मनोरन्जन

पोखरामा आधुनिक प्रविधिसहित पोखरा सभागृह अब पुनःनिर्माण हुने तयारीमा

पोखरा, वैशाख १२, करिब चार दशकअघि २०४४ सालमा निर्माण गरिएको पोखरा सभागृह अब आधुनिक प्रविधिसहित पुनःनिर्माण हुने भएको छ। जीर्ण अवस्थामा पुगेको यस ऐतिहासिक संरचनालाई करिब २९ करोड रुपैयाँको लागतमा रेट्रोफिटसहित नयाँ स्वरूप दिइने तयारी गरिएको हो। पोखरा महानगरपालिकाले परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ भने छिट्टै टेण्डर प्रक्रियामा जाने योजना बनाएको छ। मेयर धनराज आचार्यका अनुसार नगर विकास कोष र महानगरपालिकाको साझेदारीमा लगानी गरिनेछ, जसमा सहुलियतपूर्ण ऋणसमेत प्रयोग गरिनेछ । नयाँ डिजाइनअनुसार सभागृहमा अन्डरग्राउन्ड पार्किङको सुविधा हुनेछ,… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौडलाई नयाँ ब्राण्डका रूपमा स्थापित गर्न सुझाव

पोखरा, १२ वैशाख, “जाग्छ पोखरा, दौडाउँछ पोखरा” मूल नाराका साथ पोखरामा गत चैत्र २८ गते आयोजना पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) प्रतियोगिता २०८३ लाई पोखराको नयाँ ब्राण्डका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन् । शनिबार पोखरा–१७, दोबिल्लास्थित सहारा एकेडेमी परिसरमा आयोजित समीक्षा तथा शुभकामना एवं मैत्रिपूर्ण फुटबल कार्यक्रममा सहभागी वक्ताले प्रतियोगितालाई अझ व्यवस्थित, प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको बनाउन सुझाव दिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले पत्रकारहरूलाई नयाँ र… पुरा पढौ

नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई तर्साउने दुई युवक प्रहरीको नियन्त्रणमा

पोखरा, पोखरामा नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई तर्साउने दुई युवक प्रहरीको नियन्त्रणमा परेका छन्। कास्की प्रहरीले सिमलचौर क्षेत्रमा हतियार देखाएर डरत्रास फैलाएको सूचनापछि ती युवालाई समातेको हो। पक्राउ पर्नेमा ३२ वर्षीय सुवास कायस्थ र ३१ वर्षीय सुरज कायस्थ रहेका छन्, जो हाल पोखरा–८ सिमलचौरमा बस्दै आएका थिए। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूको डेरामा खोजतलास गर्दा नक्कली पेस्तोल, त्यसको कभर, दुई थान नोक र रडबाट बनेको स्लाइड स्टिक बरामद गरेको जनाएको छ । स्थानीयलाई धम्क्याएको गुनासो आएपछि प्रहरी तुरुन्तै सक्रिय… पुरा पढौ

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता बस्ने, राजनीतिक भेटघाट समेत हुदै

दीननाथ बराल,पोखरा, १२ वैशाख, पूर्व राजाः ज्ञानेन्द्र शाह शुक्रबार पोखरा आएसंगै उहाँ दुई साता पोखरामा रहनु हुने भएको छ । शुक्रबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि विमानस्थल बाहिरसम्म विभिन्न संघ–संस्थाका प्रतिनिधि र समर्थकहरूले उहाँलाई स्वागत गर्नु भएको थियो । उहाँका समर्थकहरुले “राजा आउ देश बचाउ” र “हाम्रो राजा हाम्रो देश” जस्ता नारा लगाउँदै स्वागत गर्नु भएको थियो । पूर्वराजा शाह पोखराको लेकसाइडस्थित सोल्टी होटल पोखरामा बस्ने कार्यक्रम रहेको छ । उक्त होटलमा एक साता रहने बताइएको छ । पोखरा बसाइँ… पुरा पढौ

माछापुच्छ«े गाउँपालिकामा सबै वडामा निःशुल्क आँखा शिविर, २ हजार बढी लाभान्वित

पोखरा, कास्कीको माछापुच्छ«े गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । माछापुच्छ«े गाउँपालकिा, कास्कीको आयोजना श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानको संयोजन तथा व्यवस्थापनमा पालिकाका नौ वटै वडामा शिविर सञ्चालन भएको हो । हिमालय आँखा हस्पीटल र आई केयर फाउण्डेशनको सहयोगमा भएको उक्त शिविर माछापुच्छ«े गाउँपालिकाका सबै वडामा सञ्चालन भएको हो । नौ वटै वडामा भएको शिविरमा २ हजार जनाले आँखा परिक्षण गराएका थिए । ती मध्ये ३ सय ९३ जनामा मोतियाबिन्दु देखिएकोमा तत्काल १ सय ३२ जनाको शल्यक्रिया गर्नुपर्ने भएको छ… पुरा पढौ

सहारा एकेडेमीमा शनिबार मैत्रीपूर्ण फुटबल हुने

पोखरा ११, वैशाख, पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजना तथा सहारा क्लब पोखराको सहकार्यमा पोखरामा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । पोखरा–१७ दोबिल्लास्थित सहारा फुटवल एकेडेमीको खेल मैदानमा शनिबार बिहान ९ः३० बजे हुने खेलमा पोखरा क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व, उद्योगी व्यवसायी, पर्यटन तथा खेलकुदकर्मी, जनप्रतिनिधि, सहारा क्लव एवं आयोजकको सहभागिता रहने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । २६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त एकेडेमीले बालबालिकाको खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउँदै क्लबका उपाध्यक्ष एवं एकेडेमी संयोजक विनु… पुरा पढौ

वैवाहिक बर्षगाँठको अवसरमा पोखरा वृद्धाश्रममा भोजन

गण्डकी, ११ वैशाखा, परम्परागतरुपमा वैवाहिक बर्षगाँठ तारे होटल वा भड्किलो कार्यक्रम गरेर मनाउने चलनमा पछिल्लो समय केही परिवर्तन देखिएको छ । व्यक्तिगत खुशीलाई समाजिक उत्तरदायित्वसंग जोड्दै पोखराका पत्रकार घनश्याम पाण्यडेले आप्mनो वैवाहिक जीवनको २५ औ बर्षगाँठ पोखरा वृद्धाश्रमका जोष्ठनागरिसंग मनाउनुभएको हो । समाजका विपन्न, असहाय तथा अपहेलित अवस्थामा रहेका ५० जना जेष्ठ नागरिकका लागि बिहानको खानाको व्यवस्था गर्नुभएको हो । जीवनको उत्तरार्धमा सहारा र अपनत्वको खोजीमा रहेका जेष्ठ नागरिकहरुसंग समय विताउँदै उनीहरुको सेवा गर्नुले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको वृद्धाश्रमका अध्यक्ष… पुरा पढौ

भद्रकाली क्याम्पसमा खेलकुद सुरु

पोखरा १० वैशाख, भद्रकाली बहुमुखी क्याम्पस परिसरमा उत्साह र उमंगका बीच विहीवारदेखी वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ। क्याम्पस सञ्चालन समितिका अध्यक्ष जय प्रसाद सापकोटाले भलिबलका प्रमुख रेफ्री दिलीप गुरुङलाई बल हस्तान्तरण गरेर खेलकुद सुरु गरिएको हो । क्याम्पस प्रमुख नवराज रेग्मीले विद्यार्थीहरूलाई हार्दिकताका साथ खेलकुदमा सहभागी हुन र कार्यक्रमलाई सफल बनाउन अनुरोध गरे । वैशाख १०, ११ र १४ गते गरी तीन दिनसम्म सञ्चालन हुने यस खेलकुद कार्यक्रममा छात्र छात्रा दुवै समूहका लागि भलिबल, बास्केटबल, फुटसल, डोरी तान्ने र… पुरा पढौ

सुस्मिताले भारतमा किक बक्सिङ खेल्ने

पोखरा, मुआथाइमा चम्किरहेकी नेपाली खेलाडी सुस्मीताले भारतमा प्रोफेसनल किक बक्सिङ खेल्ने भएकी छन् । सुस्मिताले आगामी मे ९ मा के–वान फाइट खेल्ने भएकी हुन् । भारतको गुजरातमा पुराना राजदरवारियाहरुको आयोजनामा रोनिन फाइट च्याम्पियनसिपका आयोजना हुँदैछ । व्यवसायिक उक्त फाइटमा सुम्तिाले आरती खत्रीसंग भिड्ने भएकी हुन् । किक बक्सिङ मिश्रित उक्त फाइट सुस्मिताको लागि नयाँ अनुभव हो । यसले सुस्मितालाई व्यवसायिक मुआथाइको यात्रा थाइल्याण्डसम्म पु¥याउन मद्धत गर्ने उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीले बताए । के–वान फाइटमा किक बक्सिङको भन्दा केहि फरक हुनेछ… पुरा पढौ

सर्वेश्वर व्यवसायी समितिको रक्तदानमा ६५ युनिट रगत संकलन, नया वर्षको अवसरमा शुभकामना आदानप्रदान र भित्तेपात्रो विमोचन

पोखरा, बैशाख १०, सर्वेश्वर व्यवसायी समिति पोखराको आयोजनामा विहीबार भएको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको छ । पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर मार्ग–पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिको आयोजना तथा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले गरेका थिए । सो अवसरमा नया वर्ष २०८३ साल प्रवेशको अवसरमा शुभकामना अदानप्रदान गरिनुका साथै नया वर्ष २०८३ को भित्तेपात्रो विमोचनसमेत गरिएको थियो । भित्तेपात्रो प्रकाशनको संयोजन समितिका बरिष्ठ उपाध्यक्ष विशाल… पुरा पढौ