स्वास्थ्य

तीन शिविरमा ७ सय जनाको सित्तैमा जाँच

पोखरा, १९ जेठ, कास्की र तनहुँका तीन स्थानमा भएका तीन स्वास्थ्य शिविरमा सात सय जनाको सित्तैमा जाँच गरिएको छ । गण्डकी प्रदेशकै पाहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा ती शिविर भएका हुन् । बिहीबार पोखरा २२ मा भएको शिविरमा मधुमेह र थाइराइडसम्बन्धी जाँच सित्तैमा गरिएको थियो । पोखरा लेडी जेसिजको आयोजनामा भएको कार्यक्रममको व्यवस्थापन सन्तान आइभिएफ महेन्द्रपुलले गरेको थियो ।कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले स्थानीयको टोल, टोलमै विशेषज्ञसहितको गुणस्तरीय सेवा… पुरा पढौ

प्रेस युनियनको स्थापना दिवसमा खाद्यान्न वितरण

पोखरा, १३ जेठ, नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा युनियन, कास्की शाखाले खाद्यान्न वितरण गरेको छ ।प्रेस युनियन कास्की शाखाको आयोजनामा मंगलबार पोखरा १५ टुटुंगास्थित पोखरा आरोग्य आश्रममा रहेको कुष्टरोग प्रभावितहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको हो । कार्यक्रममा युनियन, कास्कीका अध्यक्ष वासुदेव मिश्र, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारीसँगै कार्यसमितिका पदाधिकारी र सदस्यहरुले चामल, दाल, चिनी, नुन, चाउचाउ, बिस्कुट लगायत खाद्यान्न सामाग्री वितरण गरेको हो । कार्यक्रममा युनियन गण्डकी प्रदेश अध्यक्ष अधिकारीले श्रमजिवी पत्रकारको हकहितको रक्षार्थ नेपाल प्रेस युनियनले… पुरा पढौ

पोखरामा प्याराग्लाईडिङ पाइलट नै मापसे र लापसे गरेको अबस्थामा भेटिए

दीननाथ बराल,पोखरा ५, जेठ, पोखरामा साहसिक खेलकुद प्याराग्लाईडिङ पाईलटहरुको मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) को परीक्ष गर्दा एक जना मापसे र लापसे गरेको भेटिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याँमबाबु ओलीयाको नेतृत्वमा पोखरा २४ मान्द्रढुंगामा पुगेर आज उक्त परिक्षण गर्दा एक जनामा मापसे र लापसे गरेर उडान गर्ने तयारी गरिएको भेटिएको प्रहरीले जनाएको छ । पोखरा २४ घर भएका विशाल बहादुर क्षेत्रीलाई मापसे र लापसे गरेको अवस्थामा अनुगमन गरेको टोलीले फेला पारेसंगै उहाँलाई नियन्त्रणमा… पुरा पढौ

बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रमको आयोजना गरी जेसीज सप्ताहन्त कार्यक्रम हुने

दीननाथ बराल,पोखरा १, जेठ, बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रम सहित जेसीज सप्ताहन्त कार्यक्रम २०२५ हुने भएको छ । यस बर्षको जेसीज सप्ताहन्त कार्यक्रम अन्र्तगत बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रम गरी मनाइने भएको पोखरा जेसीजले आज ९विहिबार० पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । उक्त कार्यक्रम अन्र्तगत जेठ ३ गते शनिबार निःशुल्क बृहत आँखा परिक्षण शिविर, निर्णय पुस्तिका ९माईनुट० लेखन तथा वित्तिय साक्षरता तालिम, बिद्यार्थीलाई टिसर्ट वितरण, आर्थिक बिकास समवृद्धिको आधार, वर्तमान परिस्थिति सम्भावना र चुनौती बिषयक… पुरा पढौ

पोखरामा इलेक्ट्रिक माइक्रो बस (इभि) दुर्घटना हुदाँ बालक सहित ३ जनाको मृत्यु

दीननाथ बराल,पोखरा ३१, वैशाख, पोखरामा बुधबार इलेक्ट्रिक माइक्रो बस (इभि) गाडी दुर्घटनामा परी एक वालक सहित ३ जनाको मृत्यु भएको छ । इभि गाडीमा सवार धार्दिङ निलकण्ठ २ भुलभुलेका १५ बर्षिय वालक आगम गुरुङ, पोखरा २५ हेमजाकी ५१ बर्षीया झाङमाया गुरुङ र धार्दिङ खरी की ४५ बर्षीया तिलकुमारी आचार्यको उक्त गाडी दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरि बहादुर बस्नेतले पोखराक्लिकलाई बताए । धार्दिङ देखि पोखरा आउदै गरेको ग १ ज ८६३० नम्बरको इभि गाडी… पुरा पढौ

पोखरा ३२ लामेआहालमा इभि गाडी दुर्घटना हुँदा २ महिला सहित ३ जना मृत्यु

दीननाथ बराल,पोखरा ३१, वैशाख, पोखरा ३२ लामेआहालमा इभि माइक्रो दुर्घटना हुदाँ दुई महिला सहित ३ जनाको मृत्यु भएको छ । काठमाण्डौं देखि पोखरा आउदै गरेको ग १ ज ८६३० नम्बरको इभि गाडी दुर्घटना हँुदा पोखरा २५ हेमजाकी ताङमाया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य एक महिला र एक पुरुषको समेत मृत्यु भएको छ भने उहाँहरुको सनाखत हुन बाँकी रहेको जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले बताउनु भयो । २ जना गम्भिर घाइते भएको उहाँले जनाउनु… पुरा पढौ

पोखराको शान्ति स्तुपा नजिकको सडकमा बस दुर्घटना, ६ जना गम्भिर घाइते, उद्धार हुदै

दीननाथ बराल, पोखरा ३१, वैशाख, पोखरा २२ को विश्व शान्ति स्तुपाः नजिकैको सडकमा आज बस दुर्घटना हुदा ६ जना गम्भिर घाइते हुनु भएको छ । शान्ति स्तुपाको पार्किङ भन्दा थोरै माथिको सडकमा ग १ ख ३८८६ नम्बरको माइक्रो बस पल्टदा ६ जना गम्भिर घाइते हुनु भएको स्थानिय राजु क्षेत्रीले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार उद्धार कार्य हाल जारी रहेको छ । २६ जना घाइते हुनु भएको बताइन्छ । यहाँकहरुको पोखरामा उपचार गर्न ल्याईदै छ । ब्रेक फेल भएर उक्त… पुरा पढौ

मादी गाउँपालिकाको धनुवास कालिका माध्यमिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित

पोखरा, कास्कीको मादी गाउँपालिकाको धनुवास कालिका माध्यमिक विद्यालयमा हालै आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित हुनु भएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा युवा बौद्ध संघ, धर्मशीला बुद्ध विहार, पोखरा द्वारा साप्ताहिक कार्यक्रम अन्तर्गत आयोजित ल्याब परिक्षण, औषधी वितरण सहित निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित हुनु भएको मादी गाउँपालिका ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङ्गले पोखरा क्लिकलाई बताउनु भयो । प्रमुख अतिथि द्वय भिक्षु धजवन्तो तथा मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ्गले उक्त कार्यक्रमको उद्घाटन… पुरा पढौ

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाथरुममा लडेर घाइते

काठमाण्डौं, पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते हुनु भएको छ ।गएराति बाथरुममा लडेर उहाँ घाइते भएका हुनु भएको उहाँको सचिवालयले जनाएको छ । उहाँको टाउकोमा चोट लागेको कारण मेडिसिटी अस्पताल उपचार पश्चाल हाल निवासमा फर्किनु भएको छ ।उहाँको टाउकोमा केही टाँका समेत लगाइएको श्रोतले जनाएको छ । उहाँकी छोरी गंगा दाहालले आफ्नो फेसवुक स्टाटर्समा बाबुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बाथ रुममा लड्नु भएको र समान्य चोट लागेको उल्लेख गर्नु भएको छ ।… पुरा पढौ

कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाटो बनाउने काम गर्दा चट्याङ लागेर दुई जनाको मृत्यु

दीननाथ बराल,पोखरा १४, वैशाख, कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाटो बनाउने काम गर्न खटिएका दुई जना युवालाई चट्याङ लागेर मृत्यु भएको छ । कास्की अन्नपुर्ण गाउँपालिका ११ पोडे स्थित बाटो बाटो बनाउने काममा खटिएका सोलुखुम्बु सिलिङचो गा.पा. २ बस्ने ४४ बर्षका भरत पुबिर राई र सिलिङचोकै १८ बर्षका महेश राई लाई चट्याङ लागेर मृत्यु भएको कास्कीका प्रहरी पमुख एसपी श्याम बाबु ओलियाले बताउनु भयो । उक्त घटना करिब आइतबार दिउँसो १ः०० बजे भएको हो । उनीहरु सहित ९ जना उक्त स्थानमा बाटो… पुरा पढौ