मनोरन्जन

विश्व बैंकको सहयोगमा हालै निर्माण भएको शिशुवा–खुदीखोला सडक उद्घाटन

पोखरा, १० वैशाख, पोखरा महानगरपालिका वडा नं.३० शिशुवादेखि शिसाघाटसम्मको सडक खण्ड अन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्मित उक्त सडकको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । सो अवसरमा नगर प्रमुख आचार्यले पोखरा विकास साझेदारहरूको लगानी र परियोजना सञ्चालनका लागि प्राथमिकतामा रहेको बताउनुभयो । “हामी आइसकेपछि नेपालमा जति पनि विकास साझेदारहरू… पुरा पढौ

लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण

लेखनाथ, ०९ बैशाख , लेखनाथ उद्योग वाणिज्य संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । लेखनाथ क्षेत्रमा दिगो पर्यटन सम्बन्धी नवप्रर्वतनशिल व्यवसायहरुको वृद्धि उन्मुखका लागि सञ्चालन हुन गईरहेको ३ महिने व्यवसाय सम्र्वद्धन कार्यक्रमको विषयमा जानकारी दिने उद्धेश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ‘द ईन्कुबेटर एकेडेमी’ का सञ्चालक निरज खनाल र दिप्ती खकुरेलले बिजनेश ईन्कुबेशन र आगामी कार्यक्रमको बारेमा सहजकिरण गरेका थिए । कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले व्यवसायीक योजना र… पुरा पढौ

१० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर गु्रपको साथ

पोखरा, १० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रूप अफ पोखराले सघाउने भएको छ । रारा तयारी चाउचाउको टाईटल स्पोन्सर र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख १८ गते पोखरामा हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डका लागि विगतमा जस्तै सहयोगलाई निरन्तता दिने भएको हो । टाईगर गु्रप अफ पोखराका अध्यक्ष नारायण शर्मा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर बीच १० औं पोखरा स्पोर्टस अवार्डमा सहयोग गर्ने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षर… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डमा भूतपूर्व खेलाडी मञ्चको सहयोग

पोखरा, नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा स्पोर्टस् अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई यसपटक पनि निरन्तरता दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा रारा तयारी चाउचाउको टाईटल स्पोन्सरमा आगामी वैशाख १८ गते पोखराको ईभेन्ट सेन्टरमा आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिएको हो । भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन, आजीवन सदस्य पुनर्मिलन समारोहत तथा राष्ट्रिय खेलकुद पुरस्कार वितरण समारोहका बीच भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष… पुरा पढौ

पोखरा म्याराथनको रजत महोत्सवमा स्व. शरदचन्द्रलाई मरणोपरान्त पुरस्कार अर्पण

पोखरा, बैशाख ८, पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सव मनाएको छ ।सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाली खेलकुद क्षेत्रमा विशेष योगदान पु¥याएका स्वर्गीय शरदचन्द्र शाहलाई मरणोपरान्त राष्ट्रिय खेलकुद पुरस्कार प्रदान गरेर महोत्सव समापन गरिएको मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए । स्वर्गीय शाहाका परिवारलाई नगद १ लाखसहित पदक र सम्मानपत्रले सम्मान गरिएको अध्यक्ष गुरुङले खुलाए । शाहा परिवारको तर्फबाट शाहाकि श्रमती,रमा शाहा र छोरि मिमोहि शाहालाई पोखरा महानागरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेश खेलकुद… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको पातिखोला गुफा पूर्वाधार विकास गर्न महायज्ञ हुदै (भिडियो सहित)

पोखरा , कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं। ४ र ५ को सिमाना पातिखोलामा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ–२०८३ हुने भएको छ । https://www.youtube.com/watch?v=mzNP4eP1ItM पातिखोला गुफा संरक्षण समितिको आयोजना, माछापुच्छ्रे गाउँपालिकाको संरक्षकत्व तथा यस स्थानमा रहेका आम समूह, टोल सुधार समिति, क्लब तथा विभिन्न सामाजिक सङ्घ–संस्थाहरूको सहकार्यमा वैशाख १७ देखि २४ गते सम्म वडा नंं ४ को जोगिचौर मणि परिसरमा महायज्ञ हुन लागेको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । माछापुच्छ्रे गाउँपालिका वडा नं। ४ र ५ को सिमानमा पर्ने… पुरा पढौ

१० औं पोखरा स्पोर्टस अवार्डलाई टेम्पल बेल बुटिक होटल र प्लाजा होटल ग्रूपको साथ

पोखरा, रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १० औं पोखरा स्पोर्टस अवार्डको हस्पिटालिटि पार्टनरमा टेम्पल बेल बुटिक होटल र प्लाजा होटल गू्रपले साथ दिने भएका छन । आगामी वैशाखको १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डको हस्पिटालिटी पार्टनरमा रहेर पोखराको लेकसाईडमा रहेको फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा र काठमाण्डौको नक्सालस्थित होटल क्राउन प्लाजाले साथ दिने भएका छन । हस्पिटालिटी पार्टनरको लागि फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल… पुरा पढौ

मुनश्री र भिग्नजित राष्ट्रिय जुनियर टेनिस यू-९ ब्वाइजतर्फ सर्वज्ञ बने बिजेता

पोखरा , कास्की जिल्ला टेनिस संघको आयोजनामा भइरहेको पाँचौँ मनुश्रीरभिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको तेस्रो दिन रोमाञ्चक खेलहरु सम्पन्न भएका छन् । प्रतियोगितामा विभिन्न उमेर समूहका क्वाटरफाइनल र सेमिफाइनल खेलहरु सम्पन्न भएका हुन् । प्रतियोगिताको तेस्रो दिन यू–९ ब्वाइजतर्फ एकमात्र फाइनल खेल भएको प्रतियोगिताका टेक्निकल डाइरेक्टर कुमार अधिकारीले जानकारी दिएका छन् । यू–९ ब्वाइजतर्फ सर्वज्ञ खत्री विजेता बनेका छन् । उनले फाइनलमा कायान चालिसेलाई ५–३, ५–४, ७–५ ले पराजित गरे । यू–१४ गर्ल्स सिंगल्स क्वाटरफाइनलमा स्वरा थापाले आर्या पौडेललाई ६–४,… पुरा पढौ

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम, घान्द्रुकको मौलिकता जोगाउनु हाम्रो कर्तव्यः वडाध्यक्ष गुरुङ

पोखरा, ७ वैशाख, कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट विक्रम गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । अध्यक्ष विक्रम गुरुङ पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन् । समितिको उपाध्यक्षमा कृष्णबहादुर गुरुङ, सचिवमा उमेश क्षेत्री, सहसचिवमा महेन्द्र गुरुङ र कोषाध्यक्षमा कृष्णबहादुर गुरुङ चयन भए । सदस्यहरूमा सन्तोष गुरुङ, मनिसा गुरुङ, रुक्सा… पुरा पढौ

यही वैशाख १८ र १९ गते बन्दीपुरमा गाउँ पर्यटन मार्ट हुने

दीननाथ बराल, पोखरा, तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशकोसह–आयोजनामा वैशाख १८ र १९ गते बन्दीपुर बजार क्षेत्रमा उक्त मार्ट सञ्चालन हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बाबु थापाले मार्ट आयोजना गर्न पाउँदा खुशी व्यक्त गर्दै यसले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त… पुरा पढौ