पुम्दीकोटमा पर्यटकको चहल पहल

-


     पोखरा क्लिक     
     कार्तिक १९ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १९, कार्तिक,

मानव निर्मित नयाँ पर्यटकीय गन्तव्य बिशाल महादेवको मुुर्तिमा आन्तरिक तथा बाह्यि पर्यटकको चहल पहल बढेको छ । नेपालीहरुको महान पर्व तिहारको अवसरमा केही दिन देखि पुम्दीकोट क्षेत्रमा पर्यटकहरुको चहल पहल बढेको स्थानियले बताउनु भयो ।

पोखरा २२ पुम्दी भुम्दीको पुम्दीकोटमा रहेको बिशाल महादेवको मुर्ति सहित दृश्यावलोकनको लागि स्वदेशी तथा विदेशी पर्यटकहरुको हिजोआज चहल पहल बढेको पुम्दीकोट कोट बिकास समितिका अध्यक्ष एवं उद्योगपति चन्द्रकान्त बरालले बताउनु भयो ।

सार्वजनिक बिदाको दिनमा भने एकै दिनमा ५ हजार भन्दा बढी आन्तरिक तथा बाह्यि पर्यटकहरु पुम्दीकोटमा रहेको बिशाल महादेवको मुर्ति अवलोकन गर्न पर्यटकहरु आउने गरेको अध्यक्ष बरालले दाबी गर्नु भयो । पछिल्लो समयमा पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा परिचित भएको उक्त क्षेत्रमा पोखरा आएका करिब ९० प्रतिशत जसो पर्यटकहरु आउने गरेको अध्यक्ष बरालले जनाउनु भयो ।

पुम्दीकोट क्षेत्रको बृहत बिकास ४० करोडको परियोजना अन्र्तगत केही अधुरा कामहरु अझै बाँकी रहेको समितिले जनाएको छ । उक्त परियोजनामा पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, संघ सरकार र विभिन्न व्यक्ति तथा संघ संस्थाहरुको सहयोगमा बिशाल महादेवको मुर्ति सहितको विभिन्न भौतिक संरचना निर्माण भएको हो ।