दीननाथ बराल,
पोखरा १०, असार,
पोखरामा पठाओ, टुटल, ईनड्राईभ जस्ता मोवाईल एप मार्फत यात्रु ओसारपसार गरेको आरोपमा २६ वटा सवारी साधनलाई कार्वाही भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा क्षेत्र भित्र निजी तथा सार्वजनिक सवारी साधनहरुले दर्ता नगरी अनधिकृत मोवाईल एप मार्फत यात्रु ओसारपसार गरेको आरोपमा ४ वटा ट्याक्सी सहित २६ वटा सवारी साधनलाई नियन्त्रणमा लिदै कार्वाही गरिएको कास्की प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेश यातायात व्यबस्था कार्यालय कास्कीको दर्ता नगरी चलाईएका विभिन्न एपहरुको प्रयोग गरी यात्रुहरु ओसार पसार गर्न नदिने भन्ने निर्देशनानुसार खटिएको प्रहरी टोलिले अनधिकृत रुपमा विभिन्न मोवाईल एप प्रयोग गरी दर्ता तथा अनुमति नलिई यात्रुहरु ओसार पसार गर्दै गरेको अबस्थामा २ पाङ्ग्रे सवारी साधन (मो.सा.÷स्कुटर) – २२ ओटा र चार पाङ्ग्रे सवारी साधन (ट्याक्सी) – ४ ओटा गरी जम्मा २६ ओटा सवारी साधनहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ ।
नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई मिति सोमबारदेखि अब उप्रान्त दर्ता नगरी सञ्चालन नगर्ने गरी एक पटकलाई सम्झाई बुझाई गरी सम्बन्धित सवारी धनिहरुलाई सवारी साधन जिम्मा लगाईएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताउनु भयो ।
यसैबिच, पठाओ, टुटल, ईनड्राईभ जस्ता मोवाईल एपबाट पोखरामा सवारी साधन संचालन गर्नु भएको एउटा टोलीे सोमबार पोखराको चिप्लेढुंगा, न्यूरोड, पोखरासभागृह लगायतका क्षेत्रमा बिरोध गर्दै मोटरसाइकल तथा स्कुटरको र्याली प्रदर्शन गर्नु भएको थियो ।