मनोरन्जन

कालरात्रि साँझ पोखरामा भव्य रूपमा सम्पन्न

पोखरा, ३ कार्तिक, सत्य युवा सेवा समिति पोखरा–१३ को आयोजनामा २१औँ कालरात्रि सांगीतिक साँझ महाअष्टमीको दिन पोखरामा भव्य रूपमा सम्पन्न भएको छ । स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धनसँगै सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । पोखरा–१३ स्थित भद्रकाली चोक क्षेत्रमा आयोजित सांगीतिक साँझमा विभिन्न सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा विविध गतिविधिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रमका कारण राति १२ बजेसम्म पनि बाजापाटन क्षेत्रमा चहलपहल कायम रहेको थियो । स्थानीय… पुरा पढौ

यू–१९ क्रिकेटको उपाधि नवलपुरले जित्यो

पोखरा, गण्डकी प्रदेशस्तरीय ‘वाईवाई यू–१९’ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ। पोखरा क्रिकेट रङ्गशालामा हालै सम्पन्न फाइनलमा नवलपुरले कास्कीलाई डकवर्थ–लुइस–स्टर्न (डीएलएस) पद्धतिमा ७१ रनले पराजित गर्दै च्याम्पियन बनेको हो। गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा असोज २८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको नवलपुरले ४४ ओभरको चौथो बलमा सबै विकेट गुमाउँदै २०१ रन बनाएको थियो। नवलपुरले दिएको २०२ रनको लक्ष्य पछ्याएको कास्की वर्षाका कारण खेल प्रभावित भएपछि संशोधित लक्ष्यअनुसार १७० रन बनाउनुपर्ने अवस्थामा २९ ओभरको… पुरा पढौ

दशौं राष्ट्रिय खेलकुद ! गण्डकीमा खेलाडी छनोटको मिति तय, ९ करोड बजेट मागदेखि पदक विजेतालाई ५ लाखसम्म पुरस्कार प्रस्ताव

दीननाथ बराल, पोखरा, १ कात्तिक, दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित गण्डकी प्रदेशले खेलाडी छनोटदेखि बन्द प्रशिक्षण र खेलाडी कल्याणकारी कार्यक्रमसम्मको तयारी अघि बढाएको छ। प्रदेश खेलकुद परिषद् गण्डकीले पालिकादेखि जिल्ला हुँदै प्रदेशस्तरसम्म खेलाडी छनोटको कार्यतालिका तय गरेको छ भने बन्द प्रशिक्षण तथा प्रतियोगिताको तयारीका लागि प्रदेश सरकारसँग ९ करोड ६८ लाख रुपैयाँभन्दा बढी बजेट माग गरेको छ। कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकीले खेलाडीको मनोबल उच्च… पुरा पढौ

पिङमा रम्दै पर्यटकः

पोेखरा, पोेखराको बाराहीघाट क्षेत्रमा तीन थरिका पिङ खेल्दै आन्तरिक तथा बाह्यि पर्यटक । नेपाली परम्परा अनुसार लिङगे, चम्राले र रोटो पिङमा पर्यटकहरु रमाउदै । फेवाताल किनारामा रातोपहिरा नजिक लिङगे पिङमा रमाउदै युवाहरु । तष्विर दीननाथ बराल पुरा पढौ

पिटिसिको शुभकामना आदानप्रदान कार्यक्रममाः रत्नमन्दिरलाई संरक्षणसहित दिगो रूपमा सञ्चालन गर्नुपर्नेमा जोड

दीननाथ बराल,पोखरा ३१, असोज, पोखराको ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको रत्नमन्दिरलाई संरक्षणसहित दिगो रूपमा सञ्चालन गर्नुपर्नेमा पर्यटन क्षेत्रका अगुवा तथा सरोकारवालाले जोड दिएका छन् । पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले रत्नमन्दिरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके पोखरा घुम्न आउने पर्यटकको बसाइ अवधि बढाउन र पर्यटन क्षेत्रको आर्थिक गतिविधि विस्तार गर्न सकिने वक्ताहरुको भनाई थियो । पोखराका पर्यटन व्यावसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी) को आयोजनामा शनिबार पोखरा–६, लेकसाइडस्थित रत्नमन्दिर परिसरमा आयोजित विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा… पुरा पढौ

विभिन्न बाधा–अवरोध पार गर्दै मोर्डन इरा १९औँ वर्षमा, पोखरा–दिल्ली सीधा बस सेवाले बढायो पहिचान

पोखरा, असोज ३१, पर्यटनको राजधानि पोखराबाट भारतको राजधानी नयाँदिल्लीसम्म सीधा सडक यातायात सेवा सञ्चालन गर्दै आएको मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रा.लि.ले विभिन्न बाधा–अवरोध र चुनौतीको सामना गर्दै आफ्नो व्यावसायिक यात्राको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ। ‘हाम्रो साथ, सुरक्षित यात्रा, समृद्ध भविष्य’ भन्ने मूल नाराका साथ कम्पनीले शुक्रबार पोखरा इभेन्ट सेन्टर, बुलौदीमा स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । स्थापना दिवसका अवसरमा कम्पनीले उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारी दाताराम उपाध्याय र… पुरा पढौ

पोखरामा बाजागाजासहित भव्य शोभायात्रा निकालेर फूलपाती भित्र्याइयो

दीननाथ बराल,पोखरा, ३१ असोज, नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत फूलपातीका अवसरमा आज (शनिबार) पोखरामा बाजागाजा र भव्य शोभायात्रासहित फूलपाती भित्र्याइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सुरक्षा निकायको सहभागितामा पोखराको मानव अधिकार चोकदेखि विन्ध्यवासिनी मन्दिरसम्म फूलपाती शोभायात्रा निकालिएको प्रशासनले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/watch?v=MySlVtY0VhQ विगतका वर्षमा जस्तै यस वर्ष पनि बडादसैँको सातौँ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा परम्परागत विधिअनुसार कास्की जिल्लाकै प्रमुख शक्तिपीठका रूपमा परिचित विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइएको हो। बाजागाजा र ब्यान्डबाजासहित… पुरा पढौ

कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा–१४ को ज्येष्ठ नागरिक भजन समूहलाई

पोखरा, ३० असोज, विश्व खाद्य दिवसको अवसरमा पोखरामा आयोजित कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका–१४ को ज्येष्ठ नागरिक भजन समूहले जितेको छ। बार्दली मिडिया प्रालिद्वारा सञ्चालित पब्लिक फोरके टेलिभिजन र पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पोखरा–१४ चाउथेको ज्येष्ठ नागरिक भजन समूह प्रथम भएको हो। गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित प्रतियोगितामा पोखरा–६ को कृषि सञ्जाल दोस्रो, पोखरा–२४ को गुन्टेचौर कृषक समूह तेस्रो तथा पोखरा–२५ को कृषि सञ्जालले सान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीको ५३ औ बैठक

पोखरा,३० असोज, जिल्ला समन्वय समिति कास्कीले चाडपर्बको समयमा बजार अनुगमन र यातायात संचालनको क्षेत्रलाई प्रभाबकारी बनाउन कास्कीको प्रशासन सहित स्थानीय तहहरूलाई आग्रह गरेको छ । समितिको शुक्रबार सम्पन्न ५३ औ बैठकले निर्णय गरे मुताबिक सो आग्रह गरेको हो । बैठकले कास्की जिल्लाका यातायात व्यवसायीहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने, बढी भाडा लिने गरेको गुनासो आएकोले सो हुन नदिन अनुगमनकारी निकाय थप सक्रिय बन्न अनुरोध गरेको प्रमुख लिलाधर पौडेलले बताउनुभयो ।प्रमुख पौडेलका अनुसार चाडपर्व समयमा मूल्यबृद्धी बढ्दै गएको, मिसावट बढ्दै व्यापक… पुरा पढौ

मुस्ताङ र जुम्लाको स्याउ पोखरामा सहुलियत मूल्यमा बिक्री, अमरदीपमा स्याउ मेला सुरु (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २९ असोज, मुस्ताङ र जुम्लामा उत्पादित स्थानीय स्याउ पोखरामा सहुलियत मूल्यमा बिक्री वितरण सुरु गरिएको छ । नेपालीहरूको महान् पर्व विजयादशमीलाई लक्षित गर्दै पोखरा महानगरपालिका–१६ र १९ को सिमाना अमरदीपस्थित देउराली कृषि फर्मले स्याउ मेला आयोजना गरी स्याउ बिक्री सुरु गरेको हो । https://www.youtube.com/watch?v=xpvD0cdcvsQ&t=10s मेलामा मुस्ताङ र जुम्लाका विभिन्न जातका स्याउ प्रतिकिलो १८० देखि २७० रुपैयाँसम्ममा उपलब्ध छन् । फर्मका सञ्चालक वासुदेव तिवारीका अनुसार गोल्डेन, रोयल र रेड डेलिसियस जातका स्याउ उपभोक्ताले खरिद गर्न सक्नेछन् । चाडपर्वका… पुरा पढौ