स्वास्थ्य

इजी ग्रुप्सको बाषिकोत्सवमा आयोजित रक्तदान कार्यक्रमबाट ६२ युनिट रक्त सङ्कलन

दीननाथ बराल,पोखरा, ३ असार, पोखराको प्रतिष्ठित इजी ग्रुप्सको ११ औं वार्षिकोत्सवको अवसरमा पोखरामा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमबाट ६२ युनिट रक्त सङ्कलन भएको छ । इजी ग्रुप्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आज (मंगलबार) आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेको इजी ग्रुप्सका अध्यक्ष राम कँडेलले पोखराक्लिकलाई बताउनु भयो । २०७१ साल असार ३ गते स्थापना भएको उक्त ग्रुप्सले व्यवसायसँगै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले संस्थाको स्थापना कालदेखि नै व्यवसायिक क्षेत्रमा सशक्त उपस्थिति जनाउँदै सामाजिक कार्यहरूमा समेत निरन्तर योगदान पु¥याउँदै… पुरा पढौ

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोडको बजेट

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङले आगामी वर्षको लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। यो बजेटमध्ये १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ चालू खर्चका लागि विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो। १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ छुट्याइएको छ, जसको हिस्सा ५९.७… पुरा पढौ

पोखरामा निःशुल्क स्वास्थ्य शिविर, दुई सय ३७ जना लाभान्वित

पोखरा,३१ जेठ, पोखरामा आज आयोजना गरिएको निःुशल्क स्वास्थ्य शिविरमा दुई सय ३७ जना लाभान्वित भएका छन् ।पोखरा महानगरपालिका वडा नं ४ को कार्यालय र नेशनल प्याथ ल्यावद्धारा गणेशटोलको शहरी स्वास्थ्य सेवा केन्द्रमा मधुमेह र मृगौला सम्बन्धी निःशुल्क जाँच गरिएको थियो । त्यसैगरी स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रममा ल्यावका तर्फबाट अन्य परीक्षणहरुमा समेत विशेष छुट प्रदान गरिएको नेशनल प्याथ ल्याब पोखरा शाखाका प्रमुख अच्युतराज अधिकारीले जानकारी दिनुभयो ।स्वास्थ्य शिविरको सोही वडाका वडाध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गर्दै उहाँले वडावासीको हितका लागि… पुरा पढौ

एयर इन्डिया उडान दुर्घटना, लण्डन जाँदै गरेको विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त

अहमदाबाद, भारत, आज ( बिहीबार ) दिउँसो भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको लण्डन ग्याटविक तर्फ उडिरहेको विमान दुर्घटना भएको छ । दुर्घटनाग्रस्त विमान बोइङ ७८७–८ ड्रीमलाइनर हो, जसको पञ्जिकरणरहेको थियो। लण्डन ग्याटविकका लागि उडेको करिब ५ मिनेटमै ‘मेघानी नगर’ आवासीय क्षेत्रमा दुर्घटना भएको भारतीय समाचार एजेन्सिहरुले जनाए । उक्त विमानमा जम्मा २४२ जना सवार थिए भने २३० यात्री र १२ चालक दलका सदस्य रहेका थिए । १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक ७ जना पोर्चुगिज नागरिक, १ जना… पुरा पढौ

पोखराको फेवातालमा प्याराग्लाइडिङ दुर्घटनाः दुई पर्यटक सहित ४ जनाको उद्धार

दीननाथ बराल,पोखरा २८, जेठ, पोखराको फेवातालमा आज(बुधबार) दिउँसो प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना भारतीय पर्यटक सहित ४ जनाको सकुसल उद्धार गरिएको छ । बुधबार दिउँसो करिब ३ः२० बजेको समयमा हावाको गति तिव्र भएको कारण दुई वटा प्याराग्लाईडिङले तालमा फोर्स ल्याण्डिङ गर्दा दुई जना पर्यटक सहित ४ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका अन्तर्गतको फेवा रेस्क्यु टावरमा खटिएको टोलीले पोखराक्लिकलाई जनाएको छ । फेवा रेस्क्यु सहित महावीर गण (रेन्जर) र नं. १ विपद् व्यवस्थापन… पुरा पढौ

तीन शिविरमा ७ सय जनाको सित्तैमा जाँच

पोखरा, १९ जेठ, कास्की र तनहुँका तीन स्थानमा भएका तीन स्वास्थ्य शिविरमा सात सय जनाको सित्तैमा जाँच गरिएको छ । गण्डकी प्रदेशकै पाहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा ती शिविर भएका हुन् । बिहीबार पोखरा २२ मा भएको शिविरमा मधुमेह र थाइराइडसम्बन्धी जाँच सित्तैमा गरिएको थियो । पोखरा लेडी जेसिजको आयोजनामा भएको कार्यक्रममको व्यवस्थापन सन्तान आइभिएफ महेन्द्रपुलले गरेको थियो ।कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले स्थानीयको टोल, टोलमै विशेषज्ञसहितको गुणस्तरीय सेवा… पुरा पढौ

प्रेस युनियनको स्थापना दिवसमा खाद्यान्न वितरण

पोखरा, १३ जेठ, नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा युनियन, कास्की शाखाले खाद्यान्न वितरण गरेको छ ।प्रेस युनियन कास्की शाखाको आयोजनामा मंगलबार पोखरा १५ टुटुंगास्थित पोखरा आरोग्य आश्रममा रहेको कुष्टरोग प्रभावितहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको हो । कार्यक्रममा युनियन, कास्कीका अध्यक्ष वासुदेव मिश्र, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारीसँगै कार्यसमितिका पदाधिकारी र सदस्यहरुले चामल, दाल, चिनी, नुन, चाउचाउ, बिस्कुट लगायत खाद्यान्न सामाग्री वितरण गरेको हो । कार्यक्रममा युनियन गण्डकी प्रदेश अध्यक्ष अधिकारीले श्रमजिवी पत्रकारको हकहितको रक्षार्थ नेपाल प्रेस युनियनले… पुरा पढौ

पोखरामा प्याराग्लाईडिङ पाइलट नै मापसे र लापसे गरेको अबस्थामा भेटिए

दीननाथ बराल,पोखरा ५, जेठ, पोखरामा साहसिक खेलकुद प्याराग्लाईडिङ पाईलटहरुको मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) को परीक्ष गर्दा एक जना मापसे र लापसे गरेको भेटिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याँमबाबु ओलीयाको नेतृत्वमा पोखरा २४ मान्द्रढुंगामा पुगेर आज उक्त परिक्षण गर्दा एक जनामा मापसे र लापसे गरेर उडान गर्ने तयारी गरिएको भेटिएको प्रहरीले जनाएको छ । पोखरा २४ घर भएका विशाल बहादुर क्षेत्रीलाई मापसे र लापसे गरेको अवस्थामा अनुगमन गरेको टोलीले फेला पारेसंगै उहाँलाई नियन्त्रणमा… पुरा पढौ

बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रमको आयोजना गरी जेसीज सप्ताहन्त कार्यक्रम हुने

दीननाथ बराल,पोखरा १, जेठ, बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रम सहित जेसीज सप्ताहन्त कार्यक्रम २०२५ हुने भएको छ । यस बर्षको जेसीज सप्ताहन्त कार्यक्रम अन्र्तगत बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रम गरी मनाइने भएको पोखरा जेसीजले आज ९विहिबार० पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । उक्त कार्यक्रम अन्र्तगत जेठ ३ गते शनिबार निःशुल्क बृहत आँखा परिक्षण शिविर, निर्णय पुस्तिका ९माईनुट० लेखन तथा वित्तिय साक्षरता तालिम, बिद्यार्थीलाई टिसर्ट वितरण, आर्थिक बिकास समवृद्धिको आधार, वर्तमान परिस्थिति सम्भावना र चुनौती बिषयक… पुरा पढौ

पोखरामा इलेक्ट्रिक माइक्रो बस (इभि) दुर्घटना हुदाँ बालक सहित ३ जनाको मृत्यु

दीननाथ बराल,पोखरा ३१, वैशाख, पोखरामा बुधबार इलेक्ट्रिक माइक्रो बस (इभि) गाडी दुर्घटनामा परी एक वालक सहित ३ जनाको मृत्यु भएको छ । इभि गाडीमा सवार धार्दिङ निलकण्ठ २ भुलभुलेका १५ बर्षिय वालक आगम गुरुङ, पोखरा २५ हेमजाकी ५१ बर्षीया झाङमाया गुरुङ र धार्दिङ खरी की ४५ बर्षीया तिलकुमारी आचार्यको उक्त गाडी दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरि बहादुर बस्नेतले पोखराक्लिकलाई बताए । धार्दिङ देखि पोखरा आउदै गरेको ग १ ज ८६३० नम्बरको इभि गाडी… पुरा पढौ