कास्की

पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपमा विभागीय टोली हावी

पोखरा, ११ असार, पोखरामा सोमवारदेखि शुरु भएको पाँचौं गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिप अन्तरगत मंगवारका खेलमा विभागीय टोली हावी भएका छन् । पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगिताका खेलहरुमा विभागीय डर्बीको नेपाली सेनाले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गर्यो । नेपाली सेनाका लागि दीपेन्द्र अयर प्रदीप राजवंशी, राजेन्द्र कार्कीले गोल गरेका थिए । सो खेलमा नेपाली सेनाका रोशन चौधरी प्लेयर अफ द म्याच भए । यसैगरी अर्को खेलमा नेपाल प्रहरीले कोशी प्रदेशलाई ४–१ गोल अन्तरले पराजित… पुरा पढौ

पठाओ, टुटल, ईनड्राईभ मोवाईल एप मार्फत यात्रु ओसारपसार गरेको आरोपमा पोखरामा २६ सवारी साधनलाई कार्वाही

दीननाथ बराल,पोखरा १०, असार, पोखरामा पठाओ, टुटल, ईनड्राईभ जस्ता मोवाईल एप मार्फत यात्रु ओसारपसार गरेको आरोपमा २६ वटा सवारी साधनलाई कार्वाही भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा क्षेत्र भित्र निजी तथा सार्वजनिक सवारी साधनहरुले दर्ता नगरी अनधिकृत मोवाईल एप मार्फत यात्रु ओसारपसार गरेको आरोपमा ४ वटा ट्याक्सी सहित २६ वटा सवारी साधनलाई नियन्त्रणमा लिदै कार्वाही गरिएको कास्की प्रहरीले जनाएको छ । गण्डकी प्रदेश यातायात व्यबस्था कार्यालय कास्कीको दर्ता नगरी… पुरा पढौ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको बजेट ६५ करोड ६५ लाख

पोखरा १०, असार कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को लागि रु. ६५ करोड ६५ लाख २५ हजार ५ सय को बजेट ल्याएको छ । माछापुच्छ्रे गाउँपालिकाको १५ औं गाउँसभामा सोमबार उपाध्यक्ष सिता अधिकारीले उक्त बजेट प्रस्ताव गर्नु भएको हो । यस अघि पालिकाका अध्यक्ष मिन प्रसाद गुरुङले आउदो बर्षको नीति तथा कार्यक्रम प्रस्तुतः गर्नु भएको थियो । बजेटको पूर्णपाठ सहित । माछापुच्छ्रे गाउँपालिका, लाहाचोक, कास्की बजेट वक्तव्य आर्थिक वर्ष 208१।08२ सभाध्यक्ष ज्यू, गाउँसभा सदस्य ज्यूहरु,      आज हामी यस… पुरा पढौ

गरिमा विकास बैंक लिमिटेड र नाट्टा गण्डकी प्रदेशबीच सम्झौता

     गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गर्नुुभएको छ । सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई पाँच वर्षसम्म पाँच लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराइने नाट्टा गण्डकी प्रदेशका… पुरा पढौ

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड ३२ लाख

पोखरा, असार १० पोखरा महानगरपालिले आर्थिक २०८१÷८२ का लागि रु। ७ अर्व ५१ करोड ३२ लाख ८३ हजार को बजेट प्रस्ताव गरेको छ । पोखरा महानगरको १५ औँ नगर सभामा पोखरा महानगरका उपप्रमुख मञ्जुुदेवी गुुरुङले बजेट पेश गर्दै संघीय सरकार अनुदानवाट रू ४ अर्व २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानवाट रू ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयवाट रू १ अर्व ५५ करोड ५१ लाख ४० हजार व्यहोरिनेछ बताउनुुभयो । त्यसै गरी संघीय राजश्व बाडँफाँटबाट रू… पुरा पढौ

कास्कीको रुपा गाँपालिकाको बजेट घट्यो, ४८ बाट घटेर ४६ करोडमा झर्यो

पोखरा १०, असार, कास्कीको रुपा गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ४६ करोड ७६ लाख ८२ हजार रुपैयाँको बजेट प्रस्तुतः गरेको छ । गाँउपालिकाको आइतबार भएको १५ औँ गाउँ सभामा उपाध्यक्ष लालसुब्बा गुरुङले उक्त बजेट प्रस्तुत गर्नु भएको हो । चालु आर्थिक बर्ष भन्दा आउँदो आर्थिक बर्ष २०८१÷०८२ को लागि करिब ३.७२ प्रतिशक कम बजेट प्रस्तुतः भएको हो । चालु आर्थिकमा ४८ करोड ५७ लाख भएको बजेट आउदो बर्षको भने घटेर ४६ करोड ७६ लाखमा खुम्चिएको हो । बजेटको… पुरा पढौ

फेवा एमआरआईबाट ‘थ्री टि एमआरआई’ सेवा शुरु

पोखरामा फेवा एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरले ‘थ्री टि एमआरआई’ उपकरणबाट सेवा दिन शुरु गरेको छ । फेवा एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरले पोखरा ८ मा ‘थ्री टि एमआरआई’ मसिन सञ्चालनमा ल्याएको हो । थ्रीटी एमआरआई उच्च प्रविधिमा आधारित रहेको र रोगको अवस्था पहिचान गर्न सजिलो हुने सेन्टरका अध्यक्ष डा मदन थापाले जानकारी दिए । उनले अहिले उपलब्ध इमेजिङ प्रविधिमध्ये यो एमआरआई मसिन सबैभन्दा शक्तिशाली हो । शरीरको आन्तरिक भागको तस्वीर हेर्न एमआरआई गर्ने प्रयोग गर्ने गरिन्छ । यसका लागि एमआरआईमा चुम्बक… पुरा पढौ

पोखरामा अनुुभव बाँड्दै अन्तराष्ट्रिय ख्यातीप्राप्त सेफ थापा

पोखरा, ९ असार, नेपालको पाँचतारे सोल्टी होटेल हुँदै हाल स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा सेफको भूमिकामा रहनुुभएका तनहुँका अर्जुुनबहादुर थापाले आफ्ना अनुुभवलाई पोखरामा होटेल व्यवस्थापन विषयमा अध्ययनरत छात्रछात्रालाई सुनाउनुुभएको छ ।चार दशकदेखि सेफ पेसामा आवद्ध उहाँले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी यसको विकासमा योगदान पुर्याउनुभएको छ नै उहाँको सफलता र अनुुभव यतिखेर नेपालमा होटेल व्यवस्थापनका कक्षा पढ्दै गरेका विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेका छन् । नेपाल सेफ एशोसिएसनका संस्थापक सदस्य एवम् हाल इन्टरनेशनल नेप्लीज सेफ सोसाइटी युकेका… पुरा पढौ

मणिपाल शिक्षण अस्पतालको नक्सा पास सन्र्दभमा कर छुट दिने निर्णय उल्टिदा महानगरले करिब १९ करोड राजश्व संकलन गर्ने दाबी

दीननाथ बराल, पोखरा ९, असार, पोखरा महानगरपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकले गज्जवको निर्णय गरेको छ । कोभिड पछि देशमा आर्थिक मन्दिका कारण राजश्व संकलनमा हस आएका वेला पोखरा महानगरले भने अघिल्लो बर्ष राजश्व परामर्स समितिले गरेको निर्णय उल्टाउदै महानगरलाई करिब १९ करोड राजश्व संकलन गर्ने बाटो खुलाएको हो । आइतबार बसेको कार्यपालिकाको बैठकले मणिपाल अस्पतालको नक्सा पासको बिषयमा यथार्थ विवरण ल्याउनको लागि पहिलाको निर्णय उल्टाएसंगै छानविन समिति गठन भएको पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सीनाले बताउनु भयो । उहाँका अनुसार पोखराको… पुरा पढौ

माउन्ट अन्नपूर्ण मा.वि. नदीपुरमा ओलम्पिक दिवसको अवसरमा आयोजित बास्केटबल खेल सम्पन्न

विश्व ओलम्पिक दिवस २०२४ को अवसरमा पोखरा नदीपुर स्थित माउन्ट अन्नपूर्ण मा.वि.ले बास्केटवल सहितका विभिन्न प्रतियोगिता आयोजना गरी मनाएको छ । वि.सं २०८० सालमा एस.इ.इ. दिएर बसेका विद्यार्थीहरूको समयलाई सदुपयोग गर्ने उद्देश्यले तीन दिने विविध कार्यव्रmमहरूको आयोजना गरिएको कार्यव्रmम संयोजक तथा विद्यालयका शैक्षिक निर्देशक अशोक शाहीले बताउनु भयो । असार ६ गते सम्पन्न भएको उक्त बक्Œाृत्वला प्रतियोगितमा कुल २२ विद्यालयमा छात्रा ३२ र छात्र १२ गरी जम्मा ४४ विद्यार्थीहरू सहभागी भएका थिए । बर्तमान समयमा ओलम्पिक खेलको भूमिका शीर्षकमा दुबै… पुरा पढौ