कास्की

विन्ध्यवासिनीलाई नौमती बाजा

पोखरा १४ असार लक्ष्मी सनराईज वैंकले वाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई नौमती बाजा हस्तान्तरण गरेको छ । परम्परागत लोक संस्कृति सहित बाजाको संरक्षण तथा पर्वद्घन गर्ने हेतुले बाजा हस्तान्तरण गरिएको वैंकका वगर शाखा कर्जा अधिकृत विकास आचार्यले जानकारी दिए ।नरसिगा, सनाई, दमाहा, ट्याम्को सहित नौ थान बाजा सेट वैंकका प्रदेश प्रमुख उज्वल वैद्य, क्षेत्रिय अप्रेशन अफिसर राजु भण्डारी, विजनेश म्यानेजर सुनिता राणाले विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, सह प्रधानाध्यापक राम वहादुर वाँनिया, भेषराज पौडेल,… पुरा पढौ

आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक ः मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुुकुुमार थापाले आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक रहेको बताएका छन् । शुक्रबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले आयोजना गरेको तीन महिने सीप विकास तालिमको समापन कार्यक्रममा बोल्दै उनले युवा जनशक्तिहरुलाई श्रम बजार अनुुकुलको ज्ञान र सीपको आवश्यकता रहेको बताएका हुन् । “सीपले आत्मनिर्भर बनाउछ, स्वरोजगार बन्न प्रेरित गर्छ । आशा छ, प्रदेश सरकारले उपलब्ध गराएको तालिमले सहभागी सबै युवाहरु लाभन्वित हुनुुभयो । स्वरोजगार… पुरा पढौ

पोखरामा सेलवेजका विरौटा र प्रस्याङमा नयाँ शाखा

पोखरा, १४ असार सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा थप शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको छ । सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ प्रस्याङमा शाखा विस्तार गरेको हो । दुई शाखा थपिए सगँ पोखरामा १० शाखा पुगेका छन् । सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको छ । सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले बताए । विरौटा देखी छोरेपाटन, पुम्दीभुम्दीलाई लक्षित गरि विरौटा शाखा… पुरा पढौ

सारथी केन्द्रले कोशेली घर सञ्चालन गर्ने

असार १४, पोखरा, सारथी केन्द्रले पोखरामा कोशेली घर सञ्चालनमा ल्याउने भएको छ । केन्द्रले राष्ट्रिय स्तरको सृष्टि क्रियसन कोशेलीघर सञ्चालन गर्न लागेको हो । कोशेलीघरमा स्थानियस्तर मा उत्पादित हस्तकला, घरेलु तथा कृषिजन्य उत्पादन राखिने केन्द्रका अध्यक्ष शान्ती उदास श्रेष्ठले जानकारी दिनुभएको छ । कोशेलीघर सञ्चालनका लागि अहिले उत्पादनका नमुना संकलन कार्य हुँदैछ । शुक्रबार असार १४ गते सारथी केन्द्रको कार्यलय नदिपुरमा विहान ११ बजेदेखि दिंउसो १ बजे सम्म उत्पादनको नमुना संकलन गरिने छ । साना उद्यमीहरुलाई आफ्नो उत्पादन सहित बिटुबि… पुरा पढौ

मदरल्याण्ड माविका १० विद्यार्थी सहित कास्कीका ९ वटा बिद्यालयबाट २१ जना बिद्यार्थीले ल्याए ४ जिपिए

दीननाथ बराल, पोखरा १३, असार, बिहिबार सार्बजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० मा कास्कीबाट २१ जना विद्यार्थीले मात्र ४ जिपिए ल्याउन सफल हुनु भएको छ । कास्कीका ९ वटा बिद्यालयबाट २१ जना बिद्यार्थीहरुले ४ जिपिए ल्याउन सफल हुनु भएको शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका इकाई प्रमुख लोकनाथ आचार्यले बताउनु भयो । उहाँका अनुसार कास्कीका ९ वटा बिद्यालयहरु मध्य मदरल्याण्ड माविका १० जना बिद्यार्थीहरुले ४ जिपिए ल्याउन सफल हुनु भएको हो भने डिज्नील्याण्ड बोर्डिङ स्कुलबाट ३ जनाले समेत ४ जिपिए… पुरा पढौ

निरमाया दोहोरी साँझ २० वर्षमा प्रवेश, एक साता वार्षिकोत्सव मनाउने

पोखरा, १३ असार, दोहोरी साँझको क्षेत्रमा छुट्टै छवि जमाएको निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिले विशेष सांगीतिक कार्यक्रमको आयोजना गरी २० औं वार्षिकोत्सव मनाउने भएको छ । पोखराको चिप्लेढुंगामा सञ्चालनमा रहेको दोहोरी साँझले यही १५ गतेदेखि २० गतेसम्म विविध सांगीतिक कार्यक्रम गरी वार्षिकोत्सव मनाउने निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिका सञ्चालक सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार ६ दिनसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकार एवं नियमित कलाकारहरुको विशेष प्रस्तुती रहनेछ । वार्षिकोत्सवको अवधिभर बेलुकी साढे ७ बजेदेखि… पुरा पढौ

पर्यटन क्षेत्रको माग र शिक्षणसंस्थाको उत्पादनमा मेल खाएन

पोखरा, असार १२, गण्डकी प्रदेशमा मात्र करिब एकहजार होटल छन । त्यस्तै दुइसय हाराहारीमा रेस्टुरेन्ट छन । होटल र रेस्टुरेन्ट बाहेक ट्राभल, ट्रेकिङ, प्याराग्लाइडिङ लगायतका सयौं पर्यटकीय उद्योग संचालनमा छन, जहाँ हजारौंले रोजगार पाएका छन ।ठूलो जनशक्तिले हाल पर्यटन क्षेत्रमा रोजगार पाइरहँदा त्यो अझै अपुग रहेको पर्यटन क्षेत्रकै गुनासो छ । मागेजति र खोजेजति दक्ष जनशक्ति नपाएको व्यावसायीले बताउने गरेका छन् । जनशक्ति अभाव हुँदै गए पर्यटन क्षेत्र थप जोखिममा पर्नसक्ने पनि उनीहरुको चिन्ता छ । पर्यटन व्यावसायीका अनुसार अहिले… पुरा पढौ

सिपलाई व्यवहारमा उतार्न अपरिहार्य–अध्यक्ष शाही

गण्डकी, १३ असार, पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले आर्जित ज्ञान र सिपलाई व्यवहारमा उतार्नु पर्ने बताउनु भएको छ । शुभकामना आमा समुहको आयोजना एवम् सारथी केन्द्र पोखराको सहकार्यमा आयोजित मलमलको वुटिक जुत्ता बनाउने सिपमूलक तालिमको समापन समारोहमा बोल्दै उहाँले महिलाहरु उद्यमशिल बन्नुपर्ने बताउनुभयो । संवैधानिक हक अधिकारको उपयोग गर्दै थप अधिकारीका लागि निरन्तर अघि बढ्नु पर्ने बताउँदै उहाँले महिलाहरु आर्थिकसंग जोडिएर सामाजिक सेवामा लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । महिलाहरु उत्पादनसंग जोडिनु पर्ने अपरिहार्य भएको उल्लेख… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीको महाशाखा प्रमुखमा आचार्य

प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुखको रुपमा राम प्रसाद आचार्यलाई पाएको छ ।स्थापनाको तीन वर्ष पछि परिषदले आचार्यलाई महाशाखा प्रमुखको रुपमा पाएको हो । नेपाल शिक्षा सेवाको अधिकृतस्तर दशौं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट सरुवा भएका हुन् । विभिन्न जिल्ला शिक्षा कार्यालयहरुमा समेत रहेर कर्मचारी सेवामा २९ वर्षे सेवाको अनुभव प्राप्त गरेका आचार्य यस अघि प्रदेश निति तथा योजना आयोगको सचिब संगै राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणमा समेत कार्यरत रहिसकेका छन् । पििरषदको संगठन संरचनाअन्तर्गत १६ जना स्थायी कर्मचारी… पुरा पढौ

कास्कीले जित्यो गण्डकी प्रदेशस्तरीय कबड्डीको उपाधि

कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ । पोखरामा बिहिबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि जितेको हो । उपाधि बिजेता कास्कीले नगद रु ५० हजारसहित, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा तनहुँले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा सेमीफाइनलमा तनहुँले बाग्लुङलाई ४५–४३ को झिनो अंकको जित हात पार्दै फाइनल प्रवेश गर्दा कास्कीले म्याग्दीलाई ४१–२८ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा तृतिय हुने दुई टिम म्याग्दी… पुरा पढौ