पोखरामा पनि छठ पर्व धुमधामका साथ मनाउने तयारी

-


     पोखरा क्लिक     
     कार्तिक २० गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २०, कार्तिक,

पोखरामा पनि यस बर्षको छठ पर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । पर्यटकीय नगरी पोखराका मुख्य गरी चार ठाँउमा धुमधामका साथ छठ पुजा मनाउने तयारी गरिएको विभिन्न छठ पुजा समितिहरुले उल्लेख गर्नु भएको छ ।

पोखरा नदीपुरको नारायणथान मन्दिर परिसर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा), रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनार र कमल पोखरीमा छठ पुजा धुमधामका साथ मनाउन केही दिन देखि सरसफाई गर्न सुरु गरिएको हो ।

सुर्यका भक्तहरुलाई छठ पर्वको अवसरमा पोखरामै सहज ढंगबाट पुजा गर्ने वातावरण सृजना गर्न पोखराका मुख्य तीन ठाउँमा छठ पूजा समितिले सरसफाई देखि आन्तरिक व्यबस्थापनमा जुटेको नारायणथान मन्दिर स्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार यस बर्ष पोखरा क्षेत्रमै धुमधामका साथ छठ पर्व मनाउन आन्तरिक तयारी अब सोमबार देखि रंगरोगन र टेण्ट हाल्ने काम हाल भई रहेको छ ।

काम बिशेषले तथा पेशा व्यावसायीको कारण तराई मधेष क्षेत्रका समुदायले मनाउने छठ पर्व पोखरामा विभिन्न स्थानमा धुमधामका साथ मनाउन थाले पछि अधिकांश छठका भक्तहरुले पोखरामा मनाउदै आएको एनबी व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष भुनेस कुमारले बताउनु भयो । उहाँका अनुसार फेवाताल किनार क्षेत्रमा हाल सरसफाई र रंग लगाउने काम भएको छ ।

पोखराको नारायणथानको नहरबाट छठ पूजा गर्न पोखरामा सुरु भएको थियो । पोखरामा अनुकुल हुने जलाशयमा व्यबस्थित ढंगले छठ पर्व मनाउनुले पहाडी भेगका केही व्यक्तिहरु समेत यस पर्व मनाउन थालेको रामजी प्रसाद बानियाले बताउनु भयो । बुधबार पोखराका छठ घाँट क्षेत्रमा थप सरसफाई र झिलिमिलि बक्ति समेत बालिने भएको उहाँले जनाउनु भयो ।