ३४ जना चाइनिज धावक पोखरा आउने भएको प्रतियोगिताका मिडिया संयोजक ई.प्रतिकराज पहारीले बताउनु भयो । प्रतियोगितामा चाइनिज धावक सहित १ हजार २ सय ६१ जना धावक सहभागि हुने भएको उहाँले जनाउनु भयो । उहाँका अनुसार ५० किलोमिटरको… पुरा पढौ

पोखरामा पनि छठ पर्व धुमधामका साथ मनाउने तयारी

दीननाथ बराल, पोखरा २०, कार्तिक, पोखरामा पनि यस बर्षको छठ पर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । पर्यटकीय नगरी पोखराका मुख्य गरी चार ठाँउमा धुमधामका साथ छठ पुजा मनाउने तयारी गरिएको विभिन्न छठ पुजा समितिहरुले उल्लेख गर्नु भएको छ । पोखरा नदीपुरको नारायणथान मन्दिर परिसर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा), रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनार र कमल पोखरीमा छठ पुजा धुमधामका साथ मनाउन केही दिन देखि सरसफाई गर्न सुरु गरिएको हो । सुर्यका भक्तहरुलाई छठ पर्वको… पुरा पढौ

पोखरा ५ का पूर्व वडा अध्यक्ष एवं पृथ्बीराजमार्ग बस संचालक कम्पनीका पूर्व कोषाध्यक्ष अधिकारीको निधन

पोखरा २०, कार्तिक पोखरा महानगरपालिका वडा नम्बर ५ का पूर्व वडा अध्यक्ष, पृथ्बीराजमार्ग बस संचालक कम्पनीका पूर्व कोषाध्यक्ष एवं समाजसेवी दोर्णराज अधिकारीको निधन भएको छ । पाचन प्रणालीको समस्याले पोखराको चरक मेमोरियल हस्पिटलमा उपचारकै क्रममा उहाँको आज निधन भएको पोखरा ५ का वडा अध्यक्ष बिष्णु प्रसाद बरालले बताउनु भयो । ७२ बर्षीय अधिकारीका ४ छोरा धर्मराज अधिकारी , केशवराज अधिकारी , दामु अधिकारी, ई.बुद्धिराज अधिकारी र १ छोरी इन्दिरा अधिकारी हुनु हुन्छ । उहाँको शव यात्रा ११ः३० बजे आफ्नै निवासबाट… पुरा पढौ

भित्राउने वेलाको धानलाई क्षती पुग्ने गरी पोखरामा असिना पानी पर्यो, किसान चिन्तित

पोखरा १९, कार्तिक, यति वेला किसानहरुलाई वर्ष भरी खाने धान थन्काउन भ्याई नभ्याई हुने समयमा प्रतिकुल मौसम भई आज पोखरा क्षेत्रमा वर्षा हुँदा किसानहरु चिन्तित हुनु भएको छ । पोखराका केही स्थानमा भने हावा हुरीसंगै असिना पानी पर्दा किसानहरु मर्कामा परेको किसानहरुले गुनासो गर्नु भएको छ । पोखरा महानगपालिका वडा नम्बर २६ क्षेत्रमा सोमबार दिउँसो हावाहुरीसंगै आएको असिना पानीले थन्काउने वेलाको धानमा क्षती पुगेको सुमन ढुङगानाले बताउनु भयो । पोखरा क्षेत्रमा केही ठाँउमा धान काटेर सुकाएको(निन) रहेको छ भने केही… पुरा पढौ

पुम्दीकोटमा पर्यटकको चहल पहल

दीननाथ बराल,पोखरा १९, कार्तिक, मानव निर्मित नयाँ पर्यटकीय गन्तव्य बिशाल महादेवको मुुर्तिमा आन्तरिक तथा बाह्यि पर्यटकको चहल पहल बढेको छ । नेपालीहरुको महान पर्व तिहारको अवसरमा केही दिन देखि पुम्दीकोट क्षेत्रमा पर्यटकहरुको चहल पहल बढेको स्थानियले बताउनु भयो । पोखरा २२ पुम्दी भुम्दीको पुम्दीकोटमा रहेको बिशाल महादेवको मुर्ति सहित दृश्यावलोकनको लागि स्वदेशी तथा विदेशी पर्यटकहरुको हिजोआज चहल पहल बढेको पुम्दीकोट कोट बिकास समितिका अध्यक्ष एवं उद्योगपति चन्द्रकान्त बरालले बताउनु भयो । सार्वजनिक बिदाको दिनमा भने एकै दिनमा ५ हजार भन्दा… पुरा पढौ