कास्की

सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनिय ः मन्त्री थापा

सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले बताएका छन् । नेपाल स्काउटको ७३ औं स्थापना दिवसका अवसरमा प्रदेश स्काउट कार्यालय गण्डकी र प्रदेश मिलन स्काउट क्रियु पोखराले आयोजना गरेको दोस्रो एडभेन्चर फेस्ट—२०८१ को समापन कार्यक्रममा आज बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले बालबालिकाका लागि स्काउटले प्रदान गर्दै आएको शिक्षा उपयुक्त रहेको उल्लेख गरे । “समाजमा नैतिक शिक्षाको अभाव हुँदै गएको समयमा स्काउटले बालबालिकालाई नैतिक शिक्षा प्रदान गर्नु सह्रानिय काम… पुरा पढौ

स्वस्थ जीवनशैलीका लागि योग र साधना अपरिहार्य छ मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हरेक ब्यक्तिकालागि योग र साधना सँधै अपरिहार्य रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय दूतावासको आयोजनामा पोखरामा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै उनले भने ‘आजको दिनमा योगको महत्व झनै धेरै छ, तनावबाट मानिसलाई मुक्त गराउन योग, ध्यान र साधन जरुरी छ ।’ योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ । योगले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत पुग्ने मुख्यमन्त्री… पुरा पढौ

गोरखकाली रबर र भृकुटी कागज कारखाना पुनः सञ्चालनमा ल्याउन माग

पोखरा, ७ असार, गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले गोरखास्थित गोरखकाली रबर उद्योग र नवलपुरस्थित भृकुटी कागज कारखाना पुनः सञ्चालनमा ल्याउन उनले माग गरेका छन् । शुक्रबार आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेकपा एमाले सांसद केसीले प्रदेशका दुई ठूला उद्योग बन्द रहेको र यसमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । ‘मुख्यमन्त्रीज्यूकै गृहजिल्लाको उद्योग हो । यसलाई पुनः सञ्चालन गर्न सके दीर्घकालमा प्रदेशलाई लाभ हुन सक्छ,’ उनले थपे, ‘संघ सरकारले हेर्ने भएपनि यो उद्योग पुनः सञ्चालनका लागि प्रदेश सरकारको… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय आर्चरी पहिलो दिन कास्कीको बर्चश्व

गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको पहिलो दिन र्‍याकिङ राउण्डमा कास्कीले बर्चश्व कायम गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला आर्चरी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा कास्कीले उत्कृष्ट सुरुवात गरेको हो । पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा सुरु भएको प्रतियोगितामा कास्कीका अशिम शेरचनले ¥याकिङ राउण्डमा ६०४ अंकका साथ पहिलो स्थान बनाउँदा एक अंकले पछि रहेका कास्कीका सुमन गुरुङ ६०३ अंकका साथ दोस्रो स्थानमा रहेका छन् । त्यस्तै बागलुङका मुकेश रोक्का ५७९ अंकका प्राप्त गर्दै तेस्रो स्थानमा रहेका… पुरा पढौ

पोखरामा स्केटबोर्ड प्रतियोगिता

पोखरा, ७ असार नेपाल स्केटबोर्ड संघको आयोजनामा पोखरामा शुक्रबार ११ औं जिल्ला स्तरीय खुल्ला स्केटबोर्ड प्रतियोगिता भएको छ ।विश्व स्केटबोर्ड दिवसको अवसरमा आयोजित प्रतियोगितामा समिर भण्डारी प्रथम भए । सुमित गुरुङ द्वितिय र अनिस गुरुङ तृतिय भएको प्रतियोगिता संयोजक तारानाथ अधिकारीले जानकारी दिए । प्रथम भएका समिरले स्केटसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । द्वितिय भएका सुमितले स्केट ट्रक र तृतिय बनेका अनिसले सेफ्टी प्याडसहित मेडल र प्रमाणपत्र हात पारे । प्रतियोगिता संयोजक अधिकारीका अनुुसार स्केटबोर्ड ट्रिक्समा पेम्थिलिङ शेर्पा प्रथम,… पुरा पढौ

पोखरा १३ लाई हेमजा भेट्रान्स कपको उपाधि

असार, ७ हेमजा हेमजा भेट्रान्स कपको उपाधि पोखरा १३ ले हात पारेको छ । शुक्रवार भएको फाईनल खेलमा वडा न १३ ले १२ लाई ३–० गोल अन्तरले पराजित गदै बिजेत बन्यो । खोलको ७ औं मिनेटमा नरेन्द्रजगं गुरुङले पहिलो गरे । साथै राजकुमार गुरुङले खेलको ६२ र ६६ औं मिनेटमा गरि थप २ गोल गर्न सफल भए । वडा न।१२ ले उप–विजेतामा नै चित्त बुझायो । प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार ११ र उप–बिजेताले ५५ हजार ५ सय… पुरा पढौ

विश्व बैङ्कको आर्थिक सहयोगमा तेस्रो सडक स्तरोन्नति परियोजना सम्झौता

पोखरा, ०७ असार विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे ९जनजागृती मा वि० तगारेगौडा–तल्लो गगनगौडाँ सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आसिस निर्माण सेवा प्रा।ली भरतपुरसँग सम्झौता भएको हो । ३९० दिनमा निर्माण सम्पन्न गर्ने गरी पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र निर्माण कम्पनीका प्रतिनिधि बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । विश्व बैङ्कको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँ लागत सहयोगमा… पुरा पढौ

कास्कीका  संचालित बिकास आयोजनाहरूको   प्रगती समिक्षा

असार ७ ,पोखरा कास्कीका बिकास  आयोजना सम्बद्घ कार्यालयहरूका प्रमुखहरू संग चालू आर्थिक बर्ष २०८० – ८१ का संचालित बिकास आयोजनाहरूको   प्रगती समिक्षा  कार्यक्रम सम्पन्न भएको छ। समिक्षामा कास्कीमा सन्चालित राष्ट्रिय गौरवका  आयोजनाहरूको बित्तिय र भौतिक प्रगती सहित आयोजनामा भएका कठिनाई र निराकरणका उपायका सम्बन्धमा छलफल गरिएको पौडेल जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनुभयो। समिक्षामा प्रमुख पौडेलले  कठिनाइहरूको निराकरणमा केन्द्रीत हुन आग्रह  गर्दै समयमा आयोजना सम्पन्न गर्नुको बिकल्प नभएको उल्लेख गर्नुभयो। समिक्षामा बहुबर्षिय आयोजनामा अति न्यून बजेट बिनियोजित… पुरा पढौ

कञ्चन क्यापिटलको पाँचौं वार्षिकोत्सव

कञ्चन क्यापिटल प्रालिले पाचौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । छैटौं वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरेको थियो । सोही अवसरमा मंगलबार गरिएको रक्तदानबाट ५६ युनिट रगत संकलन भएको प्रालिका अध्यक्ष विमलमान गुभाजूले जानकारी दिए । मानव जीवन रक्षाका निम्ति रक्तदान प्राथमिकतामा परेको उनले बताए । बुधबार सम्मान, पुरस्कारसहित वार्षिकोत्सवको मुख्य कार्यक्रम रहेको अध्यक्ष गुभाजुले बताए । कार्यक्रममा ‘कृष्णमान स्मृति उत्कृष्ट कर्मचारी–२०८१’ बाट मञ्जु भण्डारी र निर्मला गुरुङ श्रेष्ठ पुरस्कृत भएका थिए । प्रालिमा… पुरा पढौ

गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जित्यो

घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जितेको छ । पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९।३ ओभरमा सबै १० विकेट गुमाउँदै १०७ रन मात्रै जोड्न सक्यो । यता जवाफी व्याटिङका लागि उत्रिएको स्याङजा ३९ बल बाँकी छंदै ४ विकेटको क्षतीमा १११ रन बनाउँदै उपाधि जितेको हो । उपाधि संगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।… पुरा पढौ