स्वास्थ्य

वैशाखभर सबै जाँचमा ३० प्रतिशत छुट, न्युरोडमा थाइराइड सित्तैमा

पोखरा, ५ वैशाख, युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको उपलक्ष्यमा सबै सेवामा छुट र थाइराइड सित्तैमा जाँच गर्ने योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले वैशाखभर मुख्य कार्यालयसहित १६ वटै शाखाका सबै सेवामा ३० प्रतिशत छुट दिएको छ । नयाँ वर्षकै अवसरमा युआरएलको सभागृहचोकमा रहेको मुख्य कार्यालयमा थाइराइडसम्बन्धी रगत जाँच (टिएसएच) सित्तैमा गर्न थालिएको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले बताए । युआरएलका पोखरा महानगरमा रहेका शाखाहरु हस्पिटलचोक, विरौटा, शिशुवा, मोहोरिया, बाटुलेचौर,… पुरा पढौ

बैदेशीक रोजगार बोर्डले २१ हजारलाई तालिम दिने, विदेश जाने मध्य ५ हजारलाई

दीननाथ बराल, पोखरा ४, वैशाख., श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगत रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयको आयोजनामा पोखरामा आज (विहिबार) देखि दुई दिने रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम÷गोष्ठी सुरु भएको छ । गण्डकी प्रदेशका ११ जिल्ला सहित लुम्बिनी प्रदेशका दुई जिल्ला गुल्मी र पाल्पाका समेत रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको बोर्डले जनाएको छ । रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजकहरुलाई बढी प्रभावकारी बनाउदै हरेक टोल देखि वडासम्म विदेशमा गएका, विदेशबाट फर्कियर स्वदेश आएका,… पुरा पढौ

युनाईटेडको रक्तदानमा ४६ युनिट रगत संकलन

पोखरा, युनाईटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ । पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरि सामाजिक काम गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको हो । १५ औं वार्षिकोत्सवको अवसर पारि नयाँ वर्षको दिन बैशाख १ गते पोखरा वृद्धाश्रममा खाद्यान्न वितरण समेत सम्पन्न गरिसकेको युनाईटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा पोखराको अमरसिंहमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा… पुरा पढौ

नेपालमै पहिलो रोबोटीक गाइनिक ल्याप्रोस्कोपिक सर्जन बरिष्ठ स्त्रीरोग तथा निसन्तान बिशेषज्ञ डा.नूतन शर्मा वैशाख १३ गते पोखरामा आउने

पोखरा ३, वैशाख, नेपालमै पहिलो रोबोटीक गाइनिक ल्याप्रोस्कोपिक सर्जन बरिष्ठ स्त्रीरोग तथा निसन्तान बिशेषज्ञ डा.नूतन शर्मा यही वैशाख १३ गते पोखरामा आउनु हुने भएको छ । पोखरा ५ जिरोकिलोमिटरमा रहेको रिजनल हस्पिटल प्रा.लि.मा वैशाख १३ गते शनिबार डा. शर्मा आउनु हुने भएको हस्पिटलले जनाएको छ । बाँझोपन सम्बन्धि, ल्याप्रोस्कोपि सर्जरी, आई.भि.एफ. सम्बन्धि, बारम्बार गर्भपात समस्या भएकाहरुको लागि उपचार तथा परामर्श हुने भएको छ । रिजनल हस्पिटलसंग सहकार्य गरी पोखरा र पोखरा आसपासका सेवाग्राहीलाई पोखरामै सेवा दिने उद्धेश्यले वैशाखाको दोश्रो शनिबार… पुरा पढौ

कास्कीको रुपामा स्वास्थ्य बिमा कार्यक्रम सुरु

जया पौडल, पोखरा २, वैशाख, कास्कीको रुपा गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बिमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले बताउनु भयो । यस अघि स्वास्थ्य बिमा कार्यक्रमको सेवा लिन पोखरासम्म आउनु पर्ने बाध्यता भए पनि उक्त अस्पतालमा बिमा सेवा सुरु भएसंगै स्थानियलाई राहत हुने भएको उहाँले जनाउनु भयो । अध्यक्ष ओझाले सेवाग्राही जानकी गुरुङलाई बिरामी पुर्जा हस्तान्तरण गर्दै स्वास्थ्य बिमा कार्यक्रम सोमबार सुरुवात गर्नुभएको हो… पुरा पढौ

१५ औं वार्षिकोत्सवको अवसर पारी युनाईटेड क्लबद्धारा पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण

पोखरा , युनाईटेड क्लब पोखराले १५ औं वार्षिकोत्सवको अवसर पारी पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । सामाजिक काम मार्फत छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले वैशाख ७ गते आफ्नो वर्षिकोत्सव मनाउने योजना अनुसार त्यसको अवसरमा वैशाख १ गते पोखरा १७ सितापाइलामा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो । सो अवसरमा वोल्दै युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लब पोखराले पोखरामा पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेकाले पोखरा महोत्सवलाई सवै क्षेत्रको साथ… पुरा पढौ

मेकानिक्स परिवारका लागी स्वास्थ्य सचेतना

गण्डकी अटो मेकानिकल वक्र्स एशोसियसनमा आबद्ध मेकानिक्सका परिवारका लागी क्यान्सर रोग सम्बन्धि सचेतना सहित स्वास्थ्य परीक्षण गरिएको छ । फुजिमा आयल कम्पनी तथा गोयल ट्रेडिङ्गको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत महिलाहरुको लागी पूर्ण निःशुल्क स्वास्थ्य परीक्षण सहितको शिविर आयोजना गरीएको एशोसियसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए । महिलाहरुमा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण मार्फत क्यान्सर फैलिन नदिन स्वास्थ्य शिविर उपलब्धिपूर्ण रहेको नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुल बहादुर नेपालीले बताए । मणिपाल शिक्षण अस्पतालका महिला रोग विशेषज्ञ… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीको प्रायोजनमा सहारा क्लब पोखराको निरन्तरता

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८१’ को उदियमान खेलाडी पुरस्कार सहारा क्लब पोखराले प्रायोजन गर्ने भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २० वैशाख २०८२ मा हुने नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको वर्ष उदीयमान खेलाडीको पुरस्कार प्रायोजन सहारा क्लब पोखराले गर्ने भएको हो ।क्लबले उक्त विदामा विगत ८ बर्ष देखी निरन्तर रुपमा प्रायोजन गर्दै आएको छ । आइतबार एक कार्यक्रमका बिचमा सहारा क्लबले यस वर्ष समेत उदियमान खेलाडी पुरस्कार प्रायोजन… पुरा पढौ

लायन्स क्लब अफ पोखरा डल्फिनको शिविरबाट ६५ जना लाभान्वित

पोखरा २३, चैत, लायन्स क्लब अफ पोखरा डल्फिनको आयोजनामा शनिबार पोखरामा भएको स्वास्थ सिबिरबाट ६५ जना लाभान्वित हुनु भएको छ । पोखराको ओम हस्पिटल बास्तोलाथर तथा गोरखा मेडिकल हल महेन्पुलको प्राबिधिक सहयोगमा पोखराका विशेषज्ञ डाक्टरहरुद्वारा ६५ जना सेवाग्राहीको निःशुल्क रूपमा स्वास्थ्य परिक्षण गरिएको क्लवले जनाएको छ । क्लबका संस्थापक अध्यक्ष लायन रामबहादुर बल्कोटीको छोरा स्व.कुशल बल्कोटीको स्मृतिमा तथा क्लबको नियमित कार्यक्रम अन्तरगत उक्त कार्यक्रमको आयोजना गरिएको बताइन्छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई नेपालका डिष्ट्रीक्ट गभर्नर बिनोद… पुरा पढौ

राजावादीको आन्दोलनमा पत्रकार रजक र एक युवा मर्हजनको मृत्यु

काठमाण्ठौं १५, चैत, राजावादीको आन्दोलनको क्रममा आगजनीबाट एक पत्रकारको मृत्यु भएको छ भने एक युवाको उपचारकै क्रममा मृत्यु भएको छ । राजावादी प्रदर्शनकारीले काठमाण्डौंको तीन कुनेको एक घरमा तोडफोड गर्दै आगजनी गरे पछि फोटो तथा भिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । एभिन्यूज टेलिभिजनमा लाइभ गर्दै गर्दा उनको चौथो तलामा आगोले जलेर मृत्यु भएको बताइएको छ । नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले आगलागी भएको चौथो तलामा पत्रकार रजकको शव भेटिएको जनाए । यसैबिच,… पुरा पढौ