नेलम्बो र मादी गाउँपालिकाको सझेदारीमा २५९ जना विद्यार्थीलाई न्यानो स्वीटर वितरण

-


     पोखरा क्लिक     
     मंसिर १४ गते २०८२ मा प्रकाशित


पोखरा,

शिक्षा स्वास्थ्य र वातावरणको क्षेत्रमा क्रियाशिल सामाजिक संस्था नेलम्बो नेपालले मादीगाउँपालिकाको
समन्वय र साझेदारीमा मादी गाउँपालिकामा रहेका वडा नं. ३ र ४ का ५ वटा सामुदायिक विद्यालयमा
अध्ययन गर्ने ३ सय ५९ जना विद्यार्थीहरलाई जाडोमा लगाउँने न्यानो स्वीटर हस्तान्तरण
गरेको छ ।

मादी गाउँपलिकाको श्री सीताराम माध्यमिक विद्यालय, मंगलोदय आधार भूत विद्यालय,
विन्ध्यवासिनि आधारभूत विद्यालय, धुव्र माध्यमिक विद्यालय र नव दुर्गा आधारभूत विद्यालयमा कक्षा नर्सरी
देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो स्वीटर वितरण गरिएको उक्त कार्यक्रममा
मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङ्ग र नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले संयुक्त रुपमा
हस्तान्तरण गर्नु भएको हो ।

उक्त कार्यक्रम बीच नेलम्बो नेपालका अध्यक्ष देवकोटाले नेलम्बो नेपाल र मादी गाउँपालिका बीचको सम्बन्ध राम्रो रहेकोले सहकार्यमा काम गरिएको बताउनु भयो । उहाँले ग्रामिण भेगमा रहेका विद्यार्थीहरुलाई जाडोमा लगाउँने न्यानो स्वीटरले जाडो याममा विद्यार्थीहरुलाई पठन पाठनमा थप सहजता हुने विश्वास व्यक्त गर्नु भयो । त्यसै गरी मादी गाउँपालिकाका अध्यक्ष देवि जंग गुरुङ्गले नेलम्बो नेपालको सहकार्यमा पहिलो पटक २ वटा वडाका सम्पूर्ण विद्यार्थीहरुलाई न्यानो स्वीटर बाड्न पाउँदा
आफुहरु खुसी रहेको र आगामी वर्षहरुमा पनि सहकार्य गरी अन्य वडाहरुका विद्यालयका विद्यार्थीहरुलाई
सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले नेलम्बो नेपालले गरेको कार्य जनताहरुलेप्रत्यक्ष लाभ पाउने कार्यक्रमहरु भएको हुदाँ सहकार्यमा काम गरिएको बताउनुभयो । त्यसै गरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले नेलम्बो नेपालको कार्यक्रमबाट गाउँपालिकाका सवै जनताहरु खुसी रहेको र कार्यक्रलाई निरन्तरता दिईको बताउनु भयो । उक्त कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष विकास गुरुङ्ग, धुव्र माध्यमिक विद्यालयका प्रधानाध्यपक राम बाबु पौडेल लगाएतले नेलम्बो नेपाललाई हार्दिक
धन्यवाद व्यक्त गर्नु भयो । सो कार्यक्रमको संञ्चालन मादी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोपाल
चन्द्र वरालले सञ्चालन गर्नु भएको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले जानकारी
गराउँनु भयो ।