कास्की

गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट स् नवलपुर र स्याङजाको जित

गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट अन्तर्गत नवलपुर र स्याङजाले जित निकालेका छन् । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी समुह ‘बी’ को खेलमा उनीहरुले जित निकालेका हुन् । नवलपुरले पर्वत विरुद्धको खेलमा ६ विकेटले जित हात पारेको छ । वर्षाका कारण ५ ओभर घटाइएको खेलमा टस जितेर पारीको सुरुवात गरेको पर्वतले ७ विकेटको क्षतीमा ९३ रन बनायो । पर्वतका लागि रितिक थापाले २९ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए भने अमृत गुरुङले १५ बलमा… पुरा पढौ

पोखरा २६ को योजना महिलाले छनौट गर्ने

लेखनाथ÷असार ०३, पोखरा महानगरपालिका वडा नं. २६ ले आगामी आर्थिक बर्ष २०८१÷०८२ का योजना छनौट गर्ने जिम्मा महिलाहरुलाई दिएको छ । वडा भित्र रहेका विभिन्न आमा तथा महिला समूहलाई आगामी आर्थिक बर्षको योजना छनौट गर्ने जिम्मा दिईएको वडाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । मातृशक्तिमा समन्यायिक बजेट विनियोजन र आवश्यकता पहिचान गर्ने क्षमता हुने भएकाले योजना छनौटको जिम्मा दिइएको अध्यक्ष थापाले बताए । वडा भित्रका महिला तथा आमासमूहलाई एक करोडको बजेट सिलिङ भित्र सवैलाई समेट्ने गरी योजना ल्याउन अध्यक्ष थापाले आग्रह… पुरा पढौ

कास्कीका सीडिओ र एसपीको स्वागत र सम्मान

पोखरा, ३ असार होटल संघ पोखरा नेपालले कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । सोही अवसरमा संघले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान पनि गरेको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्दै विविध विकृति नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रहरी प्रमुख थापालाई सम्मान गरिएको हो । प्रहरी प्रमुखका रुपमा थापाले पोखरा भित्रिंदै गरेका पर्यटकलाई गैरकानूनी रुपमा स्कर्टिङ गरी उनीहरुलाई दुःख र हैरानी दिने गिरोहलाई निस्तेज पारेको संघका अध्यक्ष… पुरा पढौ

दोस्रो मदरल्याण्ड एसईई कप फुटसलको उपाधि भद्रकाली माविलाई

पोखरा, २ असार, पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनलमा गोगन माविलाई हराउादै उपाधि सहित नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्न सफल भयो । उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त… पुरा पढौ

हेमजा भेट्रान्स कपको दोस्रो दिन ३ खेल सम्पन्न

असार २ हेमजा । हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को दोस्रो दिन ३ खेल सम्पन्न भएको छ । जस्मा वडा न. ६ ले वडा न. १५ लाई २–० र वडा न.१० ले वडा नं २० लाई ३–१ र वडा नं २५ ले वडा नं २९ लाई ५–२ को गोल अन्तरले अग्रता निकालदै वडा न ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश गरेको छ । भोलि पहिलो… पुरा पढौ

भरतपोखरीको प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल संचालन गर्न आग्रह

असार २ ,पोखरा, लैङ्गिक हिंसा ब्यबस्थापन सल्लाहकार समिति कास्कीको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले लैगिक हिंसा प्रभाबितहरूको लागि अल्पकालिन आवास गृह एबम प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल संचालन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ। पोखरा महानगरपालिका वडा न ३३ भरतपोखरीको आमा चौरमा प्रदेश सरकारको लगानिमा भवन निर्माण सम्पन्न भए पनि केन्द्र संचालनमा आउन नसकेको प्रती समितिको गम्भीर ध्यानाकर्षण भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेललेजिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर… पुरा पढौ

गण्डकी प्रदेशको बजेट गत बर्ष भन्दा ४४ करोड ८७ लाखले कमी,भौतिक पूर्वाधारमा ३८.५ प्रतिशत बजेट

दीननाथ बराल , गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷०८२ को लागि अघिल्लो बर्षको तुलनामा ४४ करोड ८७ लाख कम बजे प्रस्तुतः गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैया बराबरको बजेट विनियोजन गरेको हो । उक्त बजेट चालु आर्थिक बर्षको भन्दा केही कम भएको शनिबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री डा.टकराज गुरूङले बताए । उक्त बजेटको पूँजिगत तर्फ ५९.१९ प्रतिशतले १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजारको बजेट… पुरा पढौ

प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट स् कास्की र तनहुँको लगातार जित

गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँले लगातार जित निकालेका छन् ।पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन पनि कास्की र तनहुँले आ–आफ्नो खेल जितेका हुन् । शनिबारको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दी विरुद्ध सहज ७ विकेटले जित निकाल्दा तनहुँले बाग्लुङ विरुद्ध कठिन जित निकालेको छ । जितका लागि १२४ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम दुई बल बाँकी हुँदा तनहुँले जित निकालेको हो । पहिलो खेलमा म्याग्दीले टस जितेर ब्याटिङको पारीको सुरुवात गर्दै १८।५ ओभरमा १० विकेट गुमाउँदै… पुरा पढौ

‘शिक्षासँगै संगीत’लाई लैजान पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको दोश्रो संस्करण हुने

पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा आगामी भदौ १४ र १५ गते खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । दुई दिनसम्म हुने कार्यक्रम पोखरा सभागृह हलमा हुने जनाइएको छ । ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक हर्कराज गुरुङ (भाई)ले जानकारी… पुरा पढौ

पचभैयाँको शिविरमा तीन सयको सित्तैमा जाँच

नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखा वेगनासको आयोजना र युआरएल शिशुवाको प्राविधिक सहयोगमा पचभैयाँमा शनिबार भएको शिविरमा ३ सय ५ जनाको सित्तैमा जाँच गरिएको छ । शिविरमा सहभागीको युरिक एसिड र रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको हो । कार्यक्रममा वरिष्ठ बाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ डा रामकृष्ण गिरीले वाथ रोग लाग्नुका कारण, लक्षण, उपचार प्रक्रिया आदिबारे प्रकाश पारे । उनले उनले बाथ रोगलाई बेवास्ता गरेकुँजिने, अपांगता हुने सक्ने र जीवन निकै कष्टकर बन्ने औंल्याए । डा गिरीले… पुरा पढौ