कास्की

‘अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप’ सुरु

पोखराको हेमजामा शनिबार देखि अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ सुरु भएको छ । “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा सुरु भएको प्रतियोगिताको वडा न।२५ हेमजाका अध्यक्ष एवं महानगर प्रवक्ता मोतिलाल तिम्सिनाले उद्धघाटन गरे । उद्धघाटन खेलमा आयोजक वडा नं२५ हेमजालाई ०–२ गोलको अन्तरले पछि पार्दै वडा न।१ बगरले विजय सुरुवात गरेको छ । खेलको ३४ औं मिनेटमा वडा नं १ बगरका राजु तामाङले पहिलो गोल गरे ।… पुरा पढौ

पोखरामा सिटि बस पार्क र लामेआहालमा क्षेत्रिय बस पार्क बनाउनु पर्छः मन्त्री थापा

दीननाथ बराल, पोखरा ३२, जेठ, गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले पोखरामा सिटि बस पार्क र पोखरा ३२ मा पर्ने लामेआहालमा क्षेत्रिय बस पार्क बनाउनु पर्ने बताउनु भएको छ । पोखरा ९ मा रहेको सहारा बाल आधारभूत बिद्यालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई ज्ञापन एवं बिद्यार्थीहरुलाई ट्याकसुट वितरण कार्यक्रममा बोल्दै मन्त्री थापाले पोखरामा व्यबस्थित बसपार्क आवश्यक भएको बताउदै पोखरा पृथ्बीचोकमा सिटि बसपार्क र पोखरा ३२ को लामेआहालमा भने क्षेत्रिय स्तरकै बसपार्क बनाउनु पर्ने आवश्यक भएको बताउनु भएको… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट कास्कीको बिजयी सुरुवात

गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिताका कास्कीले बिजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा शुक्रबारबाट सुरु भएको खेलमा बागलुङलाई ३७ रनले पराजित गरी बिजयी सुरुवात गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १६२ रन बनायो । कास्कीका मुस्कान थापाले चार चौका र एक छक्का प्रहार गर्दै ३७ रनको योगदान दिए भने अर्जुन कुमालले आक्रमक पारी खेल्दै २४ बलमा सात चौकाको सहयोगले ३६ रन बनाए । त्यस्तै अभिषेक थापाले २९ बलमा एक… पुरा पढौ

अमेरीकामा हुने युवा नेतृत्वमा मदरल्याण्ड माविका ४ विद्यार्थी

अमेरीकाको वासिङ्टन डीसी र क्यान्सस शहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्याण्ड माविका ४ विद्यार्थी जान लागेका छन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिब लक्ष्मी कुमारी बस्नेतले अबिर र माला लगाएर विदाइ गरिन् । मदरल्याण्ड माविमा कक्षा १० मा अध्ययनर कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापनमा अध्ययरत सुबिज्ञा नेपाल र विज्ञान संकायमा अध्ययरत रबिना पौडेल जान लागेका हुन् । उनीहरु अमेरिकी दुतावास नेपालले सञ्चालन गरेको प्रतिष्पर्धामा उत्कृष्ट भई छनौट भएका थिए । नेपालभरबाट १६… पुरा पढौ

यु–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ११ स्वर्णसहित बागमती प्रथम, लुम्बिनी दोश्रो गण्डकी तेश्रो

दीननाथ बराल, पोखरा, ३१ जेठ, यु–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०८० मा बागमती प्रदेश प्रथम भएको छ । ३० वटा स्वर्ण पदकको लागि पोखरामा भएको ६ खेलको प्रतिष्प्रर्धामा बागमतीले ११ स्वर्ण, ६ रजत र ७ कास्य सहित २४ पदक जित्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो । त्यसै गरी प्रतियोगितामा लुम्बिनी प्रदेश दोश्रो र घरेलु टिम गण्डकी प्रदेश तेश्रो भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद, गण्डकीको संयुक्त आयोजनामा बुधबार देखि पोखरामा संचालन भएको ‘यू–१५… पुरा पढौ

नीति कार्यक्रममा सञ्चार छुट्नु बलण्डर मिस्टेक, सरकारले माफी माग्नुपर्छ खगराज अधिकारी

पोखरा ३१ जेठ, नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा आमसञ्चारको विषय कतै उल्लेख नभएकोमा गम्भीर आपत्ति जनाउनुभएको छ । बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै उहाँले सरकारले माफी माग्नुपर्ने तहको कमजोरी गरेको बताउनुभयो । मुख्यमन्त्रीसँगै भएको मन्त्रालयको विषय १ सय ९१ बुँदे नीति तथा कार्यक्रममा कतै नहुनुलाई सामान्य भन्न नसकिने उहाँको भनाई छ ।‘मिस्टेक त होइन होला सरकार लोकतन्त्रको पनि अत्यन्त… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत बास्केटवलमा बागमतीलाई २ स्वर्ण, गण्डकीलाई २ रजत

दीननाथ बराल,पोखरा ३१, जेठ, पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल प्रतियोगितामा बागमती प्रदेशले २ वटा स्वर्ण पदक जितेको छ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा आज भएको छात्र तर्फको फाइनल खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ३१ का बिरुद्ध ३७ स्कोरले पराजित गर्दै उपाधि सहित स्वर्ण पदक जितेको हो । बागमतीको जितमा प्लान्जल बस्नेतले १७ स्कोरको योगदान दिनु भयो भने गण्डकीका सौभाग्य पुनले १२ स्कोर गर्नु भएको थियो । पहिलो क्वाटरमा बागमती प्रदेश गण्डकीसंग ४–७ स्कोरले पछि पर्दा दोश्रो क्वाटरमा… पुरा पढौ

कास्कीमा ६३ कुकुरको निशुल्क बन्ध्याकरण

पोखरा, जेठ ३१, भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्कीको आयोजनामा कुकुरको निशुल्क बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ ।घरपालुवा तथा छाडा कुकुर गरी ६३ कुकुरको बन्ध्याकरण गरिएको सो कार्यालयका सूचना अधिकारी सहदेव पौडेलले जानकारी दिनुभयो । सोही अवसरमा कुकुरलाई रेविजबिरुद्धको खोप पनि लगाइएको थियो । बन्ध्याकरणको लागि दैनिक आउने चापलाई व्यवस्थापन गर्न क्रमश शिविर संचालन गरिरहेको पौडेलले बताउनुभयो । बन्ध्याकरण गरिएको मध्ये १७ वटा भाले र ४६ पोथी कुकुर रहेको उहाँले बताउनुभयो । शिविरमा स्याङ्जा, तनहुँ र कास्कीका कुकुर समेत… पुरा पढौ

टेबलटेनिसमा जयस्नुलाई तीन स्वर्ण

बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बिहीबार ३ स्वर्ण जितेका छन् । उनले ब्वाइज सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते । पोखरा रंगशालास्थित कभर्डहलमा भएको ब्वाइज सिंगल्स फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८–११, ११–५, ११–२ र ११–६ को सेटमा पराजित गरे । कोशीका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्री तेश्रो भए । गल्र्स सिंगल्समा बागमतीकी नर्मदा खाइतु च्याम्पियन बनिन् । उपाधि भिडन्तमा नर्मदाले कोशीकी सुलेखा ठाकुरलाई ११–९, ४–११, ११–५ र १३–११ को सेटमा हराइन् । बागमतीकाद्वय सुरम्य… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता,बास्केटवलको लिग चरणका खेलहरु सम्पन्न, गण्डकी सेमिफाइनलमा प्रबेश

दीननाथ बरालपोखरा ३१, जेठ पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । पोखरा रंगशालाको बास्केटबल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा हिजो र आज बिहान गरी लिग चरणका खेलहरु सम्पन्न भएको रेफ्रि संयोजक सुनिल लामाले बताउनु भयो । छात्र तथा छात्रा तर्फको सेमिफाइनल र फाइनल खेल नै आजै हुने भएको छ । छात्रा तर्फको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेश बिच हुने भएको छ भने दोश्रो… पुरा पढौ