केदारेश्वर महादेवमणि सेवाश्रमको १० औं अधिवेशन सम्पन्न

-


     पोखरा क्लिक     
     असार ९ गते २०८१ मा प्रकाशित


oplus_2

पोखरा असार ८,

केदारेश्वर महादेव मणि सेवाश्रम समितिको १९ औं साधारणसभा तथा १० औं अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै महामण्डलेश्वर अनन्तश्री विभुषित गलेश्वर आश्रमका पीठाधीश स्वामी आत्मानन्द गिरीजी महाराजले मानवको पूर्णता शिक्षामा मात्र नभएर धर्म र सस्कार सहितको शिक्षामा रहेको बताउनुभयो । निरक्षर आमाबुवाले धर्म संस्कार र संस्कृति धान्दै आएको स्मरण गराउँदै अहिलेका शिक्षित व्यक्तिहरु लोभलालचमा फस्दै गएर धर्म संस्कार संस्कृति हराउँदै गएको बताउनुभयो । गण्डकी प्रदेश सभा सदस्य माननीय विन्दु पौडेलले राप्रपाले हिन्दु राष्ट्रको मुद्धा बोकेर हिडेको बताउँदै देशभरका मठमन्दिरका लागि बजेट विनियोजनको पहल भईरहेको बताउनुभयो ।

पोखरा महानगरपालिकाका वडा नम्वर ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले मन्दिरको विकासका लागि आफुले सक्दो पहल गरेको बताउनुभयो । रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले विभिन्न धार्मिक संघसंस्थामा आफ्नो भावी पुस्तालाई पनि लिएर आउनुपर्नेमा जोड दिर्दै धर्म संस्कार र संस्कृतिले अनुशासिन जीवन जिउन सहज हुने बताउनुभयो । केदारेश्वर महादेवमणी सेवा आश्रमका पिठाधिश चिद्घन चैतन्य महाराजको अध्यक्षतामा भएकोकार्यक्रममा तालबाराही आरती सेवा समितिका पुर्व अध्यक्ष गिरीराज अधिकारी, मुलथोक टोल विकास संस्थाका अध्यक्ष सरोज अधिकारी, मितेरी नारी समुहका अध्यक्ष सिता भट्टराई, आजीवन सदस्य वद्री थापा, हिरु पुन लगायतले बोल्नुभएको थियो । संस्थाका वरिष्ठ उपाध्यक्ष दयानन्द पोख्ररेल (शंकर ) ले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव खिमबहादुर पहारी र सहसचिव मातृकाराज घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा सचिव खिमबहादुर पहारीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद बस्ताकोटीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । केदारेश्वर महादेवमणी सेवाश्रम समितिले हरेक वर्ष गरिने बोलबम जल यात्रा यस क्षेत्रकै प्रमुख पर्वको रुपमा परिचित भईसकेको छ भने महाशिवरात्री पर्वमा विशेष प्रहर पुजा संचालनका साथै सामुहिक व्रतवन्ध, महर्षी फाउण्डेशनको सहयोगमा दैनिक रुपमा रुद्राभिषेक, साप्ताहिकरुपमा आरती, गीता जयन्ती विशेष कार्यक्रम, हरिबोधनी एकादशीका दिन फुल तार्ने, बाला चतुर्दशीका दिनमा मन्दिर परिसरमा शतविज छर्ने, बसन्त पञ्चमीमा विशेष पुजा साथै जनैपूर्णिमाका दिन श्रवणी उपाकर्म (जनैमन्तर्ने) सामुहिक रक्षावन्धन गर्ने गराउने कार्यक्रम हुदै आएको छ । समितिद्धारा संचालित गुरुकुलमा ८० जना बटुकहरु अध्ययनरत छन् ।

अधिवेशनले पीठाधीश चिद्घन चैतन्य महाराजको अध्यक्षतामा १५ सदस्यीय समिति चयन समेत गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा मिना भटराई, उपाध्यक्षमा तुमला श्रेष्ठ, सचिव ओमनाथ अधिकारी, सहसचिव मातृकाराज घिमिरे, कोषाध्यक्ष रामप्रसाद बस्ताकोटी, सहकोषाध्यक्ष सुशिला अधिकारी र सदस्यहरुमा तारादेवी कुँवर, ईश्वरी पराजुली, बामदेव बस्ताकोटी, पद्मा आचार्य, सूर्य प्रसाद भण्डारी, सुशिला भट्टराई, सरोज अधिकारी र तारा आचार्य रहनुभएको छ ।