कास्की

गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिताको तयारी पुरा

गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिताको तयारी पुरा भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यावस्थापनमा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको हो । प्रतियोगितामा पुरुषतर्फ ८ जिल्ला र महिला तर्फ ६ जिल्ला गरी कूल १४ टिमको सहभागिता रहने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ । पुरुषतर्फ म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा, तनहुँ, गोरखा र नवलपुरको सहभागिता रहेको छ भने महिलातर्फ म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा र नवलपुरको सहभागिता हुने भएको छ ।… पुरा पढौ

मलेसियामा टूर अपरेटरसँग टेवानको अन्तरक्रिया

पोखरा, ६ असार पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ ।पोखराको पर्यटन प्रवद्र्धनको कार्यक्रम लिएर १० दिनअघि मलेसियासहित विभिन्न देशको भ्रमणमा निस्केको टोलीले बिहीबार मलेसियामा टूर अपरेटरसँगको अन्तरक्रिया गर्दै पोखरा घुम्ने निम्तो दिएको हो । अन्ततक्र्रियामा करिब २५ टूर अपरेटरले भाग लिएका थिए । टेवान अध्यक्ष कमला गिरीले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको जनाउँदै पोखरा र समग्र गण्डकी क्षेत्रको पर्यटकीय सम्भावना, गन्तव्य र अवसरबारे जानकारी दिएकी थिइन् । उनले नेपाल सर्वोच्च शिखर सगरमाथा र… पुरा पढौ

गण्डकीको बजेटमा गडबड, सरकारले स्पष्ट जवाफ दिन नसक्दा संसद बैठक स्थगित

पोखरा ६ असार गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१–०८२ का लागि प्रस्तुत गरेको बजेटमा गडबड भएको प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएको छ । बिहीबार प्रदेश सभामा बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै एमाले प्रदेश सभा सदस्य लिलबहादुर थापा मगरले बजेटमा भएको गडबडका सम्बन्धमा विभिन्न विषय उठान गर्नुभएको थियो । उहाँले बजेटमा देखिएको कमजोरीका कारण सरकार र अर्थमन्त्रीप्रति नैतिकताको संकट देखा परेको दावी गर्नुभयो । सरकारले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक… पुरा पढौ

नेकपा एसले महाधिवेशनका लागि छान्यो प्रतिनिधि, कास्कीबाट चुनिए २१ जना

नेकपा एकीकृत समाजवादीले आफ्नो १० औँ महाधिवेशनका लागि देशै भरिबाट प्रतिनिधि छनौट गरेको छ । यही आषाढ १६ गते देखि २० गते सम्म काठमाण्डौमा हुने महाधिवेशनका लागि मुलुक भरिबाट एक हजार आठ सय बढी प्रतिनिधि सहभागी छनौट भएका हुन् । यसैबिच गण्डकी प्रदेशका ११ जिल्लाबाट पनि प्रतिनिधिहरू छानिएका छन् । पार्टीले आषाढ ५ गते मुलुकभरि एकै पटक प्रतिनिधि चयन गर्ने कार्यपालिका बनाएको थियो । जस अनुसार गण्डकी प्रदेशका ११ जिल्लाबाट ७५ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको पार्टीका गण्डकी अध्यक्ष… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट ः नवलपुरको लगातार दोस्रो जित

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट समुह ‘बी’को खेल रोचक मोडमा पुगेको छ । समुह ‘बी’को बुधबार स्याङजा र नवलपुरका बीच हुने खेल रोचक मोडमा पुगेको हो । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी मंगलबारको पहिलो खेल भारी वर्षाका कारण रद्ध भए संगै बलियो मानिएको स्याङजाले पर्वत संग अंक बाँडन बाध्य भएको छ भने दोस्रो खेलमा नवलपुरले गोरखा विरुद्ध १२५ रनले जित निकालेको छ । नवलपुरले लगातार दुबै खेल जित्दै कुल ४ अंकका साथ समुहमा पहिलो स्थान बनाएको छ भने स्याङजा… पुरा पढौ

हेमजा भेट्रान्स कपमा पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश

हेमजा भेट्रान्स कपमा पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा पोखरा १२ ले ६ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १२ ले ५–४ गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । उक्त खेलको म्यान अफ दि म्याच पोखरा ६ का बिष्णु बहादुर लामिछाने भए । त्यस्तै आज नै भएको दोस्रो खेलमा पोखरा १३ ले ५… पुरा पढौ

खुल्ला स्क्वासमा सृष्टिका उदास विजयी

पोखरामा सम्पन्न खुल्ला स्क्वास प्रतियोगितामा पुरुषतर्फ आभन श्रेष्ठ तथा महिला तर्पm सृष्टिका उदास विजयी बनेका छन् । अन्र्तराष्ट्रिय ओलम्पिक डेको अवसरमा स्क्वास र्याकेट एसोसिएसन कास्की द्धारा आयोजित प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ ८ जनाप्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विजेता तथा उपविजेतालाई पदकप्रदान गरिएको थियो । प्रतियोगितमा महिला तर्फ उपविजेता समिक्षा ठकुरी, पुरुषतर्फ नवराज श्रेष्ठ भएका थिए । यसैगरि महिलातर्फ निष्ठा श्रेष्ठ र अपेक्षा अधिकारी, पुरुषतर्फ आरभ श्रेष्ठ र राजु श्रेष्ठले कास्य पदक जितेको कास्की जिल्ला स्क्वास र्याकेट एशोसिएसनका अध्यक्ष… पुरा पढौ

मादीका पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम

गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ । ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ कृयाशिल भिटोफ गण्डकीले गाउँ पर्यटनको प्रवद्र्धन र विकासलाई जोड दिदै यही असार २ गतेदेखि ४ गतेसम्म तीन दिने आवाशीय तालिम दिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुुभयो । उहाँका अनुसार तालिममा मादी गाउँपालिका अन्तर्गतका पर्यटकीय गाउँहरू सिक्लेस, ताङतिङ, याङ्जाकोट, ठूलास्वाँरा, थामल्हाम्जा, लम्तरी डाँडा, बयरघारी लगायतका स्थानका स्थानीय सहभागी थिए… पुरा पढौ

गोकुलधामलाई माछापुच्छ्रेको नगद दश लाख सहयोग

पोखरा महानगरपालिका वडा नं.१४ बाच्छिवुडुवा ९वात्सायन क्षेत्र. मा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम ९गौशाला० लाई माछापुच्छ्रे बैकंले नगद रु।१० लाख सहयोग प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग प्रदान गरिएको निर्देशक रोशन के।सीले बताउनुभयो । उहाँका अनुसार सडकमा छोडिएका पशुचौपायहरुलाई व्यवस्थापन गरी पालनपोषण गरिरहेको राष्ट्रिय परोपकार महासङ्घको पवित्र कार्यमा बैङ्कका तर्फबाट सहयोग गरिएको हो । छाडा पशु चौपायाको व्यवस्थापनले सडक सुरक्षामा पुग्ने अवरोधलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने के।सीको विश्वास छ । गौशालालाई उक्त सहयोग उपलब्ध गराएर… पुरा पढौ

ओलम्पिक दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रम हुने

दीननाथ बराल,पोखरा ३, जेठ, ओलम्पिक दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम हुने भएको छ । ओलम्पिक दिवसको अवसरमा पोखरामा विभिन्न संघ संस्थाहरुले विभिन्न खेल सहितका गतिविधि आयोजना गर्दै ओलम्पिक दिवस मनाउने भएको नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले बताउनु भयो । यसै सन्दर्भमा पोखरा नदीपुरको माउण्ट अन्नपूर्ण माबिमा चौथो संस्करणको एसईई छात्रछात्रा लक्षित बास्केटवल सहितका विभिन्न प्रतियोगिता आयोजना हुने भएको उहाँले जनाउनु भयो । शिक्षासंगै खेलकुदको बिकास गराउने उद्वेश्यले ओेलम्पिक दिवसको अवसरमा बास्केटवल प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिता… पुरा पढौ